यस्तो रह्यो आजको उपत्यका बन्द
२०६२ कात्तिक ११, शुक्रबार

तिमी नागरिकको सूचनाको हक खोसी आँखा, कान बन्द गर्न खोज्छौ, हामी त्यसको विरोधमा बजार बन्द गर्छौं- कालिमाटीमा बन्द भएको बजार।
सात दलले आज आह्वान गरेको उपत्यका बन्दका बारेमा फोटो फिचर हेर्ने भए भित्र आउनु होला। सबै फोटो म आफैले खिचेको हुँ।

सवारी साधन पर्याप्त नचलेपछि पैदल हिँड्नुको विकल्प हुँदैन।

अनि यदि तपाईँ फाट्टफुट्ट चलेको सवारी साधन चढ्न चाहनुहुन्छ भने चाहिँ यसरी सास्ती भोग्नुपर्छ। कलंकीबाट कोटेश्वर जाने टेम्पोमा झुण्डिएका यात्रुहरु।

बसन्तपुरमा स्थायी शान्तिका लागि भइरहेको हस्ताक्षर संकलन।

र्यालीमा सहभागी हुन आएको नेपाल पत्रकार महासंघको ब्यानर।

बसन्तपुरमा जुलुस निस्कनुअघिको भीड।

नारा लगाउँदै जुलुस अगाडि बढ्यो।

जुलुसको अग्रपंक्तिमा रहेकाहरु।

जुलुसको पर्यवेक्षण संयुक्त राष्ट्र संघले पनि गरेको थियो।

र, सँधै झैं कमी थिएन नेपाली मानवअधिकारवादी पर्यवेक्षकहरुको पनि।

बसन्तपुरबाट सुरु भएको जुलुस चिकंमुगल, जैसिदेवल, लगन, ब्रम्हटोल, कोहिटी, भीमसेनस्थान हुँदै काष्ठमण्डपमा पुगेर आमसभामा परिणत भएको थियो।

जुलुस बसन्तपुरमा कोणसभामा परिणत भएपछि नेकपा एमालेका नेता राजेन्द्र श्रेष्ठ सम्बोधन गर्दै।

कोणसभामा सहभागी स्रोताहरु।


photo snaps are great.
Comment by sagun chalise — October 28, 2005 @ 9:56 pm
dami chha
Comment by kaile — October 28, 2005 @ 10:22 pm
namaste umesh ji tapai bata ajha ramro ra stariya bloggar ko aasa rakhchaun
tapaile samjhe ko ma dhanyabad hamile k sahayo garna sakchhau hamile sake ko sahayog ta chadai chha. happy diwali
Comment by rajendra prasad nyaupane — October 28, 2005 @ 10:42 pm
thx for the photos of bandh. atlast, u ar back on track after long time.
Comment by bipinu2 — October 28, 2005 @ 11:40 pm
Umesh!
Thanks your nice pic and information.
Comment by Nilan — October 29, 2005 @ 9:24 am
Great work !!
Came across your blog today. I am really impressed.
keep it up.
Long live democracy. Down with the king and the maoists.
Comment by Madhesi — November 4, 2005 @ 2:48 am