October 26, 2005

नेपाली पडकास्ट परीक्षण प्रसारण III

२०६२ कात्तिक ९ बुधबार
आजको पडकास्ट समाचार डाउनलोड नगरी सीधै सुन्ने भए यहाँ क्लिक गर्नुहोला। फाइल डाउनलोड गरेर सुन्न चाहनुहुन्छ भने यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुहोला। हिजोको पडकास्टपछि प्राप्त प्रतिक्रिया त्यति उत्साहजनक रहेन। कम्तीमा तपाइँहरुले सुनिरहनुभएको छ कि छैन त मैले थाहा पाउनु पर्‍यो नि, हैन र ? अब पडकास्टमा अलि बानी पर्न थालेको छ। आज हिजोभन्दा कम समय लाग्यो फाइलहरु एडिट गर्दा। आजको पडकास्टमा मुख्य समाचारमा-
चीनले नेपाललाई ७ करोड रुपैयाको सैन्य सहयोग गर्ने
सिंहदरबारअगाडि दिउँसै लाखौं लुट्ने प्रयास
काँग्रेस र एमालेले दल दर्ता नगर्ने
कान्तिपुरको समर्थनमा अमेरिकाले मुख खोल्यो
र,
आफ्नो श्राध्दको भोज आफै खुवाए एक बेलायतीले

स्क्रिप्ट

अंक ३
म्युजिक
नेपाली भाषाको पहिलो ब्लग मेरो संसारको पडकास्टको यो परीक्षण प्रसारणमा तपाईँलाई हार्दिक स्वागत।

नमस्ते, म उमेश ।

आज अक्टोबर २६ तारिख, बुधबार। सुरु गरौं आज पडकास्टको तेस्रो अंकका प्रमुख समाचारबाट

म्युजिक

चीनले नेपाललाई ७ करोड रुपैयाको सैन्य सहयोग गर्ने
सिंहदरबारअगाडि दिउँसै लाखौं लुट्ने प्रयास
काँग्रेस र एमालेले दल दर्ता नगर्ने
कान्तिपुरको समर्थनमा अमेरिकाले मुख खोल्यो

र,
आफ्नो श्राध्दको भोज आफै खुवाए एक बेलायतीले

पूरा समाचार एकै छिनको ब्रेकपछि

ब्रेक
नेपाली भाषाको पहिलो ब्लग मेरो संसारको यो पडकास्टलाई तपाईँसमक्ष पुर्‍याउन सहयोग गरेको छ ब्लास्ट पडकास्ट डट कमले। पडकास्टका सम्बन्धमा आफ्ना सुझाव, सल्लाह पठाउँदै गर्नुहोला।

अब पूरा समाचार
१ चीनले नेपाललाई ७ करोड रुपैया बराबरको सैन्य सहयोग दिने भएको छ। एक साता लामो चिन भ्रमण सकेर मंगलवार फर्किनुभएका प्रधान सेनापति थापाले चीनबाट (आठ मिलियन युआन) बराबरको सैन्य सहयोग प्राप्त भएको जानकारी दिनुभयो।

प्रधान सेनापति थापाले उत्त रकम चीनबाट नै सैन्य सामाग्री किन्नमा प्रयोग हुने कुरा त्रिभुवन विमानस्थलमा संवाददाताहरुलाई बताउनुभयो।
बाइट

थापाले चिन भ्रमणमा त्यहाका सैन्य प्रमुख र चिनीया सरकारका वरिष्ठ अधिकारीहरुलाइ भेट गनर्भएको थियो।

नेपालमा सैन्य सहायता दिदैं आएका भारत, बेलायत, अमेरिका र अन्य युरोपेली देशले माघ १९ पछि सैन्य सहायता रोकेको बेला चिनले शाही नेपाली सेनालाई सहयोग दिएको हो।


सिंहदरबार अगाडि रहेको राष्ट्रिय वीमा संस्थानमा मंगलबार दिउँसो रु.छ लाखभन्दा बढी रकम लुटेर भाग्न खोज्ने लुटेराको प्रयासलाई त्यहीँका कर्मचारीहरुले असफल बनाइदिएका छन्।

घटना विवरण अनुसार दिउँसो १ बजेको समयमा सो संस्थानका कर्मचारीहरू खाजा खान बाहिर निस्केको बेला एक लुटेरा कार्यालयमा प्रवेश गरी उनले दुई नम्बरको काउन्टरमा जम्मा भएको रकम सेफमा राख्न लागेका सुरक्षागार्ड दलबहादुर गुरूङको कन्चटमा पेस्तोल तेर्स्याएर आफ्नो झोलामा रकम राख्न बाध्य गराएका थिए ।
बाइट
लुटेराले भाग्नेक्रममा पेनगनबाट दुईराउन्ड गोली फायर गरेको र एक गोली पियन बयानबहादुर कार्कीको खुट्टामा लागेको थियो।
भक्तपुर नगरपालिका वडा नं.११ भुलुखेल बस्ने बस्ने वर्ष३१ का राजेश देउला भएको र उनको साथबाट रू.एक लाख ९० हजार, पेस्तोल एकथान, पेनगन दुइ थान, पेस्तोलका गोली चार थान र एक थान खोका फेला परेको वडा प्रहरी कार्यालय, सिंहदरबारले जनाएको छ ।
बाइट


