नाम चाहियो रे !
२०६२ कात्तिक ९, बुधबार
नाममा के छ र ? भनी सेक्सपियरले जति नै फलाके पनि मान्छेलाई नाम नभई हुन्न क्या रे। नामको महत्त्व त ठूलो पो छ त। मान्छेलाई मात्र हैन सबैथोकलाई नामको आवश्यकता हुन्छ। पार्टीलाई त नामको आवश्यकता हुने नै भयो। दरबारनिकट भनेर चिनिने तर हालका दिनमा दरबारकै सरकारको चर्को विरोध गर्दै हिँड्ने अनि मन्त्रिमण्डल पुनर्गठन भएमा आफू पनि मन्त्री बन्न सक्ने कुरा खुल्लमखुल्ला बताउँदै हिँड्ने केशरबहादुर विष्टले पनि नयाँ पार्टी गठन गर्दैछन्। त्यसका लागि नाम खाँचो परेर उनले आजको कान्तिपुर दैनिकमा विज्ञापन छपाएका रहेछन्। हाल उनको समूहको नाम राष्ट्रिय समस्या समाधानका लागि समान विचार रहेको छ। मलाई अचम्म लाग्यो, पार्टीको नामसमेत आफै जुराउन नसक्नेले कसरी त्यत्रो राष्ट्रिय समस्याको समाधान गर्लान् त खै ? जे होस्, पत्रिकामा विज्ञापन छपाएर दलको न्वारन गर्ने रेकर्ड भने उनले नै बनाउलान् जस्तो छ। तपाईँसित पनि नाम छ भने सुझाव दिइहाल्ने कि ? तर उत्कृष्ट नाम पठाउनेलाई पुरस्कारको व्यवस्था भने रहेनछ नि फेरि।


aafno bhudi aafai bharau desh lai khokro parau bhanne party kholda ramro hunchha hola ………….
Comment by kaile — October 26, 2005 @ 2:39 pm
Maki Choor Aaaja Neeta Banayako chaa! Lalitpur Chapagoun Ko JHARUWAARASI maa Unko Janmaa Ghaar Ho. Testaka Maki Choor Bistaa Vanayar Chinineenay Khaychaa Aaja Mantri Neta Bannesakyaa.
Mikiee Choor! Yastaa lie pani Mannie?
Comment by Usko Gharko Nagiieekko Bkty — October 26, 2005 @ 3:53 pm
यो नयोँ पाटीको नाम अपच पाटी हुनुपर्यो-अपच
अ– अपराधी, अनिश्चित, अन्धाधुनधे, अनिर्णित
प– पचेँ, पँखे, पर्दा के पीछे, पखेटे
च– चैते, चमचे, चापलुसे, चण्डाले
कैले दरवारे सुराकी, कैले सत्ताको हुलाकी, कैले चैते काँग्रेसी,
कैले शोषक पचेँ।
लौ अब खुलस्त भनिदिनुपर्यो नेपाली जनतालाई
आफनो जायजेथा कसरी कमाऊनुभो र कति
आयकर बुझाऊनुभो ऐलेसम्म।
खालि आफनै सन्तान र आफन्तलाई मात्रै बिदेश
अध्ययन र जागीरको मौका दिलाएर जनतालाई
चाहिँ आश्वाशन र भाषण मात्रै दिनुभो, त्यो त
सोझै पीसी लोहनी र भेक बहादुर पारा भईहाल्यो, हैन?
जे होस, तपाईको पाटी चलोस, यही कामना छ।
Comment by nuwakotay raja — October 26, 2005 @ 6:25 pm
mero sochaima nepali jyanmara parti jhanda (maobadi ra sena ko banduk ko bichama nepali janata) prista bhumi rato ragat seto kapada ma kaso (chunab chinha bam & raiphal )ani ta janata le dar maner pani tyo patri ma lagi halchha ni ahi maobadi ko tarika ha..ha..ha..
Comment by rajendra prasad nyaupane — October 27, 2005 @ 7:56 pm