शाही सरकारलाई अर्को धक्का
२०६२ कात्तिक १० बिहीबार

कान्तिपुर एफएमका अध्यक्ष हेमराज ज्ञवाली सर्वोच्चको स्टे अर्डरको प्रतिलिपि नियाल्दै। तस्वीरः उमेश
२४ घण्टे म्याद जारी गरेर कान्तिपुर एफएमलाई बन्द गराई अरु एफएमलाई थर्काउँदै नागरिकको सुसूचित हुने हक र अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न खोज्ने शाही सरकारलाई आज सर्वोच्चले ठूलो धक्का दिएको छ। सर्वोच्च अदालतले आज दायर रिटमाथि आजै सुनुवाई गरेर आजै अर्को निर्णय नभएसम्म तत्काल केही कारबाही नगर्न आदेश दिएको छ।

कान्तिपुर एफएमका आरजेहरु एफएम प्राङ्गणमा भएको सभालाई उत्सुकतापूर्वक नियाल्दै। तस्वीरः उमेश
बाँकी ब्लग भिडियोसहित एकै छिनमा अपडेट गर्नेछु। यसअघिको ब्लग
२०६२ कात्तिक १० बिहीबार (बिहान १० बजे)
समाचारमूलक कार्यक्रम दिएको आरोपमा २४ घण्टे स्पष्टिकरण सोधेर कान्तिपुर एफएम बन्द गर्ने तयारीका साथ आज बिहानदेखि एफएमको कार्यालय सुरक्षाकर्मीले घेरेर राखेका छन्। सरकारी हस्तक्षेपको प्रतिकार गर्न नागरिक समाज, स्रोता र राजनीतिक दलका नेता तथा कार्यकर्ताले बिहान आठै बजेदेखि त्यहाँ भेला भएर धर्ना दिइरहेका छन्। यसअघि रातको मौका छोपेर सुरक्षाकर्मीले कान्तिपुरमा कारबाही गरेकोले अहिले राति पनि धर्ना बस्ने उनीहरुले बताइरहेका छन्। म पनि केही बेरपछि त्यहाँ जाँदैछु। थप समाचारका लागि परेवामा जानुहोला।


It’s a great blog…….
nice place to know about you and Nepal…
Comment by Rajesh Kumar Rana — October 27, 2005 @ 8:51 pm
verry sad
Comment by das — October 27, 2005 @ 9:13 pm