November 30, 2005

कसले चलाइरहेको छ प्रशासन ?

प्रजिअलाई आफ्नै कार्यालयले निकालेको सूचनाका बारेमा थाहा रहेनछ

२०६२ मंसिर १५ बुधबार

आज एउटा गजबको समाचार सुन्न पाइयो। अजब नेपालमा गजब समाचार बारम्बार सुन्न पाइन्छ। कुरा के भने एमालेले मंसिर १७ गते शुक्रबार गर्न लागेको जनसभालाई बिथोल्न हिजो सरकारी समाचार समिति राससबाट उसले जुलुस र सभा गर्न लागेका ठाउँहरुमा निषेधित क्षेत्र घोषणा गरेको उल्लेख थियो। जिल्ला प्रशासन कार्यालयका नामबाट जारी उक्त सूचनाका बारेमा प्रमुख जिल्ला अधिकारीलाई नै थाहा रहेनछ। क्या अचम्म बा ! हैन, नेपालमा प्रशासन कसले चलाइरहेछ ? प्रजिअलाई आफ्नै कार्यालयबाट निस्केको सूचनाका बारेमा थाहा नहुने गरी ….! बाँकी (more…)

सर्वोच्च आज जनताको पक्षमा, भोलि नि ?

२०६२ मंसिर १५ बुधबार

सर्वोच्चको फैसलाको पूर्ण विवरण हेर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला।

सर्वोच्चले आज एउटा फैसला गर्दै एफएममा समाचार नरोक्न सरकारलाई अन्तरिम आदेश जारी गर्‍यो। निश्चय नै यो जनताको पक्षको फैसला हो। यसले न्यायालयमाथिको जनताको गुम्ने खतरामा रहेको विश्वास केही हदसम्म भए पनि आर्जन भएको छ। तर यो फैसलापछि एफएमहरुमा समाचार बज्न थाल्लान् त ? सरकार एकोहोरो एफएममाथि खनिएको देख्दा उसले फेरि केही न केही गर्ने देखिन्छ। व्यापार गर्न खोज्ने व्यापारीहरुको लगानी रहेको एफएमले फेरि समाचार बजाउलान् त ? फेरि रोक्नु पर्ने भए किन बजाउँथे उनीहरु ? सर्वोच्चको आजको फैसला हेर्दा मलाई लाग्यो- सर्वोच्चको फैसला न्यायको आधारमा हैन, न्यायाधीश हेरेर हुने रहेछ। बाँकी (more…)

भिडियो ब्लगः सगरमाथाको समर्थनमा

रेडियो सगरमाथामा भएको सरकारी आक्रमणका विरुध्द भएको र्‍याली, नाराबाजी र सभाका दृश्यहरु यो भिडियो ब्लगमा समेटिएको छ। यसलाई हेर्न यहाँ क्लिक गर्नुस्। राइट क्लिक गरी सेभ टार्गेट एज गरेर हेर्नु भए हुन्छ। [10 mb, wmv format, + 5 minutes]

November 29, 2005

रेडियो सगरमाथा बज्न थाल्यो, बीबीसी फेरि रोक्न आदेश

२०६२ मंसिर १४ मंगलबार
सरकारले रेडियो सगरमाथालाई अर्को आदेश नभएसम्म प्रसारण रोक्का गर्न दिएको आदेश कार्यान्वयन नगर्नू-नगराउनु भनी सर्वोच्चले आज आदेश दिएपछि ४३ घण्टा ४७ मिनेट बन्द भएको एफएम १०२.४ मेगाहर्जमा समाचार प्रसारण भयो। तर फेरि सरकारले अर्को पत्र बीबीसी चाहिँ प्रसारण नगरेस् भनेर थमाएछ। त्यसकारण बीबीसी नेपाली सेवाको रिले भने आज भएन। रेडियो सगरमाथाको वक्तव्य र अघिल्लो दिन अर्थात् सोमबार भएको विरोध प्रदर्शनका फोटोहरु हेर्न भित्र आउनुहोला। बाँकी (more…)

November 28, 2005

के छ प्रचण्डको अन्तर्वार्तामा ?

