नेपाली पडकास्ट परीक्षण प्रसारण VII
२०६२ कात्तिक १४ सोमबार
हिजो आइतबार एक दिनको विश्रामपछि आज पुनः पडकास्टको परीक्षण प्रसारण लिएर हाजिर भएको छु। पडकास्टको सातौं अंक अलि ठूलो साइजको फाइल बनेको छ। समय पनि झण्डै १७ मिनेट पुगेछ। पडकास्टलाई डाउनलोड नगरी सीधै सुन्न यहाँ क्लिक गर्नुहोला। डाउनलोड गरेर सुन्न चाहनुहुन्छ भने यहाँ राइट क्लिक गरेर सेभ टार्गेट एज गर्नुहोला।
आजका प्रमुख समाचारमा-
-निर्वाचित सरकार पनि राजा कै प्रत्यक्ष निगरानीमा रहने उपाध्यक्ष गिरीको भनाई, नागरिक समाज, दल र गैससले विदेशीको पैसा खाएको आरोप
-निरंकुश सत्ता धेरै नटिक्ने काँग्रेस सभापति कोइरालाको ठोकुवा
-सुन्दर शान्त नेपालको कामना गर्दै भक्तपुरमा हजारौं भेला भए
-सञ्चार अध्यादेशका सम्बन्धमा सर्वोच्चमा छलफल
-आज कुकुर तिहार मनाइँदै
र,
नेपालमा भएको आलु पार्टी
अंक ६
म्युजिक
नेपाली भाषाको पहिलो ब्लग मेरो संसारको पडकास्टको यो परीक्षण प्रसारणमा तपाईँलाई हार्दिक स्वागत।
काठमाडौंबाट अभिवादन स्वीकार्नुस् तपाईँको साथी म उमेशको।
आज अक्टोबर ३१ तारिख, सोमबार। हिजो आइतबार एक दिनको विश्रामपछि सुरु गरौं आज पडकास्टको सातौं परीक्षण अंकका प्रमुख समाचारबाट
म्युजिक
निर्वाचित सरकार पनि राजा कै प्रत्यक्ष निगरानीमा रहने उपाध्यक्ष गिरीको भनाई, नागरिक समाज, दल र गैससले विदेशीको पैसा खाएको आरोप
निरंकुश सत्ता धेरै नटिक्ने काँग्रेस सभापति कोइरालाको ठोकुवा
सुन्दर शान्त नेपालको कामना गर्दै भक्तपुरमा हजारौं भेला भए
सञ्चार अध्यादेशका सम्बन्धमा सर्वोच्चमा छलफल
आज कुकुर तिहार मनाइँदै
र,
नेपालमा भएको आलु पार्टी
पूरा समाचार एकै छिनको ब्रेकपछि
ब्रेक
मन्त्रिपरिषद्का उपाध्यक्ष तुलसी गिरीले निर्वाचन पछि बन्ने सरकार पनि राजा कै प्रत्यक्ष निगरानीमा रहने बताउनु भएको छ। आइतबार रौतहटको गौरमा आयोजित शान्ति र्यालीपछिको सभालाई सम्बोधन गर्दै उहाँले आसन्न निर्वाचनमा भाग नलिने भनेर दलहरुले घुर्कीमात्रै लगाएको बताउनु भयो।
बाइट
सरकारलाई काम गर्नबाट रोकिरहेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको आलोचना गर्दै उहाँले सरकारलाई काम गर्न दिए ३ महिनामा माअोवादीलाई सखाप पार्ने दावी गर्नुभयो।
बाइट
नागरिक समाज विदेशबाट सञ्चालित भएको बताउँदै उपाध्यक्ष गिरीले देशलाई सबैभन्दा बढी खतरा नै उनीहरुबाट भएको बताउनु भयो। उहाँले विदेशी पैसाबाट सञ्चालित भन्दै दलहरु र एनजीअो आईएनजीअोहरुको पनि कडा आलोचना गर्नुभयो।
बाइट
******************************
नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले निरंकुश सत्ता धेरै दिन नटिक्ने बताउनुभएको छ।
