October 25, 2005

नेपाली पडकास्ट परीक्षण II

२०६२ कात्तिक ८ मंगलबार
हिजोको पडकास्टपछि प्राप्त प्रतिक्रिया उत्साहजनक देखिएकोले हौसिएर आज पनि पडकास्ट गर्न तम्सिएको हुँ। आजको समाचारका लागि डाउनलोड नगरी सीधै सुन्ने भए यहाँ क्लिक गर्नुहोला। फाइल डाउनलोड गरेर सुन्न चाहनुहुन्छ भने यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुहोला।
पडकास्ट गर्दा अडियो फाइलहरु एडिट गर्न सार्‍है झण्झट हुने रहेछ। न्युज पडकास्ट भएकोले पनि त्यसो भएको होला। समय निकै नै खाने रहेछ। सुन्दा त्यस्तो अनुभव हुँदैन तर बनाउन भने झण्झटको काम रहेछ। यति झण्झटिलो काम गरेवापत सल्लाह सुझावका दुई शब्द कमेन्टमा नलेखिदिने हो भने मेरो हौसला कसरी बढ्ला त ?

स्क्रिप्ट
रेकर्ड गर्नुअघि यसरी स्क्रिप्ट तयार पार्नुपर्छ।

म्युजिक
नेपाली भाषाको पहिलो ब्लग मेरो संसारको पडकास्टको यो दोस्रो परीक्षण प्रसारणमा तपाईँलाई हार्दिक स्वागत।

नमस्ते, म उमेश ।

आज अक्टोबर २५ तारिख, मंगलबार। सुरु गरौं आजका प्रमुख समाचारबाट

म्युजिक

सरकारलाई सर्वोच्चले सोध्यो, सञ्चार अध्यादेश किन ल्याएको ?
काठमाडौंमा सञ्चार अध्यादेश जलाइयो
कानुन मिचे राति-बिहान जुनसुकै बेला कारबाही गर्ने सरकारका प्रवक्ता टंक ढकालको भनाई।
आत्मसमर्पण गर्ने माअ‍ोवादीलाई आममाफी दिइने
भारत जाने नेपालीले अब परिचय पत्र बोक्नुपर्ने
बर्ड फ्लूबाट नेपाल पनि सतर्क
र,
७५ वर्षका बोस्नियाली वृध्दलाई १७५ पटक बिहे गर्दा पनि धित मरेन।

पूरा समाचार एकै छिनको ब्रेकपछि

ब्रेक
नेपाली भाषाको पहिलो ब्लग मेरो संसारको यो पडकास्टलाई तपाईँसमक्ष पुर्‍याउन सहयोग गरेको छ ब्लास्ट पडकास्ट डट कमले। पडकास्टका सम्बन्धमा आफ्ना सुझाव, सल्लाह पठाउँदै गर्नुहोला।

अब समाचार विस्तारमा

सञ्चार नियन्त्रण अध्यादेश जारी गर्नुको लिखित कारण पेश गर्न सर्वोच्च अदालतले सोमबार सरकारका नाममा आदेश जारी गरेको छ ।

सञ्चार नियन्त्रण अध्यादेशको विरोधमा पत्रकार महासंघ लगायत पेशाकर्मीहरुको संघसंस्थाद्वारा दायर रिट र कान्तिपुर एफएमले दायर गरेको अर्को रिटमाथि सनुवाइ गर्दै प्रधानन्यायाधीश दिलीपकुमार पौडेलको एकल इजलासले उक्त आदेश दिएको हो।

अध्यादेश कार्यान्वयन हुन नदिन र सञ्चार संस्थाहरु माथि आक्रमण रोक्न अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा आउँदो कात्तिक १३ गते आइतबार एकै पटक सुनुवाई गरिनेछ। अधिवक्ता रविराज भण्डारी र कहरसिंह खड्काले अध्यादेशको विरुध्द दायर गर्नुभएको रिटको पनि त्यसैमा सुनुवाई हुनेछ।
*************
सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न दसैंको मौका छोपेर ल्याइएको अध्यादेशलाई सोमबार काठमाडौंमा जलाइयो।

