नेपाली पडकास्ट परीक्षण प्रसारण VIII
२०६२ कात्तिक १५, मंगलबार
पडकास्टको आठौं परीक्षण अंक डाउनलोड नगरी सुन्नका लागि यहाँ क्लिक गर्नुहोला। डाउनलोड गरी सुन्न चाहनुहुन्छ भने यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुहोला। आजको अंकमा रमाइलो लोकतान्त्रिक देउसी र भैलोको स्वाद पनि तपाईँले चाख्न पाउनु हुनेछ।
आजका प्रमुख समाचारमा
-पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोराको अपहरण
-सञ्चार नियन्त्रण अध्यादेशका बारेमा सर्वोच्चमा छलफल टुंगिएन, अर्को सुनुवाई तिहारपछि
-आज लक्ष्मीपूजा मनाइँदै
-देउसी र भैलो लोकतान्त्रिक तरिकाले मनाइयो
-संसद् पुनर्स्थापना भए मात्र राजासित वार्ता हुने कोइरालाको अडान
र,
कम निद्राले तपाईँलाई बनाउँछ मोटो र मूर्ख
अंक 8
म्युजिक
नेपाली भाषाको पहिलो ब्लग मेरो संसारको पडकास्टको यो परीक्षण प्रसारणमा तपाईँलाई हार्दिक स्वागत।
नेपालको राजधानी काठमाडौंबाट नमस्ते गर्दैछु म उमेश।
आज नोभेम्बर १ तारिख, मंगलबार। सुरु गरौं आज पडकास्टको आठौं परीक्षण अंकका प्रमुख समाचारबाट
म्युजिक
-पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोराको अपहरण
-सञ्चार नियन्त्रण अध्यादेशका बारेमा सर्वोच्चमा छलफल टुंगिएन, अर्को सुनुवाई तिहारपछि
-आज लक्ष्मीपूजा मनाइँदै
-देउसी र भैलो लोकतान्त्रिक तरिकाले मनाइयो
-संसद् पुनर्स्थापना भए मात्र राजासित वार्ता हुने कोइरालाको अडान
र,
कम निद्राले तपाईँलाई बनाउँछ मोटो र मूर्ख
पूरा समाचार एकै छिनको ब्रेकपछि
ब्रेक
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा अरुण चन्द अपहरणमा परेका छन्। माअोवादीहरुले उनलाई अपहरण गरिएको भनिए पनि माअोवादीहरुबाट त्यसको पुष्टि र खण्डन दुवै भएको छैन।
राष्ट्रिय मानव अधिकार आयोगका अनुसार बासुलिङ सुगर एण्ड जनरल इण्डष्ट्रिजका कार्यकारी निर्देशक अरुण चन्दलाई कैलालीको चुहा गाविस-३ स्थित कार्यालय परिसरबाटै अपहरण गरिएको थियो।
गत बिहीबार अपहरणमा परेका चन्दको स्थिति हालसम्म थाहा हुन सकेको छैन।
सो उद्योगद्वारा सोमबार प्रकाशित प्रेस विज्ञप्तिमा आफूलाई माओवादी हौँ भन्ने सयौँको सङ्ख्यामा आएका माओवादीले कारखानाभित्र प्रवेश गरी निर्देशक चन्दलाई अपहरण गरिलगेको र हालसम्म उहाँको अवस्था अज्ञात रहेको बताइएको छ। विज्ञप्तिमा उहाँको यथाशिघ्र सकुशल रिहाईका लागि पहल माओवादी लगायत सबैलाई अपिल गरिएको छ ।
**********************
हालै जारी गरिएको सञ्चार अध्यादेशका विषयमा सर्वोच्च अदालतमा दायर गरिएको रिटमा अन्तरिम आदेश जारी गर्नु पर्ने वा नपर्ने भन्ने सम्बन्धमा सोमबार पनि बहस जारी रहयो ।
बहस गर्ने कानुन व्यवसायीहरुले रिटको अन्तिम फैसला नभएसम्मका लागि अन्तरिम आदेश जारी गर्न माग गरेका थिए। आजदेखि तिहार बिदा परेकोले यस सम्बन्धी अर्को बहस अब कात्तिक २० गते मात्र हुनेछ। त्यतिञ्जेल अन्तरिम आदेश कायम रहनेछ।
*********************
यमपञ्चकको तेस्रो दिन आज साँझ अधिराज्यभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिँदैछ ।
बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झयाल, ढोका, कौसी, अटाली, भर्याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ ।
लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटाले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।
गृहिणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चर्ढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन् ।
लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ ।
लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने लोकोक्ति छ ।