बीबीसी नेपालीको वेबसाइट पनि “ब्लक”

नेकपा माअ‍ोवादीका अध्यक्ष प्रचण्डको अन्तर्वार्तालाई बीबीसी नेपाली सेवाले आइतबार प्रसारण गरेको थियो। प्रचण्डले रेडियोलाई दिएको यो पहिलो अन्तर्वार्ता हो। यसअघि प्रचण्डको आवाजमा एउटा विज्ञप्ति भने जारी भइसकेको थियो। त्यसलाई मैले बीबीसीमा नै सुनेको हुँ। प्रचण्डको अन्तर्वार्ताका बारेमा काठमाडौंमा खुब चर्चा थियो- आज राति बीबीसीमा आउँछ है भनेर। तर ठीक त्यही समयमा सरकारले बीबीसीको प्रसारण रिले गर्ने रेडियो सगरमाथाको प्रसारणलाई नै रोक्का गर्ने पूर्जी दियो र सामान र पत्रकारहरुलाई उठाएर लग्यो। बीबीसीमा प्रसारण भएको अन्तर्वार्तालाई मैले सुनेर टाइप गरी लिखित रुप दिएको छु। त्यसलाई हेर्न भित्र आउनुहोला। अन्तर्वार्ता सुन्नलाई भने यहाँ जानुस्। अहो, यो टाइप गरी सकेर लिंकका लागि इन्टरनेटमा बीबीसीको साइट हेर्छु त त्यहाँ पनि शाही सरकारको कृपा परिसकेको जस्तो रहेछ। एक्सेस डिनाइड आउँछ बीबीसी नेपालीको पेजमा। अरु ब्लक गरिएका साइटमा पनि यस्तै आउने गर्छन्। विदेशमा भने मजाले खुलिरहेको रहेछ साइट। सरकारले काठमाडौंबाहिरका सात एफएम स्टेसनहरुलाई पनि बीबीसीको त्यो अन्तर्वार्ता प्रसारण गर्नबाट रोकेको थियो रे। अनि बीबीसी विश्व सेवाको अलग्गै १०३ एफएम पनि बन्द गरिएछ। (more…)

November 27, 2005

सरकारको तानाशाही चरित्र, रेडियो सगरमाथाको प्रसारण बन्द

Filed under: Breaking News

२०६२ मंसिर १२, आइतबार
अपडेट ३ हिरासतमा रहेका पत्रकारहरुलाई तुरुन्त रिहा गर्नु पर्ने माग राख्दै मंसिरको जाडोमा मध्यरातमा सयभन्दा बढी पत्रकार र मानवअधिकारवादीहरुको समूहले जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गरिरहेका छन्। हिरासतमा रहेका पत्रकारहरुलाई भेट्न दिइएको छैन। त्यहाँ कुनै नेताहरु भने हालसम्म देखिएका छैनन् रे। (1130pm)
अपडेट २ पक्राउमा परेका पाँच जनामध्ये एक जना पत्रकार दुर्गा कार्कीलाई छाडिएको छ। बाँकी तीन पत्रकार दीपकबाबु अर्याल, पुण्य भण्डारी, दीपकराज पाण्डे र एक जना टेक्निसियन राजेन्द्र रिजाल अझै जिल्ला प्रहरी कार्यालय, ललितपुरमा नै हिरासतमा रहेका छन्। (1030pm)
अपडेट १ रेडियो सगरमाथालाई तानाशाही सरकारले बन्द गराएको छ। उक्त रेडियोलाई दिइएका दुई पत्रमा एउटामा आतंककारी र आतंकवादलाई प्रोत्साहन पुग्ने गरी कार्यक्रम प्रसारण गरेकोले अर्को आदेश नहुञ्जेल प्रसारण रोक्का गर्न आदेश दिइएको छ भने अर्कोमा प्रसारण उपकरण अनुसन्धानका लागि लग्ने व्यहोरा उल्लेख छ। (10 pm)
सरकारले फेरि एकपटक आफ्नो तानाशाही चरित्र नाङ्गो रुपमा देखाएको छ। आज रेडियो सगरमाथा १०२.४ एफएममा सुरक्षाकर्मीले कारबाही गरी प्रसारण सामाग्री सबै जफत गरेका छन् र साथमा पाँच जनालाई पनि गिरफ्तार गरिएको छ। रेडियो सगरमाथामा बीबीसी नेपाली सेवा रिले प्रसारण हुने गर्छ। आज नेकपा माअ‍ोवादीका अध्यक्ष प्रचण्डको अन्तर्वार्ता प्रसारण हुनु ठीकअघि रेडियोको प्रसारण रोकेर धुन बज्न थालेको थियो। हाल रेडियो प्रसारण पूर्ण बन्द हुन पुगेको छ। बाँकी केही बेरपछि (930 pm NST) (more…)

