नेपाली पडकास्ट परीक्षण प्रसारण- VI
२०६२ कात्तिक १२, शनिबार
आजको पडकास्ट समाचार डाउनलोड नगरी सीधै सुन्ने भए यहाँ क्लिक गर्नुहोला। फाइल डाउनलोड गरेर सुन्न चाहनुहुन्छ भने यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुहोला। प्रतिक्रिया लेख्न नभुल्नु होला। समालोचनात्मक प्रतिक्रिया पनि पाउने आशामा।
आजका प्रमुख समाचारमा
सात दलको आह्वानमा भएको उपत्यका बन्दमा ८४ जना गिरफ्तार
सञ्चार अध्यादेशको विरोधमा देशभर प्रदर्शन
कान्तिपुर एफएमबाट मध्यरातमा लुटिएका सामान फिर्ता गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह
भारतीय विदेश नीतिका विशेषज्ञहरुसँग एमाले नेतृत्वको भेट
र,
कसरी दुःख पाए एक जर्मन अधवैंशेले आफूले पालेको बिरालोबाट
अंक ६
म्युजिक
नेपाली भाषाको पहिलो ब्लग मेरो संसारको पडकास्टको यो परीक्षण प्रसारणमा तपाईँलाई हार्दिक स्वागत।
नमस्ते म उमेशको काठमाडौंबाट।
आज अक्टोबर २९ तारिख, शनिबार। सुरु गरौं आज पडकास्टको छैठौं परीक्षण अंकका प्रमुख समाचारबाट
म्युजिक
सात दलको आह्वानमा भएको उपत्यका बन्दमा ८४ जना गिरफ्तार
सञ्चार अध्यादेशको विरोधमा देशभर प्रदर्शन
कान्तिपुर एफएमबाट मध्यरातमा लुटिएका सामान फिर्ता गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह
भारतीय विदेश नीतिका विशेषज्ञहरुसँग एमाले नेतृत्वको भेट
र,
कसरी दुःख पाए एक जर्मन अधवैंशेले आफूले पालेको बिरालोबाट
पूरा समाचार एकै छिनको ब्रेकपछि
ब्रेक
समाचारको पडकास्ट पछि नेपाली भाषाको पहिलो ब्लग मेरो संसार छिट्टै नै नेपाली सांगीतिक पडकास्ट सुरु गर्ने तयारीमा छ। यस सांगीतिक पडकास्टका लागि आफ्ना सन्देश, अनुरोध, मुक्तक मलाई उमेशश्रेष्ठ एट जीमेल डट कममा पठाउनु हुन अनुरोध छ। तपाईँहरुबाट प्राप्त सामाग्रीलाई पडकास्टमा समावेश गरिनेछ। धन्यवाद।
****************************
सर्वसाधारणको सूचनाको हकमाथि बन्देज लगाउने नियतले ल्याइएको सञ्चार अध्यादेशको विरोधमा शुक्रबार सात दलले उपत्यका बन्दको आयोजना गर्यो। सूचनाको हकका लागि बन्दको आह्वान भएको नेपालको इतिहासमा नै यो पहिलो बन्द थियो।
बन्दका क्रममा ८४ जनालाई हिरासतमा लिइएको गृह मन्त्रालयले जनाएको छ। उनीहरुलाई राति अबेरसम्म रिहा गरिएको छैन। मन्त्रालयले सात वटा सवारी साधनमा तोडफोड भएको बताएको छ।
दिउँसो २ बजे काठमाडौंको बसन्तपुरबाट नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु सहितको एक जुलुसले काठमाडौंको भित्री इलाका परिक्रमा गरेको थियो।
जुलुसमा सञ्चार अध्यादेशको खारेजीका साथै लोकतान्त्रिक गणतन्त्रका पक्षमा नारा लगाइएका थिए।
बाइट
अनि यस्ता चर्का खालका नाराको पनि कुनै कमी थिएन।
बाइट
जुलुस बसन्तपुरबाट मरु, चिकंमुगल, जैसिदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिति, भिमसेन स्थान हुँदै काष्ठमण्डपअगाडि पुगेर सभामा परिणत भएको थियो।
बाइट
सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसकी नेतृ सुप्रभा घिमिरेले निरंकुश राजतन्त्रले जनताका अधिकार खोस्दै गइरहेकाले त्यसको सशक्त प्रतिकार गर्नुपर्ने बताउनु भयो।
बाइट
अर्का वक्ता एमालेका पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले आफूहरु मन्त्री र सांसद हुँदा राजाको प्रतिनिधिका रुपमा दण्ड आउँदा पनि संसदमा उभिएर सम्मान गर्ने गरेको तर हाल सडकमा खुला रुपमा राजाको विरोधमा नाराबाजी गरिरहेको बीच तुलना गर्दै यस्तो अवस्था आउनुमा राजा नै जिम्मेवार रहेको बताउनु भयो। उहाँले अगाडि भन्नुभयो
बाइट
नागरिकहरुको विशेष अनुरोधमा सभालाई नागरिक आन्दोलनका अगुवा देवेन्द्रराज पाण्डेले पनि सम्बोधन गर्नुभएको थियो। उहाँले आफ्नो सम्बोधनमा देशभर निरंकुश राजतन्त्रका विरुध्द लहर अोर्लिनुका पछाडि राजसंस्थाले पछौटेपनको पृष्ठपोषण गरिरहनुलाई कारक ठहर्याउनु भयो।
********************
सञ्चार अध्यादेशका विरुध्द शुक्रबार देशभर विरोध कार्यक्रम भए। पोखरामा घण्टी जुलुस निकाल्दै सञ्चार अध्यादेश जलाइयो भने सिन्धुपाल्चोकका पत्रकारहरुले एक छाक खाना छाडे। नारायणगढ, पश्चिममा धनगढी र पूर्वमा विराटनगरमा पनि विरोध जुलुसको आयोजना गरियो।
