भिडियो ब्लगः सात दलको उपत्यका बन्द
२०६२ कात्तिक ११, शुक्रबार
नागरिकहरुको सूचनाको हकको रक्षाका लागि सात दलले आज आह्वान गरेको कडा कार्यक्रम “बन्द” का क्रममा प्रहरीले दर्जनौँलाई गिरफ्तार गरेको छ। बन्द भने पहिले-पहिले जस्तो छैन। मोटरसाइकल धेरै चलेका छन्। ट्याक्सीहरु पनि धेरै नै चलेको देखिएको छ। भाडाका केही गाडीहरु पनि चलेका छन्। पसलहरु भने अधिकांश बन्द नै छन्। शिक्षण संस्थाहरु ठप्प छन्। नेपाल टेलिभिजनले अब आज साँझ बन्दको पूरै अवज्ञा भयो भन्ने समाचार दिन्छ होला। भएकै कुरा त बङ्ग्याउने नेटेलाई आज त मसला छ नि गाडी गुडेको देखाउने ! साँच्ची आजभोलि नेपाल टेलिभिजन यति एकपक्षीय भइसकेको छ कि कहिलेकाहीँ त यस्तो रिस उठ्छ, कहिले हाँसो उठ्छ। आज बिहान ११ बज्नुअघि खिचेका केही भिडियो दृश्य हेर्न यहाँ क्लिक गर्नुस्। डाउनलोड नगरी हेर्न भित्र आउनुहोला। अहिले म खाना खाएर एकछिन रत्नपार्क, न्युरोडतिर जाँदैछु। त्यहाँबाट फर्केपछि थप तस्वीर र भिडियो ल्याउनेछु होला।


Umesh Je!
Good information.
Comment by Nilan — October 29, 2005 @ 9:43 am
उमेश जि । यसै पनि मेरो संसार डटकम औधी राम्रो र पठनिय छ । त्यसैमाथि केहि दिन देखि शुरु भएको यो पडकास्ट अर्थात समाचार बाचनले यसलाई अझ रोचक र समाचार मुलक बनाएको छ । नेपाल भित्र रहेका नेपालीलाई मात्र नभएर विशेषगरी हामी जस्तो प्रवासमा रहेका लाखौं नेपालीहरुका लागि यो समाचारको दरिलो खुराक बनेको छ । त्यसैले मेरो संसार डटकमको उत्तर उत्तर प्रगतिको कामना गर्न चाहन्छु । साथै दिपावलीको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु । बिरेन्द्र पौडेल, नेपाली समाज दैनिक मुर्म्बई
Comment by Birendra poudel — October 29, 2005 @ 10:05 am