२०६२ कात्तिक १० बिहीबार
पडकास्टका लागि भ्वाइस रेकर्ड गर्न सार्है गार्हो भइरहेको थियो। क्यामेराबाटै आवाज रेकर्ड गरिरहेको थिएँ। त्यसो गर्न झण्झट हुने हुनाले आज न्युरोड गएर एउटा माइक किनेर ल्याएँ। महँगो रहेछ राम्रो खालको माइक। ५०० रुपैया पर्यो। दसैंमा टीका थाप्दा पाएको दक्षिणा थियो, त्यही खर्च गरेँ।
आजको पडकास्ट डाउनलोड नगरी सीधै सुन्न यहाँ क्लिक गर्नुहोला। डाउनलोड गरेर सुन्न चाहनुहुन्छ भने यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुहोस्।
[आज यो पडकास्ट डाउनलोड नगरी सुन्न यहाँ नेपालमा अलि गार्हो भयो। तपाईँहरु कहाँ कस्तो सुनिन्छ, कमेन्टमा लेख्नुहोला। माथिको फाइलमा सुन्न समस्या हुनेले यहाँ क्लिक गर्नुहोला। शायद यसबाट समस्या समाधान होला कि !]
आजका प्रमुख समाचारमा
एमाले र माअोवादीबीच उच्चस्तरीय वार्ता, युध्दविराम छिट्टै भंग हुन सक्ने संभावना
सरकार र प्रेसको द्वन्द्व चरम सीमामा, सरकारले कान्तिपुर एफएम बन्द गराउने संकेत
जोखिम मोलेर राजसंस्थाले निर्वाचन गराउन नहुने सभामुखको विचार
निर्वाचन बहिस्कार गर्न मानवअधिकारवादी समूहहरुको आह्वान
र,
लिलाम हुँदैछ बेलायतको एक राजनीतिक पार्टी (more…)