November 2, 2005

“भिंतुनाया सः ज्वनाः झी नेपाःमि वयाच्वना”

२०६२ कात्तिक १६ बुधबार

“भिंतुनाया सः ज्वना, झी नेपाःमि वयाच्वना” अर्थात् शुभकामनाका सन्देश बोकी हामी नेपाली आयौं। यस्तै नारा घन्किएको थियो आज बिहान काठमाडौंका भित्री भागमा। नेपाल संवत् ११२६ नयाँ वर्षको अवसरमा वर्षेनी काठमाडौंमा बृहत् सांस्कृतिक र्‍याली निस्कने गर्छ। आज पनि बिहान ७ बजे बसन्तपुरबाट र्‍याली सुरु भएको थियो। र्‍यालीमा सहभागिता कति थियो भन्ने यसबाट पनि अनुमान लगाउन सकिन्छ कि बसन्तपुरबाट ७ बजे सुरु भएको जुलुस ९ बजेसम्म गएको गयै थियो। जुलुसको अग‌्रपंक्तिमा रहेकाहरु काठमाडौंका भित्री भागहरुको परिक्रमा सकाएर पुनः बसन्तपुर आइपुग्दा पछिल्लो पंक्तिमा रहेकाहरुले भर्खर बसन्तपुर छाडेका थिए।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।
(more…)

नेपाली पडकास्ट परीक्षण प्रसारण IX

[अपडेट कात्तिक १७: घाँटी दुखेको महसूस भइरहेकोले पडकास्टको परीक्षण प्रसारण केही दिनका लागि स्थगित गर्ने विचार छ]
२०६२ कात्तिक १६ बुधबार
पडकास्टको नवौं परीक्षण अंक डाउनलोड नगरी सुन्न यहाँ क्लिक गर्नुस्। डाउनलोड गर्नका लागि यहाँ क्लिक गरेर सेभ टार्गेट एज गर्नुहोला।
आजका प्रमुख समाचारमा
-आजदेखि नेपाल संवत् ११२६ नयाँ वर्ष सुरु, विभिन्न राजनीतिक दलका नेताद्वारा शुभकामना सन्देश, बसन्तपुरमा बृहत् सांस्कृतिक र्‍याली हुँदै
-पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा आफ्ना छोरालाई सकुशल मुक्त गर्न आग्रह
- लक्ष्मीपूजाको दिन भक्तपुरमा भीषण आगलागी
-आज गाईतिहार र म्हपूजा गरिँदै

राजाले आफ्नै देशको संवतमा दुई शब्द बोलेनन्

नेपाल संवत नयाँ वर्षको शुभकामना सन्देश कनिष्ठ उपाध्यक्षबाट
२०६२ कात्तिक १६ बुधबार
नेपाल संवत् ११२६ नव वर्षको उपलक्ष्यमा यस वर्ष मन्त्रिपरिषद्‍का कनिष्ठ उपाध्यक्ष कीर्तिनिधि विष्टबाट मात्र शुभकामना सन्देश आएको छ। ०४६ सालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि हरेक वर्ष प्रधानमन्त्रीबाट शुभकामना सन्देश आउने गर्थ्यो। र, यस अवसरमा बसन्तपुरमा हुने सांस्कृतिक र्‍यालीपछिको सभामा पनि प्रधानमन्त्री नै अतिथि हुने चलन थियो। यस पटक भने मन्त्रिपरिषद्‍को नेतृत्व नै राजाले गरेको स्थिति छ। तर राजाले आफ्नै देशको नाममा चलेको नेपाल संवतको अवसरमा दुई शब्द शुभकामना सन्देश दिने कष्ट गरेनन्। न वरिष्ठ उपाध्यक्ष तुलसी गिरीलाई नै त्यस्तो कष्ट गर्न मन लाग्यो। राणा प्रधानमन्त्रीका पालामा चलाइएको विक्रम संवतको नयाँ वर्षका अवसरमा भने आउने गर्छ राजाको सन्देश। यद्यपि, सँधै झैं विभिन्न राजनीतिक दलका नेताहरुले भने नेपाल संवत् ११२६ नयाँ वर्षको उपलक्ष्यमा शुभकामना सन्देशहरु दिएका छन्।

न्हूदँ अर्थात् नव वर्षको उपलक्ष्यमा मासंगल्लीमा बनाइएको मन्दः अर्थात् मण्डला। [भित्र तिहारका अरु पनि फोटोहरु] (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.