दीपावलीका अवसरमा पार्टीद्वारा पत्रकारहरुका लागि आयोजित चियापान समारोहमा उहाँले सिङ्गो राष्ट्र बन्धकीमा राखेर राजाले नेपाललाई असफल राष्ट्र बनाउँदै गरेको आरोप लगाउँदै यसको सम्पूर्ण जिम्मेवारी राजाले लिनुपर्ने बताउनु भयो।
बाइट
सबै एकजुट भई हालको आन्दोलनलाई पार्टीहरुको आन्दोलन हैन जनआन्दोलनका रुपमा परिणत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
****************************
सुन्दर र शान्त नेपालको कामना गर्दै शान्ति संगीत यात्रा देशभरको परिक्रमापछि आइतबार भक्तपुरमा समापन भयो।
भक्तपुर दरबार क्षेत्रमा आयोजित शान्ति संगीत कन्सर्टमा हजारौंले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
हजारौं दर्शक हरेक गीतमा झुमेका थिए, नाचेका थिए चाहे त्यो पप गीत होस्
बाइट
आधुनिक गीत होस्
बाइट
वा राष्ट्रिय गीत होस्
बाइट
वा जागरण गीत
बाइट
कन्सर्टमा अोमविक्रम विष्टले गाए
बाइट
कुन्ति मोक्तान यसरी जमे
बाइट
मिरा राणाको बाडुलीले सबैलाई नचायो
बाइट
नेपथ्यका अमृत गुरुङको त झन् के कुरा। उनले आउने बित्तिकै जंगी निशान गाएर सबैलाई उचाले
बाइट
बीचबीचमा सबैलाई मिल्न उनले आह्वान गरिरहे।
बाइट
उनको जागरण गीत पनि कम थिएन। सबैलाई नचायो त्यसले।
बाइट
सबैले कामना गरे सुन्दर शान्त नेपालको
************************
सञ्चार अध्यादेशको खारेजी र कान्तिपुर एफएममाथि सरकारले गरेको कारवाहीका सम्बन्धमा सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आइतबार सुनुवाई भएको छ । प्रधान न्यायाधीश दीलिपकुमार पौडेल, न्यायाधीशहरु केदारप्रसाद गिरी र सारदाप्रसाद पण्डितको विशेष इजालस समक्ष आइतबार बहस भएको थियो ।
सुनुवाई आज सोमबार पनि जारी रहेनछ।
सरकारले दशैँअघि जारी गरेको सञ्चार अध्यादेशले नेपाल अधिराज्यको संविधान, २०४७ ले प्रदान गरेका सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता एवं पेशागत स्वतन्त्रताको हक कुण्ठित पारेको भन्दै नेपाल पत्रकार महासंघ, नेपाल बार एशोसिएशन सहित नौ संस्थाले एकीकृत रुपमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
***************************
उता, धरानमा अध्यादेशका विरुद्ध प्रदर्शन गर्ने पत्रकारहरुलाई प्रहरीले धरपकड गरेको छ । अध्यादेशविरुद्ध विरोध प्रदर्शन गरेर फर्किरहेका एक दर्जन सञ्चारकर्मीमाथि प्रहरीले लाठी चार्ज गर्दै गिरफ्तार गरेको थियो । प्रहरीको पिटाइबाट ६ जना पत्रकार घाइते भएका छन् । त्यसको विरोधमा उनीहरुले प्रहरी हिरासतमा नै अध्यादेश जलाएका थिए।
******************
यमपञ्चकको दोस्रो दिन आज घरघरमा क’क’र तिहार मनाइँदैछ ।
इमानदार पहरेदार जन्त’का रूपमा परापर्”वकालदेखि परिचित क’क’रलाई वर्षा एकपटक आजको दिन यमद”तको रूपमा प”जा गर्ने चलन छ ।
आज गृहस्थीहरूले क’क’रको प”जा गरी माला लगाई खाना खान दिने गर्छन् । आजको दिनलाई नरक चतर्’दशी पनि भन्ने गरिन्छ ।