धादिङ बेसीमा आयोजित मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा दर्जनौं घाइते भए। झापाको दमकमा पनि मसाल जुलुस प्रदर्शन गरियो।
यसैबीच आज शनिबार अपराह्न तीन बजे रत्नपार्कमा सञ्चार अध्यादेश जलाइँदैछ।
**********************
कान्तिपुर एफएममा मध्यरातमा आक्रमण गर्नुको कुनै अौचित्य नभएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले त्यहाँबाट लुटिएका सामान फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ।
सञ्चार अध्यादेश र कान्तिपुर एफएममा भएको आक्रमणका विषयमा छानबिन गरिरहेको आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतिवेदन सार्वजनिक गरेको हो।
आयोगले प्रेस स्वतन्त्रताको रक्षा गर्न र मौलिक हक र मानवअधिकारको उल्लंघन नगर्न सरकारसित आग्रह गरेको छ।
सरकारले कान्तिपुर एफएमबाट उपकरण लुट्दा राति कसैको घर पस्दा मुलुकी ऐनको पालन गर्नुपर्ने प्रावधान पालन गरेको नदेखिएको पनि आयोगले बताएको छ।
********************
भारत भ्रमणमा रहनुभएका नेकपा एमालेका नेताहरुले शुक्रबार भारतीय विदेश नीतिका विशेषज्ञहरुसित भेटवार्ता गर्नुभएको छ।
एमाले नेताहरु महासचिव माधव नेपाल, केपी अोली र अमृतकुमार बोहोराले पूर्वप्रधानमन्त्री चन्द्रशेखरसित पनि भेट गर्नुभएको थियो। भेटमा चन्द्रशेखरले नेपालको लोकतान्त्रिक आन्दोलनको समर्थन गर्दै आन्दोलनको विकल्प नभएको बताएको एमाले विदेश विभागले जनाएको छ।
*******************
उता, परराष्ट्र मन्त्री रमेशनाथ पाण्डे र पाकिस्तानी राष्ट्रपति परवेज मुसर्रफबीच गोप्य वार्ता भएको छ। इस्लामावादस्थित शाही नेपाली राजदूतावासका अनुसार रावलपिण्डीमा मुसर्रफ र पाण्डेबीच बिना कुनै सहयोगी एक्लाएक्लै वार्ता भएको थियो।
*********************
भाइटीकाका लागि यही कात्तिक १७ गते बिहीबार सवा १२ देखि एक बजेसम्मको साइट उत्तम रहेको नेपाल राजकीय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. माधवप्रसाद भट्टराईले बताउनुभएको छ। त्यस दिन सर्वसाधारणलाई आफ्नो अनुकूल समयमा भाइटीका लगाउन कुनै बाधा नरहेको उहाँले बताउनुभएको छ।
********************
श्री ५ को सरकारले निजामती सेवाका राजपत्राङ्िकत विशिष्ट श्रेणीका आठजना सचिवको विभिन्न मन्त्रालय र निकायमा सरुवा/पदस्थापन तथा नौजना राजपत्राङ्िकत प्रथम श्रेणीका अधिकृतहरूलाई राजपत्राङ्िकत विशिष्ट श्रेणी पदमा बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को हिजो बसेको बैठकले पाँचजना राजपत्राङ्िकत प्रथम श्रेणीका अधिकृतहरूलाई राजपत्राङ्िकत विशिष्ट श्रेणी पदमा का.मु.मुकरर गरेको पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
*******************
जाँदाजाँदै जर्मनीबाट प्राप्त यो रमाइलो समाचार,
घरपालुवा जनावर तपाईँले पनि पाल्नुभएको छ ? त्यसोभए होसियार, ४१ वर्षीय जर्मन उदो रियदको जस्तो नियती नभोग्न सतर्क हुनुस्।
भयो के भने, आफ्नो भान्सामा खाली खुट्टा काम गर्दै गर्दा खसेको धारिलो चक्कूले उनको खुट्टाको अौंला चट्टै छिनाइदिएछ। बाथरुम गएर ब्यान्डेज ल्याएर आपतकालीन सेवामा मोबाइलबाट फोन गरेर फर्कँदा त उनको बिरालोले त्यो टुक्रा अौंला टपक्क टिपेर बगैंचातिर कुलेलम ठोकिसकेको रहेछ। उनले एकछिन त बिरालोलाई खोजे तर अस्पताल पुग्न हतार भइसकेकाले खोज परित्याग गर्न उनी बाध्य भए।
अस्पतालका चिकित्सकहरुले बिरालोले नचोरेको भए उनको अौंला पुनः जोड्न मिल्थ्यो भनी बताए। तर अौंला चोरेर भागेको त्यो बिरालो अझै फेला पर्न सकेको छैन।
*************************************************
समाचार सकियो
आजको पडकास्ट कस्तो लाग्यो ? पडकास्टका बारेमा प्रतिक्रिया आउन कम भएको
छ। मेरो हौसलालाई कायम राख्न तपाईँहरुले दुई शब्द कमेन्टमा लेख्न अल्छि नमान्नुहोला। पडकास्टमा रहेका समाचार सामाग्रीको बारेमा आफ्नो प्रतिक्रिया पनि लेख्न नभूल्नुहोला। भोलि फेरि अर्को पडकास्टका साथ हाजिर हुने नै छु । अहिलेलाई विदा