त्यसअघि एमालेको भ्रातृ संगठन प्ररायु संघको आयोजनामा विरोध प्रदर्शनका लागि भोटाहिटीमा अपराह्न ३ बजे भेला भएका थिए।
बाइट

साढे ३ बजे सञ्चार क्षेत्रमा भएको आक्रमण र अध्यादेशको विरोधमा नारा लगाउँदै जुलुस असनतिर अगाडि बढेको थियो।
बाइट

जुलुस असन, बाँगेमुढा हुँदै इन्द्रचोक पुगेको थियो।
बाइट

इन्द्रचोकमा आयोजित कोणसभामा नेपाल पत्रकार महासंघका महासचिव महेन्द्र विष्टले पत्रकारका सीमित दायरा हुने हुँदा बढी चर्को भाषण गर्न असमर्थ भएको बताउँदै प्रेस स्वतन्त्रताका लागि आन्दोलन जारी राख्ने बताउनु भयो।
बाइट

त्यसैगरी प्ररायुसंघका अध्यक्ष गोकर्ण विष्टले नयाँ अध्यादेश हात्तीलाई नाङ्लो ठटाएर तर्साउन खोजेको जस्तै हो भनेर भन्नुभयो।
बाइट

विष्टले यसरी चर्को भाषण गर्दा पनि त्यहाँ उपस्थित प्रहरीले हस्तक्षेप गरेको थिएन।
बाइट
तर अध्यादेश जलाउन खोज्नेबित्तिकै प्रहरीले हस्तक्षेप गरिहाल्यो। केहीलाई कुटपिट पनि गरियो। यद्यपि उनीहरुले अध्यादेश जलाएरै छाडे।
******************
सरकारका प्रवक्ता, सूचना तथा सञ्चार मन्त्री टंक ढकालले पत्रकारिता संचार अध्यादेश पुनरावलोकन गर्ने सरकारको कुनै सोचाई नभएको बताउनुभएको छ।
उहाँले कानुन उल्लंघन गर्नेलाई सरकारले बिहान, दिउँसो, राति जुनसुकै बेला कारबाही गर्नसक्छ भन्नुभयो।
बाइट
ढकालले स्थायी शान्तिका लागि जसले प्रयास गरे पनि सरकारलाई आपत्ति नभएको तर गलत तत्वसँग साँठगाँठ गरी आतंकलाई प्रोत्साहन गरेमा तथा राज्यका संवेदनशील अंगमाथि आक्रमण गरेमा सरकारले त्यस्तालाई नछाड्ने चेतावनी दिनुभएको छ।

आन्दोलनरत सात दलले माअ‍ोवादीसित वार्ता गर्ने प्रक्रिया बढाइरहेको बेला मन्त्री ढकालले भन्नुभयो-जङ्गल गएको समूह मूलधारमा आउन तयार भएको स्थितिमा संसदवादी दलहरूले चाहिं उसलाई हतियार चलाइराख्नू भनी उकास्नु विडम्बना हो।
****************
श्री ५ को सरकारले आगामी पुस मसान्तसम्म माअ‍ोवादी क्रियाकलाप परित्याग गरी हातहतियार वा बिना हातहतियार आत्मसमर्पण गरेमा माफी दिनका लागि कानुनी प्रक्रिया चलाउने निर्णय गरेको छ।
*****************
नेपालगञ्जको जमुनाहा र भारतको रुपैडिया सीमा नाकाबाट आवागमन गर्दा नेपाली नागरिकहरूले आप\mनो पहिचानका लागि तोकिएको विभिन्न कागजपत्रमध्ये कुनै एक साथमा राख्नुपर्ने व्यवस्था कात्तिक १५ गतेदेखि लागू हुने गृह मन्त्रालयले बताएको छ।