आजका दिन बिहान सबेरै नजिकको खोला तथा तलाउँमा न’हाई नरक बगाउने गरिन्छ ।
**********************************
जाँदाजाँदै नेपाल कै यो रमाइलो समाचार
काग तिहारको उपलक्ष्यमा हास्यव्यङ्ग्य समाज नेपाल -हाँसने)का अध्यक्ष रामकुमार पाँडेले आइतबार जाउलाखेलस्थित आफ्नो निवास पाँडेको र्स्वर्गमा आलु पार्टीको आयोजना गर्नुभयो ।
सो अवसरमा अतिथिहरूलाई आलुका विभिन्न परिकार खुवाइएको थियो ।
रोचक घिमिरे, हृदयप्रसाद मिश्र, रामकृष्ण भण्डारी, वसन्त सापकोटा, धर्मराज बराल, विष्णु प्रभातलगायतका हास्यव्यङ्ग्य साहित्यकार, कलाकार एवं पत्रकारको उपस्थिति रहेको सो कार्यक्रममा हास्यव्यङ्ग्य रचना, विचार र ख्याल ठट्टाहरू प्रस्तुत गरिएका थिए ।
त्यस अवसरमा आयोजित रोचक प्रतियोगिताहरूका विजयीहरूलाई बालिका स्कन्दा रिमालले पुरस्कार वितरण गरेकी थिइन्। पुरस्कार पनि अरु हैन, आलु नै थियो।
***************************
समाचार सकियो
आजको पडकास्ट कस्तो लाग्यो ? पडकास्टका बारेमा र पडकास्टमा रहेका समाचार सामाग्रीको बारेमा आफ्नो प्रतिक्रिया पनि लेख्न नभूल्नुहोला। भोलि फेरि अर्को पडकास्टका साथ हाजिर हुने नै छु । अहिलेलाई विदा
——————————————————————


la chatto year
Comment by das — October 31, 2005 @ 1:07 am
अमृत गुरुङले गाएको दामी लाग्यो
म पनि थपौं है,
विदेशमा बस्नेहरु विदेशबाट उठ ऽऽऽ
कम्प्युटर चलाउन जान्नेहरु कम्प्युटर चलाएर उठ ऽऽऽ
देश-देशबाट उठ
विदेश-विदेशबाट उठ
यो देशको मुहार
फेर्नलाई उठ
Comment by Acharya — October 31, 2005 @ 3:34 am
Very nice… Good job.
Comment by dpk — October 31, 2005 @ 8:13 am
भ्रष्ट उसलाई खसी झैं काटन पाए हुन्थ्यो ।
संविधान जनतामुखि बनाउन पाए हुन्थ्यो ।
देश डुब्दैछ.. कुकुर पूजा आउँदै छ…।
कुकुर बनाई आज उसलाई पूज्न पाए हुन्थ्यो ।
Comment by Hongkong — October 31, 2005 @ 10:43 am
Umesh ji,
Nepali is a slliy in this world coz they worship kukur and gai and biralo musa etc. are God? ***************************.
Thank you. we wish your grand success
Comment by Nepal — October 31, 2005 @ 2:54 pm
Hey hey hey thik chha la
Comment by Ram naam — October 31, 2005 @ 2:55 pm
namaskar umesh ji happy dipawali yo padkast bhanda ta news ra video ali stariya banaya ksto hola
Comment by rajendra prasad nyaupane — October 31, 2005 @ 6:28 pm
Umesh Jee,
I disagree with RPN…
I think podcast is more better because we can listen every news from Nepal. In video and others we can only get the highlighted events only.
More Information, More Satisfaction
Comment by dip — October 31, 2005 @ 11:22 pm