आज साँझ केटीहरू समूह बनाई घरघरमा भैलो खेल्न हिँड्छन् । यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ ।
************************
तिहारका बेलामा गाइने परम्परागत देउसी र भैलो त तपाइँहरुले सुन्नुभएकै होला। तर अहिले राजधानीमा भने देउसी र भैलो पनि लोकतान्त्रिक तरिकाले मनाइँदैछ।
बाइट दूरबीन
यो लोकतान्त्रिक देउसी र भैलोले सरकार, नेता कसैलाई बाँकी राख्दैन, सबैलाई व्यङग्यवाणले प्रहार गर्छ।
बाइट दौरा सुरुवाल
सोमबार नेपाल बार एसोसिएसन र गुरुकुलमा यस्तो देउसी भैलो खेलियो। बार एसोसिएसनको प्राङ्गणमा खेलिएको देउसीमा प्रधानन्यायाधीश र सर्वोच्चका अरु न्यायाधीशहरुको उपस्थिति थियो।
द्वन्द्वमा फँसेको देशमा शान्तिको कामना पनि किन नहोस् त
बाइट शान्ति
सिस्नुपानी नेपालको आयोजनामा भएको लोकतान्त्रिक देउसीको आशिष पनि लर्तरो हैन, अस्पतालको छानो नझरोस्, तक्माले निम्तो नगरोस् र गोरखापत्र पढ्न नपरोस् जस्ता हुन्छन्
बाइट आशिष
***********************
नेपाली काँग्रेसका उपसभापति सुशील कोइरालाले माअोवादीसित सहकार्य नहुने बताउनु भएको छ। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपसभापति कोइरालाले भन्नुभयो “जबसम्म माओवादीहरुले हत्या, हिंसा, अपहरण तथा चन्दा आतक बन्दका साथै प्रजातन्त्रप्रति प्रतिवद्धता व्यक्त गर्दैनन, तबसम्म उनीहरुसँग सहकार्य हुन सक्दैन ।”
राजासित संवादका लागि संसद पुनर्स्थापना नै पहिलो शर्त रहेको उहाँको कथन थियो।
बाइट
*************************
k[YjL /fhdfu{df kg]{ yfq]m uflj;–# l:yt gf}lsnf] eGg] 7fpFdf uP/flt Pp6f a; b’3{6gf x’Fbf !! ofq’ 3fOt] ePsf 5g\ .
k|x/Lsf cg’;f/ kf]v/faf6 sf7df8f}Ftkm{ uO/x]sf] u ! v !&)^ g+=sf] a; ;8saf6 %) ld6/ tn dx]z vf]nfdf v;]sf] lyof] .
3fOt]x¿dWo] 5hgfsf] jL/ c:ktfndf pkrf/ eO/x]sf] / To;dWo] rf/hgfsf] cj:yf uDeL/ /x]sf] atfOPsf] 5 .
********************
जाँदाजाँदै जर्मन वैज्ञानिकले पत्ता लगाएको यो तथ्य
तपाईँ राति कति घण्टा सुत्नुहुन्छ ? यदि तपाईँको निद्रा पुगेको छैन भने त्यसले तपाईँलाई मोटो, मूर्ख र अस्वस्थ बनाउँछ।
यो निश्कर्ष निकालेका हुन् निद्राका सम्बन्धमा अनुसन्धान गरिरहेका जर्मन प्रोफेसर जर्गेन जुलेको। उनका अनुसार निद्रा नपुगेपछि स्मरण शक्तिमा असर पर्ने भएर मूर्ख भइन्छ, मुट, पेट र रक्तप्रणालीमा असर पर्ने भएको अस्वस्थ भइन्छ र निद्रा नपुग्दा भोक धेरै लाग्ने भएकोले बढी खाएर मोटाइन्छ।
उनका अनुसार स्वस्थ हुन राति सात घण्टा निदाउन जरुरी छ।
लौ त अब म पनि निदाउनु पर्यो नभए म पनि मूर्ख बन्नेछु।
*****************
समाचार सकियो
आजको पडकास्ट कस्तो लाग्यो ? पडकास्टका बारेमा र पडकास्टमा रहेका समाचार सामाग्रीको बारेमा आफ्नो प्रतिक्रिया पनि लेख्न नभूल्नुहोला। भोलि फेरि अर्को पडकास्टका साथ हाजिर हुने नै छु । अहिलेलाई विदा
——————————————————————————


Umesh bro,
News ta dami chha… ta ra … background music ta atti bho k kan nai khane!!!!!! Ki aafno volume thulo garnu paryo ki music low garnu paryo.
La ta bro
bye
brother
Comment by brother — November 1, 2005 @ 2:45 am
Bro,
Ali background music low garne ho ki…, afno volume badhaune ho…., yeuta ta garnai parchha????
Bro
Comment by bro — November 1, 2005 @ 2:52 am
hello umesh ji mathi bro le bhane ko kura sahi jasto lagyo. Background lai ali kaam gare samachar suna sajilo hune thiyo.
Comment by santu — November 1, 2005 @ 4:34 am
HO HO br0 ko kura maa ma pani sahamat chhu !!!!!!!!!!
Comment by prakas — November 1, 2005 @ 9:39 am
thik chha bro
gajab chha yaar!
Comment by Ram naam — November 1, 2005 @ 1:08 pm