November 25, 2005

प्यारोडीः वरिपरि, जर्नेल कर्णेल

प्यारोडी र तस्वीर सौजन्यः उही कुमार लामा (२३ नोभेम्बर २००५)
संकलनः मालदाइ, स्वरः मालदाइ र माइलीभाउजू, दमाहाः डिस्को विक्रम, झ्याम्टाः बुहारी विक्रम, नरसिङ्गाः पा(बा)स्टर चुलसी गिरी, सनाईः इसारानुसार जंगिने थापा। सधन्यवाद शंभुजित बासकोटा र देविका प्रधान (साथीभाइ जर्नेल कर्नेल सुन माया गार्खाली पल्टनमा)

मालदाइः
वरिपरि, जर्नेल कर्णेल
हे सुन माइली नारायणहिटी दरबारमा (more…)

च्याने अपडेटः फेरि पनि झुलाए पैसाको लागि

२०६२ मंसिर ५, आइतबार
केही दिनदेखि केही गर्नै मन लागेको छैन र झन्-झन् निराशावादी सोचले मनमा डेरा जमाउँदैछ। यस्तो अवस्थामा दिमागमा केही नभएकोले ब्लग पनि लेख्न विषय पाइरहेको छैन। आज भूतपूर्व अफिस च्यानल नेपालमा आफैले गरेको कामको पैसा लिन गएको थिएँ। यो आफ्नो बाँकी पारिश्रमिक लिने काम पनि अदालतमा तारिख धाउने काम जस्तो भएको छ। अवकाश दिइसकेपछि बाँकी रकम एकमुष्ट दिनुपर्ने हो तर हाम्रो त कतै नभएको चलन ! दुई हप्तामा एक चोटी पैसा दिने रे त्यही पनि ५ हजारमात्र। यो हिसाबले त मेरो बाँकी 66 हजार चानचुन उठाउन त महिनौं लाग्ने भयो….। त्यही ५ हजार भए पनि पाएको भए सभागृहमा भइरहेको पुस्तक प्रदर्शनीबाट केही पुस्तक किनी आनन्दले पढ्ने विचार थियो। तर त्यति पैसा पनि बाँड्दाबाँड्दै सकियो रे…! के भन्ने, के नभन्ने ? रित्तै फर्किनु पर्‍यो। च्यानल नेपालले अवकाश दिएको एक महिना नाघिसकेको छ। यी दिनहरु कसरी बिताएँ भनीसाध्य छैन। निकै गार्‍हो हुँदो रहेछ खाली समय बिताउन। साँझतिर च्याटमा भेटिएका एक साथीलाई मैले आफ्नो बारेमा बताएँ र लौ न यसको बारेमा एउटा डकुमेन्ट्री बनाउ भनेर जिस्किएँ। तर उ त गम्भीर पो भयो। अरु नेपाली पत्रकारहरुको दयनीय स्थितिलाई पनि समेटेर एउटा डकुमेन्ट्री बनाउने इच्छा मेरा ती पत्रकार साथीले देखाए। (more…)