छोरीको बाउ र बाउको छोरोका रुपमा मात्र परिचय बनाउन सकेका वीपीपुत्र तथा मनीषाका पिता विज्ञान तथा प्रविधिमन्त्री प्रकाश कोइरालाले नेपाली काँग्रेसको नाममा पार्टी दर्ता गराई निर्वाचनमा भाग लिने बताउनुभएको छ।
बाइट
काँग्रेस एमाले लगायत सात दलले भने निर्वाचनका लागि दल दर्ता नगराउने भएका छन्। काँग्रेस प्रवक्ता कृष्णप्रसाद सिटौलाले आफूहरुको नाम र चुनाव चिह्नमा कसैले निर्वाचनमा भाग लिएमा नराम्रो हुने चेतावनी दिनुभयो।
बाइट
एमाले नेता सुभाष नेम्वाङले पनि दल दर्ता गर्ने प्रश्नै नआउने बताउनु भयो।
बाइट
तर मन्त्री प्रकाश कोइराला भने चुनाव हुने अडानमा हुनुहुन्छ।
बाइट
उहाँले प्रेसलाई पनि शिक्षा दिन चुक्नुभएन।
बाइट


नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले शाही सरकारले प्रेस जगतमा गरेको दमनको आलोचना गर्नुभएको छ। आज राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो-
बाइट


कान्तिपुरमा शुक्रबार मध्यरातमा सरकारले डकैती शैलीमा गरेको आक्रमणको विरोधमा अमेरिकाले मुख खोलेको छ। अमेरिकी विदेश विभागका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा बन्दूकको नालका भरमा सामान लुट्नुलाई दुर्भाग्यपूर्ण भन्दै सरकारी कदमको आलोचना गरिएको छ।

मंगलबार अमेरिकी राजदूत जेम्स एफ मोरिआर्टीले पनि कान्तिपुर एफएमको भ्रमण गर्नुभयो। उहाँले स्वतन्त्र प्रेस रहेमात्र स्वतन्त्र निर्वाचन संभव रहेको बताउनुभयो।
बाइट

मंगलबार नै कान्तिपुर एफएमको परिसरमा सरकारी लुटको विरोधमा सञ्चारकर्मीहरुले कालो पट्टी बाँधी विरोध जनाए। सो अवसरमा पत्रकार महासंघका सभापति विष्णु निष्ठुरीले भन्नुभयो-
बाइट


जाँदाजाँदै बेलायतबाट प्राप्त यो रमाइलो समाचार,

बिहे, ब्रतबन्धको भोज खुवाउनु त कुनै नौलो कुरा हैन, तर कसैले तपाईँलाई आफ्नो श्राध्दको भोजको निम्तो आफै गरे भने नि ?

बेलायतमा त्यस्तै भयो। ५२ वर्षका जोन नोबलले आफ्नो श्राध्दको भोज आफैले खुवाए।
कुरा अलि मार्मिक छ। जनलाई नशासम्बन्धी एक निको नहुने घातक रोग लागेको रहेछ। आफ्नो मृत्यु निश्चित भएपछि उनले आफ्नो ब्रिस्टोलस्थित घरनजिकै एक भव्य श्राध्द भोजको आयोजना गरी साथीभाइ र नातेदारलाई निम्ता दिए।

आफू जिउँदै छँदा श्राध्दको भोज खुवाई सबैसँग विदावारी गर्न पाएकोमा उनी दंग थिए।

समाचार सकियो

आजको पडकास्ट कस्तो लाग्यो ? पडकास्टमा रहेका समाचार सामाग्रीको बारेमा आफ्नो प्रतिक्रिया पनि लेख्न नभूल्नुहोला। भोलि फेरि अर्को पडकास्टका साथ हाजिर हुने नै छु । अहिलेलाई विदा

8 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/10/26/nepali-podcast-3/trackback/

  1. umesh dai sab thik chha sabai le suni raheko chhau ni ta hau nadaraunu na ………..

    Comment by kaile — October 26, 2005 @ 3:19 am

  2. umesh ji ,padcast ko prayogle blog lai jhan bistrit banayako chha . nirantarta dinu hola ra aru blogger haruko lagi pani podcast kasari prakasan garne ho ? idea dinu hola .or pod cast ko barema auta lekh lekhnu hunchha bhanne aasama chhu .
    chahal sayapatri .

