November 1, 2005

‘मेरो संसार’को धन्यवाद मेमोरी कार्ड प्रेषकलाई

२०६२ कात्तिक १५ मंगलबार
मैले आफ्नो क्यामेराको लागि मेमोरी कार्ड सहयोग स्वरुप पाएको छु- यो खुसीको खबर तपाईँहरुलाई पहिले नै सुनाउनु पर्ने हो। तर बीचमा जागिर खुस्केपछिको उथलपुथल मनस्थितिका कारण अधुरै रह्यो। त्यसमाथि मलाई जसले हुलाकमार्फत् कार्ड पठाउनुभएको थियो, उहाँले आफ्नो परिचय दिन चाहनुभएन। “ब्लगको एक शुभचिन्तक र नेपालमा एक सफल लोकतन्त्र देख्न आतुर प्रवासी नेपालीको रुपमा मेरो परिचय सिमित गर्नुहोला” उहाँले यसो भन्नुभयो। विगत केही दिनमा मैले गर्न सकेका लामो अवधिका भिडियो ब्लग त्यही कार्डका कारण संभव भएको हो।

यो कार्ड सहयोगस्वरुप प्राप्त भएका कारण म धेरै खुसी छु। मेरो ब्लग सहभागितामूलक पत्रकारितातर्फ अग्रसर भइरहेको प्रमाण हो। सहभागितामूलक पत्रकारिता अर्थात् पाठक वा दर्शक सहभागी हुन पाउने। दोहोरो संवाद, सहयोग हुने। मेरो संसार कुनै व्यापारीको पैसामा चलेको पत्रिका वा सञ्चार माध्यम हैन। यो व्यक्तिगत प्रयासमा पाठकलाई सूचना र मनोरञ्जनका साथ आफ्ना व्यक्तिगत भावना साट्न बनाइएको मञ्च हो। त्यसैले यसलाई पाठकको सहयोगको सदा खाँचो रहन्छ। मलाई थाहा छ, मेरो संसारले छोटो समयमा पाएको लोकप्रियता देखेर इर्ष्या गर्नेहरु धेरै छन्। कतिले कमेन्टमार्फत् त्यसलाई पोखेका छन्। कति कमेन्ट त राख्नै नमिल्ने गरी गालीले भरिएका हुन्छन्। ममाथि व्यक्तिगत आक्रमण हुने ईमेलहरु लगातार आइरहेका छन्। यो सहयोगको कुरा सार्वजनिक भएपछि त्यस्तो क्रम अझ बढ्ने मैले अनुमान लगाएको छु। तर म त्यतिबेलासम्म विचलित हुन्न, जबसम्म मलाई पाठकहरुले साथ दिनुहुनेछ। मलाई त्यतिबेला सन्तोष लाग्छ जब मलाई कमेन्टमार्फत् लगाइएका आरोपको जवाफ पाठकले कमेन्टबाट नै दिन्छन्।


हुलाकबाट यो खाम पाउँदा मैले अनुमान गरेको थिइनँ यसभित्र के छ भनी। खोलेर हेर्दा पो मेमोरी कार्ड रहेछ। म निकै खुसी भएको थिएँ त्यो दिन।

कार्डका साथमा मलाई पेपालबाट ७० अमेरिकी डलर पनि प्राप्त भएको छ जुन मैले अहिलेसम्म क्यास गरेको छैन। साथमा क्यानेडियन डलर २० र नेपाली रुपैया १००० पनि प्राप्त भएको छ। सहयोग गर्ने सबैलाई म धन्यवाद दिन चाहन्छु। कतिले मलाई सहयोग पठाउँछु भनेर झुक्याए पनि। एक पाठकले बैंकमा गतिलै परिमाणको सहयोग पठाइदिएको छु भनी गलत सूचना दिँदा कति दिन म दिनहुँ बैंक धाउन पुगेको थिएँ। तर अस्तिको दिन एक महिनापछि बैंकमा जाँदा पनि त्यो सहयोग नआइपुगेकोले मलाई राम्रैसँग झुक्याइएको चाल पाएँ।