********************************************************


Waa Umesh Jee!
Tapaiko PADAKAST” Yoo sundaa; aafu pani aahailaya Nepal maaa basi Andolon Garirahayako justo vairayako chaa, Aaafu ni aagadi basti Vasan Suni rakhayako justo cha. Umesh Je it is great and I wish! PADASAST lay aajaie Safaltaa paapnn. Dhandabad
Comment by Nilan — October 29, 2005 @ 9:29 am
U are one talented dude. nepali bolda vane ali ali newari tone aaune raicha, but i think it also makes it a very original piece of work. i see a real bright future for you. its only a matter of time before people start discovering your talent.
Comment by LA — October 29, 2005 @ 9:55 am
just great man!!! I haven’t missed any of your podcast yet. Keep it up ‘coz I like it a lot
Comment by Samcha — October 29, 2005 @ 11:14 am
LA,
What do you mean by “Newari tone”? Can you speak English like Britons? Do you know that English is spoken with different accents around the world even among the native speakers; i.e. Britons, Irish, Scottish, Canadians, Americans and Australians. And the Texas-ers have their own accent while the New Yorkers speak with their own accent.
And:
1. Commenting on someone’s “accent” is another way to expose you, yourself, as a “resist”.
2. Grow up and see a bit far.
3. You speak “perfect” Nepali doesn’t make you “perfect” person. And what is really perfect? Your perfection can be imperfect for others.
4. What you say is more important than how you say it.
5. Comment on the content if you can. Don’t point out as a child based on someone’s accent. Again, grow up!
गणतन्त्रवादी नेपाली
Comment by गणतन्त्रवादी नेपाली — October 29, 2005 @ 2:10 pm
I heard your Programme. But your voice is not clear and you don’t speak clear as nepali you have newari tone so you have to improve it. i heard you saturday’s programme.
Comment by Sanjay Adhikari — October 29, 2005 @ 6:32 pm
namaskar chha umesh je rambro parayah chha hajur one things sir ma pani mero tarpha bata kahi kura sathma kahi news attend garna chahanchhu tara kasari plz advice to me my email jitu_sb04@yahoo.com thanks
Comment by jeet — October 29, 2005 @ 7:11 pm
namaste umesh ji tapaiko padakast ra video herda sunda nepal ma nai fm ra tv hereko bhan hunchha tapailai dhanyaba dherap la
Comment by rajendra prasad nyaupane — October 29, 2005 @ 9:44 pm
I think that some recists (or sampradayik guys) are hanging around here just to harass Umesh. Or they can be pro-king or hired ones. This is truly Gyanedra and his stalwarts’ style, who do things from the backdoor, i.e. drug smuggling, pulling out Kantipur FM’s equipment in the middle of the night, and promulgating press law during the Dashain.
It is ridiculous to say that one cannot understand Umesh’s Nepali. I just want to ask these guys to listen to Radio Nepal instead of wasting their time here. They cannot stop Umesh by accusing him, which is absolutely not true.
I have heard from journalist/writer friends that there are some IT-know-how Mandale teams in Kathmandu, who send virus and hate-mail to pro-democrat/republican writers.
They are just digging their own graveyard. Nepal will not return to monarchy any longer. It’s too late.
Comment by गणतन्त्रवादी नेपाली — October 30, 2005 @ 4:01 am
your Pudcast is very very superb chha Umeshji
very very thank you and try to do continue…
Comment by surendra — October 30, 2005 @ 10:12 am