नेपाली पडकास्ट परीक्षण प्रसारण- V
२०६२ कात्तिक ११, शुक्रबार
आजको पडकास्ट समाचार डाउनलोड नगरी सीधै सुन्ने भए यहाँ क्लिक गर्नुहोला। फाइल डाउनलोड गरेर सुन्न चाहनुहुन्छ भने यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुहोला। हिजोको पडकास्टपछि प्राप्त प्रतिक्रिया त्यति उत्साहजनक रहेन। यदि दुई चार जनाले मात्रै सुनिरहनुभएको हो भने हाललाई यस्तो झण्झटिलो काम स्थगित गर्नुपर्छ कि के हो ? सुनिरहनु भएको छ भन्ने मात्र थाहा पाए पनि मेहनत ठाउँमा परेको रहेछ भन्ने हुन्थ्यो !
आजका प्रमुख समाचारमा
आज सात दलको आह्वानमा उपत्यका बन्द हुँदै, बन्दको प्रचार गर्नेहरु गिरफ्तार
कान्तिपुर एफएममाथि कुनै कारबाही अगाडि नबढाउन सरकारलाई सर्वोच्चको आदेश
दिनभर धर्ना बसे नागरिक समाज र नेता कान्तिपुर एफएम परिसरमा
सञ्चार अध्यादेशका विषयमा मानवअधिकार आयोगद्वारा सञ्चारमन्त्रीलाई स्पष्टिकरण माग
अमेरिकाले सैन्य र आर्थिक सहयोग नगर्ने
र,
आफ्नै प्रेमीलाई जेल पठाउने प्रेमिका
अंक ५
म्युजिक
नेपाली भाषाको पहिलो ब्लग मेरो संसारको पडकास्टको यो परीक्षण प्रसारणमा तपाईँलाई हार्दिक स्वागत।
काठमाडौंबाट तपाईँहरुलाई नमस्ते भन्दैछु म उमेश।
आज अक्टोबर २८ तारिख, शुक्रबार। सुरु गरौं आज पडकास्टको परीक्षण पाँचौ अंकका प्रमुख समाचारबाट
म्युजिक
आज सात दलको आह्वानमा उपत्यका बन्द हुँदै, बन्दको प्रचार गर्नेहरु गिरफ्तार
कान्तिपुर एफएममाथि कुनै कारबाही अगाडि नबढाउन सरकारलाई सर्वोच्चको आदेश
दिनभर धर्ना बसे नागरिक समाज र नेता कान्तिपुर एफएम परिसरमा
सञ्चार अध्यादेशका विषयमा मानवअधिकार आयोगद्वारा सञ्चारमन्त्रीलाई स्पष्टिकरण माग
अमेरिकाले सैन्य र आर्थिक सहयोग नगर्ने
र,
आफ्नै प्रेमीलाई जेल पठाउने प्रेमिका
पूरा समाचार एकै छिनको ब्रेकपछि
ब्रेक
सञ्चार अध्यादेश लागू गरेर जनताको सूचनाको हकमाथि बन्देज लगाउन खोजेको विरोधमा सात दलले आज शुक्रबार उपत्यका बन्दको आह्वान गरेका छन्। शाही सरकारको अध्यादेशको सशक्त प्रतिकार गर्ने क्रममा बन्दको आह्वान गरिएको सात दलले बताएको छ।
बिहीबार बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले बन्द सफल पार्न निर्देशन दिएको छ।
सात दलले तिहारपछि मात्रै सशक्त आन्दोलन घोषणा गर्ने भनी यसअघि भनेको भए पनि विकसित परिस्थितिका कारण बुधबार बसेको संयुक्त जनआन्दोलन केन्द्रीय परिचालन कमिटीको आपतकालीन बैठकले बन्द गर्ने निर्णय गरेको हो।
माघ १९ पछि सात दलले आह्वान गरेको यो पहिलो बन्द कार्यक्रम हो। यसैबीच, बन्दको आह्वान गर्ने एमालेका पाँच कार्यकर्तालाई बिहीबार प्रहरीले गिरफ्तार गरेको छ। कान्तिपुर एफएम परिसरमा सभा भइरहँदा यससम्बन्धी सूचना प्राप्त भएको थियो
बाइट
******************
सर्वोच्च अदालतले कान्तिपुर एफएममाथि यही कात्तिक १३ गतेसम्म कुनै कारबाही नगर्न, नगराउन बिहीबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
सरकारले २४ घण्टाभित्र सफाइ पेश गर्न भनेपछि कान्तिपुर एफएमले सफाइका साथ सर्वोच्चमा अन्तरिम आदेशको माग गर्दै रिटसमेत दायर गरेको थियो।
नेपाल बार एसोसिएसनको विशेष अनुरोधमा उक्त रिटलाई बिहीबार नै पेसीमा राखी सोही दिन सुनुवाई गरिएको थियो।
यसैबीच बिहीबार दिनभर नागरिक समाज र राजनीतिक दलका नेता, कार्यकर्ताहरुले एफएम परिसरमा धर्ना दिए। अदालतबाट अन्तरिम आदेश जारी भएको खबर आएपछि कार्यालय परिसरमा एक सभाको आयोजना गरिएको थियो।
बाइट
सभालाई सम्बोधन गर्दै लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनका संयोजक डा. देवेन्द्रराज पाण्डेले शिकारी सरकारलाई सर्वोच्चको आदेशले झट्का दिएको बताउँदै अब अरु एफएमहरुले पनि आँट देखाएर समाचार प्रसारण गर्ने आशा व्यक्त गर्नुभयो।
बाइट
युवा नेता गोविन्द भट्टराईले लोकतान्त्रिक आन्दोलनमा होमिन युवाहरु तयार रहेको बताउँदै निरंकुश सत्ता धेरै टिक्न नसक्ने बताए।
बाइट
आफ्नो भाषणका क्रममा निकै जोसिएर उनले निकै चर्का कुरा गरे।
बाइट
यसैगरी नेपाल बार एसोसिएसनका महासचिव माधव बाँस्कोटाले हुल बाँधेर अदालतमा रिट दर्ता गर्न गएको भन्दै आपत्ति जनाउने सञ्चारमन्त्री टंक ढकाललाई मञ्चबाटै जवाफ दिनुभयो।