कार्डको आवश्यकता पूरा भएकोले मैले कार्ड पाएको दिनदेखि नै मेमोरी कार्ड किन्न सहयोग गर्नुस् भन्ने विज्ञापन ब्लगबाट हटाएको थिएँ। ऐच्छिक सहयोग भने म अझै पनि स्वीकार्ने विचारमा छु। किनभने तपाईँहरुलाई थाहा छँदैछ, ब्लग चलाउने काम एउटा खर्चिलो र समय खाने काम हो। पडकास्टिङ सुरु गरेदेखि त बिहानको चार बजे सुत्ने दैनिकी जस्तै भइसकेको छ। आजभोलि जागिर नभएकोले बिहान सबेरै उठ्नु पर्दैन, त्यसैले पनि ढिला उठेर केही फरक पर्दैन। इन्टरनेटको खर्च उत्तिकै लाग्छ। भिडियो ब्लग र पडकास्ट अपलोड गर्न र बनाउन निकै समय खर्च हुने गर्छ। हाल मैले आफ्ना सम्पूर्ण कार्य निःशुल्क होस्टिङ स्थलमा गरिरहेको छु। कम्तीमा ब्लग एउटालाई भने निजी होस्टिङमा सार्ने मेरो भविष्यको योजना रहेको छ।

तर मलाई आर्थिक सहयोग गर्ने काम ऐच्छिक हुनेछ। तपाईँहरुले ब्लग पढेर नेपालमा लोकतन्त्र र शान्तिका लागि आफ्नो समर्थनमात्र जनाउनु पनि मेरो संसार र नेपालका लागि ठूलो सहयोग हुनेछ। अलि समय हुनेहरुले लोकतन्त्रको विपक्षमा आउने कमेन्टहरुको जवाफ तर्कका साथ (गाली गलौजले हैन) गरिदिनु होला। त्यो पनि ठूलो सहयोग हुनेछ। साथमा साइटका बारेमा आफ्ना आफन्त, साथीभाइ र परिचितहरुलाई जानकारी दिएर प्रचार गरिदिनु पनि राम्रै सहयोग हुनेछ। जो आर्थिक रुपमा सक्षम हुनुहुन्छ र जसलाई मेरो ब्लगले प्रभावित पारेको छ, तीसँग मात्र ऐच्छिक सहयोगको आशा मैले राखेको हुँ। यस्तो सहयोगले मेरो जाँगर र जोशलाई पनि कायम राख्नेछ।

इतिहासको सबैभन्दा कठिन घडीमा गुज्रिरहेको छ हाल नेपाल। तिहारपछि दलहरुले आन्दोलन चर्काउने भनेका छन्। पक्कै पनि केही हुनेछ नेपाल र काठमाडौंमा, जसका बारेमा म आफ्नो शब्द, फोटो र भिडियोबाट तपाईँहरुलाई सुसूचित पार्ने काम जारी राख्ने नै छु।

अन्त्यमा म चाहन्छु तपाईँ पाठकहरुले पनि मेरो संसारका लागि मेमोरी कार्ड पठाई सहयोग गरिदिनु हुने ती अपरिचित व्यक्तिलाई धन्यवादका केही शब्द लेखिदिनुस्। किनभने यो कार्डको फाइदा अडियो र भिडियो ब्लगका रुपमा तपाईँहरुले पनि उपभोग गर्दै हुनुहुन्छ।

17 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/11/01/memory-card/trackback/

  1. badhai chha tapai lai ra dhanyabad chha memory card senderlai , yasai gari bloger haru ko sath dine garum hami sabai le kinaki true news and report blogerule diya jati aru kunai news paper and online newspaper le dine himmat gardainan .

    Comment by chahal sayapatri — November 1, 2005 @ 4:32 am

  2. मेरो तर्फबाट उमेशजी र मेमोरी कार्ड पठाउनुहुनि मित्रलाइ आ-आफ्नो योगदानको लागी धन्यबाद ।

    Comment by नेपालियन — November 1, 2005 @ 4:34 am

  3. since many days, I feel like that you can not manage yoru memory card, because of lack of fund and no enough fund collection. But, became happy to see even the photograph of memory card.
    Thank to him who sent the card, due to him, we are getting opportunity to know more about Nepal both through the oral and written form.
    Umesh jee, you already laid the foundation and keep on doing good. we all the visitors of this website are with you, to suppport you morally, and financially those who can.
    all the best for your effort.

    Comment by Man Bahadur, South Korea — November 1, 2005 @ 4:48 am

  4. I hope you didn’t mind when I said you have a slight bit of “Newari Accent”. I am just being factual. But I do not see a problem, you have a Newari accent because you are a Newar. Please don’t take it otherwise. I am convinced that you are one talented dude and you will succeed in the long term. I hope there comes a day when people will be excited to pay for your service and you could run a news website by yourself. Great job, and thanks to the guy who sent you the card. I am encouraged to help you as well, but not right now, I am inbetween jobs.