सीमा नाकामा हुने आवागमनलाई व्यवस्थित गर्न सो नाकाबाट आवागमन गर्ने नेपाली तथा भारतीय नागरिकहरूकोअभिलेख राख्ने कार्य परीक्षणका रूपमा भारतीय पक्षबाट प्रस्तावित मिति कात्तिक १५ गतेदेखि प्रारम्भ हुने मन्त्रालयले जनाएको छ।
****************
एसिया र युरोपका केही देशहरुमा हाल देखिएको बर्ड फ्लू रोगका सम्बन्धमा नेपालमा पनि सतर्कता अपनाउने र समुदायस्तरसम्म सोको प्रचार प्रसार व्यापकरूपमा गरी सो रोगबारे समुदायस्तरसम्म प्रचार प्रसार गरिने भएको छ।

नेपाल रेडक्रस सोसाइटीका आवासीय प्रतिनिधि निकोलास रसेलसमेतको उपस्थितिमा सोमबार स्वास्थ्य सेवा विभागमा बसेको बैठकले सो निर्णय गरेको हो।
*******************

जाँदाजाँदै यो रमाइलो समाचार,
बोस्नियाका एक अवकाश प्राप्त वृध्दले १६२ पटक बिहे गरिसके तर अझै पनि उनको धित मरेको छैन। अझै कम्तीमा सय वटीलाई भित्र्याउने उनको इच्छा रहेछ।

नेदेल्ज्को इलिनसिकले १५ वर्षको उमेरमा पहिलो पटक झ्याँइ पारेका थिए। त्यतिबेलादेखि उनको एकपछि अर्को बिहे गर्ने क्रम जारी छ।

आफ्नो उपलब्धि गिनिज बुकमा दर्ता गर्न लायक छ कि छैन भनी उनले सोधखोज थालेको पनि स्थानीय पत्रिकालाई बताए।

त्यत्रो बिहे गरे पनि उनको सन्तान भने १४ जनामात्रै रहेछ।

समाचार सकियो।

पडकास्टको निरन्तरताका लागि तपाईँको सल्लाह सुझाव महत्त्वपूर्ण हुने हुनाले दुई शब्दमा कमेन्टमा लेख्न अल्छि नमान्नु हुन अनुरोध गर्दै आजलाई विदा…..

8 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/10/25/podcast-test-transmission-ii/trackback/

  1. Umeshjee,
    You are doing an excellent job. aba FM kina chahiyo ra???
    Timro jagir channel Nepal bata hide pani yasto creative kam ma use bhayeko chha. Dherai ramro chha. timro presentation pani ekdam best chha. you keep on doing good, you will get a good job in BBC, Nepali service. You try once by applying BBC Nepali Service.
    Best of Luck.

    Comment by Man Bahadur, South Korea — October 25, 2005 @ 3:06 am

  2. Ymesh Je! Samachar ko Tarika Niki Ramro Lagyoo! Sakinch vana more collection ra aali Badi samaya Rakhdaa Kasto hola? Yaslie Nirantartaa dinu holaa! Aati Ramro chaa. Nilan Kumar thechomi

    Comment by Nilan — October 25, 2005 @ 9:21 am

  3. Excellent Job Umesh Ji, Agaadi pani yestai Kaam ko Apechya Raakhdachhu

    Comment by Ramesh Man Shrestha — October 25, 2005 @ 9:39 am

  4. 你干得很对。 你很聪明。 You are doing the right work. You are very smart. तपाईले चाडै पैसा पाओस स्पेस टाइमबाट, अनि तपाईंको ब्लग यति चलोस कि मान्छेले पैसा तिरेर हेर्न सुरु गरुन, यही नै मेरो शुभकामना छ ।

    Comment by LA — October 25, 2005 @ 9:47 am

  5. Umesh Ji,
    I appreciate you for your nice news presentation, carry on, one day you will reach in the top of your dream.
    Best of luck
    Chij from KSA

    Comment by Chij Kumar Shrestha — October 25, 2005 @ 12:04 pm

  6. umesh ji verry nice exlante i wiss best of and keep up

    Comment by das — October 25, 2005 @ 5:41 pm

  7. nice

    Comment by das — October 25, 2005 @ 5:44 pm

  8. k bhanera tapaiko hausala badhaune ta hami qatar ko nepalile

    Comment by rajendra prasad nyaupane — October 25, 2005 @ 8:11 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.