November 18, 2005

दिल्ली बैठकमा राजाको प्रस्ताव अस्वीकृत

२०६२ मं‍सिर ३ शुक्रबार

दिल्ली बैठकको कुराले काठमाडौंको राजनीति एकाएक तातेको छ। जनतालाई अन्धकारमा राखेर छिमेकी देश भारतको राजधानीमा नेपालका सबै पार्टीका नेता र विदेशी कूटनीतिक नियोगका पदाधिकारीहरुको समेत संलग्नतामा भइरहेको सर्वपक्षीय वार्तामा राजाका समेत प्रतिनिधि रहेका छन् रे। राजाले प्रभाकर शमशेर राणालाई आफ्नो प्रतिनिधि बनाएर त्यता पठाएको भन्ने सुनिएको छ। अब तपाईँ भन्नुहोला, डिस्को कान्डमा आफ्ना छोरालाई मरणासन्न हुने गरी कुटिएपछि राजा र प्रभाकर शमशेरको सम्बन्ध बिग्रिएको हैन र ? हो पक्कै हो, तर पछिल्ला दिनमा राजा आफै प्रभाकर शमशेरको घरमा गएर सम्बन्ध सुधारिसकेको कुरा पनि हामीले पत्रपत्रिकामा पढेकै हौं। (more…)

November 17, 2005

राजा नआउँदै राजाको साइटमा सुधार

…तर अझै गल्तीहरुको भरमार कायमै
२०६२ मंसिर २, बिहीबार
हिजो राजाको साइटको बिजोग ! शीर्षकमा लेखिएको ब्लगपछि आज हत्त न पत्त राजाको साइटमा सुधार गरिएछ। जे होस्, मेरो संसारमा प्रकाशित कुरालाई पनि सम्बन्धित निकायले हेरेर त्यस अनुसार कार्य गर्दो रहेछ। यसका लागि धन्यवाद दिनुपर्छ उनीहरुलाई। यसअघि पनि सरकारको साइटमा राजाको बारेमा केही नलेखिएको भन्दै ब्लग गरेपछि तत्काल त्यसमा सुधार गरिएको थियो। त्यतिबेला भने दुई दिन लागेको थियो मेरो संसारको असर पर्न। यसपालि भने आजको भोलि नै सुधार भएछ। सुधार त गरिएछ तर मेरो संसारमा जुन-जुन कुरामा गल्ती देखाइएको हो, त्यहीमा मात्र सुधार गरिएछ। बाँकी कयौँ गल्ती भने अझै पनि जस्ताको तस्तै छ। (more…)

November 16, 2005

भएभरका सबै दिल्लीमा, आखिर के हुँदैछ त्यहाँ ?

२०६२ मंसिर १, बुधबार
२००७ सालको क्रान्तिका निर्णायक क्षणहरु नेपालका सहर र पहाडमा हैन, दिल्लीको टेबलमा लडिएको थियो रे। अब अहिलेको लोकतान्त्रिक आन्दोलनको नियति पनि त्यस्तै हुने लक्षण देखिँदैछ। दिल्लीबाट फर्किएको एक हप्ता पनि नबित्दै नेकपा एमालेका महासचिव माधवकुमार नेपाल आज फेरि दिल्ली पुग्नुभएको छ। उहाँसितै एमालेका अर्का नेता केपी शर्मा अ‍ोली पनि हुनुहुन्छ। काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला त त्यहाँ छँदै थिए, संयुक्त जनमोर्चाका अमिक शेरचन, नेपाल सदभावना पार्टीका महासचिव हृदयेश त्रिपाठी, नेकपा एकता केन्द्रका प्रकाश पनि दिल्लीमा नै हुनुहुन्छ। अनि त्यतिमात्र हो र, अमेरिकी राजदूत जेम्स एफ मोरिआर्टी र भारतीय राजदूत शिवशंकर मुखर्जी पनि कहाँ हुनुहुन्छ त ? दिल्लीमा नै। आखिर दिल्लीमा के हुँदैछ त ? बाँकी (more…)