    Comment by LA — November 1, 2005 @ 8:56 am

  5. उमेशजी,
    हजुरले, अन्य नेपाली शुभचिन्तक मित्रहरुबाट आर्थीक तथा कार्ड सहयोग पाउनुभएको खबर सुनेर आफैलाई निकै गौरबका साथै खुशी लागेको छ । अन्यहरुले व्यक्तिगत गाली दिएता पनि हजुलाई “हिरा” भनेर चिन्ने व्यक्ति पनि पक्कै महानै हुनु पर्छ । यसै मार्फत् तपाईको मेमोरीकार्ड दाता मित्र तथा शुभ चिन्तकलाई भित्रि आत्मादेखि धन्यबादका साथै दिपावलिको र नयाँ वर्षने.सं. ११२६ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । थेच्वमि

    Comment by Nilan — November 1, 2005 @ 9:44 am

  6. oh LA man! newar le boleko nepali chahi nepali hoina? Nepali boleko bujhe pugena? Usko accent cha bhanera uslai thaha chaina? Chaine kura garnu ni. LA ma dindinai kuire haru le timro Nepali accent cha bhandai aauchan ki kya ho?

    Comment by ke ho — November 1, 2005 @ 10:08 am

  7. मेरो तर्फबाट उमेशजी र मेमोरी कार्ड पठाउनुहुनि मित्रलाइ आ-आफ्नो योगदानको लागी धन्यबाद ।

    Comment by biraj — November 1, 2005 @ 2:19 pm

  8. i would to thanking to this unknown person who send you a Memory Cards.
    Such helps will be great for you Umesh Dai to continue your Blog Site.

    Comment by surendra — November 1, 2005 @ 2:38 pm

  9. धन्यवाद साथीहरु
    जसले मेरो संसारलाई एउटा गति दिन मेमोरी कार्डको लागि सहयोगर्नुभयो । वास्तवमा जो जसबाट जस्तो किसिमको सहयोग हुनसक्छ त्यो मेरो संसारले पाउने नै छ किनकी मेरो संसार वास्तवमा हाम्रो संसार भएको छ विशेषतः प्रवासी नेपालीहरुको लागि ।
    अन्तमा मेमोरी कार्ड पठाउनु हुने तथा मेमोरी कार्डको खरिदको लागि जसजसले सहयो गको हातहरु वढाउनु भयो । निकै सह्रानिय भन्ने मैले महसुस गरेको छु ।
    हालसम्म मबाट त्यस्तो कुनै आर्थिक सहयोग हुन नसके पनि मेरो संसारलाई पढेर दुइचार शब्दरुपी कमेन्टहरु कोरेरै भएपनि सहयोग गर्ने छु भन्ने लागेको छ ।
    धन्यवाद
    चिज

    Comment by chij — November 1, 2005 @ 3:55 pm

  10. Dear Umesh,
    I am very happy to hear that finally a well wisher provided you a memory card. I am not in position to help you financially right now but I have a full wishes for you to success in your life and prosperity. I would also like to thanks the unknown well wisher who provided you memory card. Happy Dipawali.

    Comment by Bibek — November 1, 2005 @ 6:48 pm

  11. thanks who ever you i’ll thanks lot2

    Comment by dasharath — November 1, 2005 @ 7:36 pm

  12. umesh ji tapai ko yogdan ra tyo memori card pathaune sathi lai muri muri danyabad ra tapai ko saphalata ko kamana gardachhu

    Comment by rajendra prasad nyaupane — November 2, 2005 @ 12:29 am

  13. thank u umesh jee ra unknown mittra ani jati sakdo help garna sathi lai . te unknowan mittra mahan chan dharai dharai dhanabad un lai . maila hal sammma kahi help garna sakina tara mero tarfa batta help jari nai ra hana cghha .

    Comment by saurav — November 2, 2005 @ 4:42 am

  14. Umesh jee lai memory card pathaidenu manchhe dhandaya badh ko patra hununchha . yadi uha le aafni parichaya pani daiya ma hami aajaa ko samaya ko testo gatilo manchhe ko name ta sunna aputheau ki so plz umesh jee lai tapain ko introcuction deaiyera hami lai ramalilo banaiudenu hola.

    Comment by Samar — November 2, 2005 @ 7:24 pm

  15. Umeshji ,

    tapai ko podcast ko lagi .. server space ko bandobasta garna kehi garna sakchu jasto lagi ra cha .. Pliz do mail me abt regarding the podcating ..

    Comment by Shailendra shrestha — November 12, 2005 @ 12:21 pm

  16. thank you for the man who provide you the memory card and best of luck for comming days.

    Comment by santosh paudel — January 16, 2006 @ 2:21 am

  17. umesh ji thank you for your effort of providing latest news from nepal. We always read and listen your website. It is popular website in uk. Buddhi Sagar Ghimire PhD student RGU Scotland

    Comment by Buddhi Sagar Ghimire — January 17, 2006 @ 6:02 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.