*******************
बाँकी समाचार एकैछिनको ब्रेक पछि
ब्रेकपछि पुनः स्वागत छ। अब बाँकी समाचार
राष्ट्रिय मानवअधिकार आयोगले हालै जारी सञ्चार अध्यादेश कार्यान्वयनका सिलसिलामा श्री ५ को सरकारद्वारा कान्तिपुर एफ.एम.माथि गरिएको कारबाहीका साथै मानवअधिकारका विषयमा अनुसन्धान सुरु गरेको छ।
यस क्रममा आयोगको कार्यकक्षमा बिहीबार सूचना तथा सञ्चारमन्त्री टङ्क ढकालसँग आयोगको टोलीले भेट गरी स्पष्टिकरण लिएको छ। मन्त्री ढकालले सञ्चारकर्मीहरुलाई भेटका विषयमा बताउन चाहनुभएन।
बाइट
तर आयोगका अध्यक्ष नयनबहादुर खत्रीले भन्नुभयो-
बाइट
***************
जनतालाई सत्ता नसुम्पेसम्म अमेरिकाले नेपाललाई सैन्य तथा आर्थिक सहयोग नगर्ने अमेरिकी राजदूत जेम्स एफ मोरिआर्टीले बताउनुभएको छ। बिहीबार पाल्पामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हालको अवस्थामा त्यस्तो सैनिक घातक हुने विचार व्यक्त गर्नुभयो।
*******************
रौतहटमा बिहीबार अपराह्न बारुदी सुरुङ विस्फोट हुँदा तीन सुरक्षाकर्मी घाइते भएका छन्। बारुदी सुरुङ माअोवादीले विस्फोट गराएका हुन् कि हैनन् थाहा हुन सकेको छैन। घाइते सबैलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
*****************
जाँदाजाँदै यो रमाइलो समाचार,
अस्ट्रियमा एक नकाबधारी व्यक्तिले बैंक लुटे तर त्यो डकैतको दुर्भाग्य, उनले आफ्नै पूर्व प्रेमिका काम गर्ने बैंकमा पो लुटेका रहेछन् र उनकै हातबाट पैसा लिन पुगेछन्।
२१ वर्षीया प्रेमिका तथा बैंककी क्यासियरले आफ्ना पूर्व प्रेमीलाई उनको नीलो आँखाबाटै चिन्न सफल भइछिन्।
प्रहरीलाई उनले सबै कुरा बताए पछि कोठामा पैसा खनखनी गन्दै बसेको बेलामा नै रंगेहात उनलाई प्रहरीले गिरफ्तार गरेछ।
***************
समाचार सकियो
आजको पडकास्ट कस्तो लाग्यो ? पडकास्टका बारेमा प्रतिक्रिया आउन कम भएको
छ। मेरो हौसलालाई कायम राख्न तपाईँहरुले दुई शब्द कमेन्टमा लेख्न अल्छि नमान्नुहोला। पडकास्टमा रहेका समाचार सामाग्रीको बारेमा आफ्नो प्रतिक्रिया पनि लेख्न नभूल्नुहोला। भोलि फेरि अर्को पडकास्टका साथ हाजिर हुने नै छु । अहिलेलाई विदा


lato desh ma gando tanneri banera yo mula le ke ke na thulai kaam gareko bhanne thaneko hola.yesta dherai chhan. furti launu prdaina bho
Comment by ktm — October 28, 2005 @ 2:10 am
प्रिय उमेस,
तपाईको पडकास्ट साह्रै राम्रो लाग्यो राम्रो कामको एक दिन अवस्य ईज्जत हुने छ सुचारु राख्दा राम्रो हुने छ
लालि गुरॉस
Comment by Laliguras — October 28, 2005 @ 2:47 am
ekdam ramro chha. I am listening directly, not by save target as.
Very good effort. Keep on doing your best.
Comment by Man Bahadur, South Korea — October 28, 2005 @ 6:32 am
You are doing nice job. Keep it up.
Comment by dipesh — October 28, 2005 @ 6:34 am
Umesh jee, the last news about austrian guy was hillarious.
Thanks for starting this new section. Don’t give up
Comment by john — October 28, 2005 @ 8:06 am
KTM,
what is your problem ? Just tell us frankly. Are you currently taking some medication for your mental illness? If you have not done that then please hurry up and check with your local Psychiatrist. He might be able to diagnose you properly.
If you writing those idiotic stuffs to show your frustration on salokya then better email him . Please don’t spoil this site.
You are an idiot filled with cow-shit cakes in your brain.
Comment by dpk — October 28, 2005 @ 9:00 am
Work is appreciated. Try to lower back ground music as it is distracting.
Comment by sujhab — October 28, 2005 @ 9:11 am
Dear Umesh
Good Start,Your voice is not bad but sometimes Newari tounge makes uneasy to listen. anyway good luck
Comment by Tarun Poudel — October 29, 2005 @ 10:54 am