भिडियो ब्लगः अध्यादेश जलाउँदा प्रहरी हस्तक्षेप
२०६२ कात्तिक ७ सोमबार
आज इन्द्रचोकमा कालो अध्यादेश जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गर्यो। ठ्याक्कै त्यतिबेला ब्याट्री सकियो। तर झडप लामो समयसम्म भयो। त्यो झडपलाई मैले भिडियो ब्लगका रुपमा प्रस्तुत गरेको हुँ। यो भिडियोको साइज ठूलो भएकोले अपलोड गर्न निकै समस्या भयो। त्यसैले सजिलो उपायका रुपमा सेभफाइलमा होस्ट गरेको छु। यहाँ क्लिक गरी नयाँ पेज खुलेपछि डाउनलोड लेखिएको ठाउँमा क्लिक गरी फाइल डाउनलोड गर्नुस्।
भिडियो हेर्न असमर्थ हुनेहरुका लागि मैले भिडियोका केही दृश्य भित्र राखेको छु। त्यहाँ पनि हेर्न सक्नुहुन्छ।

निभाउन उनीहरुलाई निकै गार्हो पर्यो।

यो प्रश्नको जवाफ तपाईँहरु राज्यसँग खोज्नुसः प्रदर्शनकारीहरुले यो निषेधित क्षेत्र हैन, किन हस्तक्षेप गरेको ? किन कुटेको भनेर सोध्दा प्रहरी अधिकारी यस्तो जवाफ दिँदै।

प्रहरी हस्तक्षेप मूर्दावादको नारा लगाइरहेकी महिला।

अर्को ठाउँमा पनि जल्यो अध्यादेश।

कालो अध्यादेशलाई जलायौं- नारा लगाउँदै प्रदर्शनकारी।


वाह भाइ वाह !
ए पुलिस भाइ !
तिम्रो शीर माथिको सुरक्षा हेल्मेट
कुनै महाराजाको श्रीपेंचझै देखिन्छ,
तिम्रो हातमा बाँसको लठ्ठी
दुरुस्तै राजदण्डझै देखिन्छ र
तिम्रो बुलेटप्रेफ ज्याकेट पनि
राजकीय पोशाकझैं नै देखिन्छ ।
वाह भाइ वाह !
कस्तो सुहाएको…!!
Comment by Chandra S. Gurung — October 24, 2005 @ 7:54 pm