    Comment by chahal sayapatri — October 26, 2005 @ 4:10 am

  3. प्रकाश कोइरालाप्रतिको टिप्पणी सटिक छ। ह्युमर याने हास्यले प्रस्तुतीमा दाल-भातको साथमा अचारको काम गर्छ।
    “उहाँले प्रेसलाई पनि शिक्षा दिन चुक्नुभएन” वाक्यपछि चाहिँ एउटा वाक्य चाहिन्थ्यो, उहाँ अर्थात कोइरालाले प्रेसलाई दिन खोज्नुभएको शिक्षा के थियो त।
    हुन त नेपालमा नेतादेखि खातेसम्मको, जसको एउटा वाक्य शुद्ध अंग्रेजी त के नेपालीमा लेख्ने हुति छैन, गालि गर्ने वस्तु नै प्रेस हो। दुनियामा जुन कुराको पनि सकारात्म र नकारात्म पक्ष हुन्छन्। नेपाली प्रेसका पनि कमी कमजोरी नभएका होइनन्। तर प्रजातन्त्रको सबैभन्दा ठूलो उपलब्धी नै निजी प्रेस हो भन्ने चाहिँ सबैले भुलेका छन्। निजी प्रेस नभएको भए अथवा तिनै सरकारी मुखपत्रहरूमात्र भएका भए अहिलेको आन्दोलनको हालतै अर्को हुन्थ्यो।
    अमेरिकाको फक्स च्यानलभन्दा त महानगर दैनिक पो सन्तुलित होला कि भन्छु म त। इरकयुद्धताका बीबीसी र सीएन्एन् अहिले नेपालमा आन्दोलन चलिरहेको बेलाको नेपाल टेलिभिजनभन्दा प्रस्तुतिमा मात्र सालिन थिए। नेपालमा दिनभर ज्ञानेन्द्र हत्याराको नारा लाग्छ तर बीबीसीले दिपेन्द्र हत्यारा हो भन्दै डकुमेण्ट्री बनाउँछ। कहाँ गए बीबीसीका व्यवसायिक आँखा?
    त्यसैले जो नेपाली प्रेसलाई समालोचना होइन ठाडो आलोचना अर्थात् गालिगजौल गर्छ त्यसलाई अर्धाक्षरी मुर्ख वा कुवाको भ्यागुत्ता जे भने पनि हुन्छ। त्यस्ता कुवाका भ्यागुत्तालाई पाखा लगाउने काइदा चाहिँ तिनले जे बोले पनि लेख्दै नलेखिदिनु हो।
    लण्डनबाट उही कुमार लामा

    Comment by उही कुमार लामा — October 26, 2005 @ 5:52 am

  4. Umesh Je!
    Din dini Nepal ko Bisess Samachar Sunna Pauda Niki Khushi lagi rahay ko cha. Sunna pani Sagilo, Samachar pani Upaukaa or main main jun Sarkar lay dina chahadinaa Teatoaa pani Sunna payako Khushi lagyoo!

    Aati ramcro Nirantarataa Dierahanu hola hi!
    Nilan

    Comment by Nilan — October 26, 2005 @ 10:05 am

  5. suneko chha nee ho… ekdam thik chha.

    Comment by Man Bahadur, South Korea — October 26, 2005 @ 1:15 pm

  6. I have found it as a very good presentation. The contents are also informative and uptodate. So i hope it would make a blast and a very good positive response from the web visitors. So best of luck for your work.

    Comment by sagun chalise — October 26, 2005 @ 3:23 pm

  7. yak dam ramro suniyako ra dekhna payaka chhaun yasko badalama hamile tapaiko prayas laimuri muri bhaner dhanyabad
    dinchaun la

    Comment by rajendra prasad nyaupane — October 26, 2005 @ 9:46 pm

  8. umesh ji k bhayo tapain lai mat lageko jasto chha ni . hami le k ko password rakhera sunne bhannu ta . ki tapain lai pathak haru dherai bhayeko ho . yo password rakhera sunnuhos bhannu paryo ki ta ki ta yesto anbasyek kura rakhnu bhayena . tapain le aaja matra first time garnu bhayeko hoina pahila pani yesto garnu bhayeko thiyo tyo time ma ta kehi hola bhanera kehi bhanina aaja ta ati bhayo ani malai comment lekhnu man lagera lekheko …tapai sanga kunai risibi bhayera yesto lekheko nasochnu hola matra yo ho ki tapain ko subhechhuk bhayeko bhayera kehi naramro bhayo ki ris utchha tetti ho .. la ta bye

    Comment by kaile — October 27, 2005 @ 1:45 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.