एक भोटको एक डलर रे

विश्व सुन्दरीको मौसम छ अहिले। हाम्री सुगरिका पनि चीनमा छिन् अहिले। यसपटक पनि मिस वर्ल्ड प्रतियोगितामा दर्शकको मताधिकार सुरक्षित छ रे भन्ने सुनेपछि लौ न त नराम्री भए पनि हाम्री सुगरिकालाई भोट दिइहालौं न त भनी भोट हाल्ने साइटमा गएँ। एक जनालाई हैन, दुई जनालाई हाल्नुपर्ने रे। अर्को आफूलाई मन पर्ने जसलाई हाले पनि हुने रे। आफूलाई त थाइल्यान्डकी राम्री लाग्छ, उसैलाई चुनेँ। तर हामी जस्ताले के खाएर भोट दिन पाउनु नि ! एक भोटको एक डलर तिर्नुपर्ने रहेछ गाँठे। (more…)

राजाको साइटको बिजोग !

हेर्दै लाजलाग्दा गल्तीहरुको भरमार
२०६२ मंसिर १, बुधबार
राजा सूचना सम्मेलनमा भाग लिन सात समुद्र पारको ट्युनिसिया पुगेका छन्। तर यता आफ्नै देशमा उनको आधिकारिक वेबसाइटको भने बिजोग छ। ट्युनिसियाको सम्मेलनलाई इन्टरनेट सम्मेलन पनि भनिएको छ। शायद त्यताबाट फर्केपछि हेर्दै लाजलाग्दो गल्तीहरुको भरमार भएको आफ्नो साइटको सुधार गर्छन् कि उनले ? बाँकी (more…)

November 15, 2005

भिडियो ब्लगः लोकतान्त्रिक गजल

मेरो संसार अब मात्र मेरो संसार रहेन। अब यो तपाईँ हामी सबैको साझा संसार भएको छ। यसै क्रममा आज मेरो इमेलमा एउटा लोकतान्त्रिक गजल आइपुगेको छ। पहिलो पटक मलाई पाठकबाट भिडियो ब्लग प्राप्त भएको हो। हेरेँ र सुनेँ, डा. दीपक खड्काले नोभेम्बर ६ तारिखमा न्युयोर्कमा मानवअधिकारकर्मी कृष्ण पहाडीको आतिथ्यमा भएको नागरिक सभामा वाचन गर्नुभएको गजल रहेछ। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्। गजल पढ्न चाहनुहुन्छ र डाउनलोड नगरी सीधै भिडियो हेर्न चाहनुहुन्छ भने भित्र आउनुहोला। (more…)

भिडियो ब्लगः कोही छ प्रधानमन्त्री बन्ने ?

२०६२ कात्तिक २९ मंगलबार
अर्जुन पराजुलीको नाम यो ब्लगका पाठकहरुका लागि अब नौलो नाम नभइसक्यो। उनका कविता, मात्र कविता हैनन्, त्यसमा शब्दको गोली हुन्छ, जसले निरंकुशतालाई निरन्तर प्रहार गर्छ। वास्तवमा मेरो संसारका अडियो भिडियो सामाग्रीमा सबैभन्दा बढी लोकप्रिय उनकै कविता भएका छन्। कीर्तिपुरको नागरिक सभामा वाचन गरिएको यो कविता हालसम्म सबैभन्दा बढी ५ हजार ७१ पटक सुनिएको छ। उनै अर्जुन पराजुलीले आइतबार नयाँ बानेश्वरको लोकतन्त्र चोकमा वाचन गरेको कविताको भिडियो ब्लग यहाँहरु समक्ष प्रस्तुत गर्दैछु। यसलाई हेर्न यहाँ क्लिक गर्नुस्।
भिडियो हेर्न नसक्नेहरुका लागि दुईवटा कविता भित्र राखेको छु। बाँकी (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.