October 26, 2005

भिडियो ब्लगः प्रेस स्वतन्त्रताका पक्षमा र्‍याली

यो भिडियो ब्लग अस्तिको दिन नै गर्नु पर्ने हो। तर त्यो दिन भिडियो फाइल होस्ट गर्ने दुई तीन ठाउँमा नै समस्या देखा परेको थियो। त्यसैले आज बल्ल सार्वजनिक गरेको हुँ। अस्ति प्रेस स्वतन्त्रताका पक्षमा युवाहरुले निकालेको जुलुसको भिडियो यसमा छ। अन्त्यमा जुलुसपछिको कोणसभामा प्ररायुसंघका अध्यक्ष गोकर्ण विष्टको सानो सम्बोधन पनि यसमा संलग्न छ। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्। [wmv format, 7 mb]

नाम चाहियो रे !

२०६२ कात्तिक ९, बुधबार
नाममा के छ र ? भनी सेक्सपियरले जति नै फलाके पनि मान्छेलाई नाम नभई हुन्न क्या रे। नामको महत्त्व त ठूलो पो छ त। मान्छेलाई मात्र हैन सबैथोकलाई नामको आवश्यकता हुन्छ। पार्टीलाई त नामको आवश्यकता हुने नै भयो। दरबारनिकट भनेर चिनिने तर हालका दिनमा दरबारकै सरकारको चर्को विरोध गर्दै हिँड्ने अनि मन्त्रिमण्डल पुनर्गठन भएमा आफू पनि मन्त्री बन्न सक्ने कुरा खुल्लमखुल्ला बताउँदै हिँड्ने केशरबहादुर विष्टले पनि नयाँ पार्टी गठन गर्दैछन्। त्यसका लागि नाम खाँचो परेर उनले आजको कान्तिपुर दैनिकमा विज्ञापन छपाएका रहेछन्। हाल उनको समूहको नाम राष्ट्रिय समस्या समाधानका लागि समान विचार रहेको छ। मलाई अचम्म लाग्यो, पार्टीको नामसमेत आफै जुराउन नसक्नेले कसरी त्यत्रो राष्ट्रिय समस्याको समाधान गर्लान् त खै ? जे होस्, पत्रिकामा विज्ञापन छपाएर दलको न्वारन गर्ने रेकर्ड भने उनले नै बनाउलान् जस्तो छ। तपाईँसित पनि नाम छ भने सुझाव दिइहाल्ने कि ? तर उत्कृष्ट नाम पठाउनेलाई पुरस्कारको व्यवस्था भने रहेनछ नि फेरि।

नेपाली पडकास्ट परीक्षण प्रसारण III

२०६२ कात्तिक ९ बुधबार
आजको पडकास्ट समाचार डाउनलोड नगरी सीधै सुन्ने भए यहाँ क्लिक गर्नुहोला। फाइल डाउनलोड गरेर सुन्न चाहनुहुन्छ भने यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुहोला। हिजोको पडकास्टपछि प्राप्त प्रतिक्रिया त्यति उत्साहजनक रहेन। कम्तीमा तपाइँहरुले सुनिरहनुभएको छ कि छैन त मैले थाहा पाउनु पर्‍यो नि, हैन र ? अब पडकास्टमा अलि बानी पर्न थालेको छ। आज हिजोभन्दा कम समय लाग्यो फाइलहरु एडिट गर्दा। आजको पडकास्टमा मुख्य समाचारमा-
चीनले नेपाललाई ७ करोड रुपैयाको सैन्य सहयोग गर्ने
सिंहदरबारअगाडि दिउँसै लाखौं लुट्ने प्रयास
काँग्रेस र एमालेले दल दर्ता नगर्ने
कान्तिपुरको समर्थनमा अमेरिकाले मुख खोल्यो
र,
आफ्नो श्राध्दको भोज आफै खुवाए एक बेलायतीले (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.