राजाले आफ्नै देशको संवतमा दुई शब्द बोलेनन्
नेपाल संवत नयाँ वर्षको शुभकामना सन्देश कनिष्ठ उपाध्यक्षबाट
२०६२ कात्तिक १६ बुधबार
नेपाल संवत् ११२६ नव वर्षको उपलक्ष्यमा यस वर्ष मन्त्रिपरिषद्का कनिष्ठ उपाध्यक्ष कीर्तिनिधि विष्टबाट मात्र शुभकामना सन्देश आएको छ। ०४६ सालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि हरेक वर्ष प्रधानमन्त्रीबाट शुभकामना सन्देश आउने गर्थ्यो। र, यस अवसरमा बसन्तपुरमा हुने सांस्कृतिक र्यालीपछिको सभामा पनि प्रधानमन्त्री नै अतिथि हुने चलन थियो। यस पटक भने मन्त्रिपरिषद्को नेतृत्व नै राजाले गरेको स्थिति छ। तर राजाले आफ्नै देशको नाममा चलेको नेपाल संवतको अवसरमा दुई शब्द शुभकामना सन्देश दिने कष्ट गरेनन्। न वरिष्ठ उपाध्यक्ष तुलसी गिरीलाई नै त्यस्तो कष्ट गर्न मन लाग्यो। राणा प्रधानमन्त्रीका पालामा चलाइएको विक्रम संवतको नयाँ वर्षका अवसरमा भने आउने गर्छ राजाको सन्देश। यद्यपि, सँधै झैं विभिन्न राजनीतिक दलका नेताहरुले भने नेपाल संवत् ११२६ नयाँ वर्षको उपलक्ष्यमा शुभकामना सन्देशहरु दिएका छन्।

न्हूदँ अर्थात् नव वर्षको उपलक्ष्यमा मासंगल्लीमा बनाइएको मन्दः अर्थात् मण्डला। [भित्र तिहारका अरु पनि फोटोहरु]
शङ्खधर साख्वाःद्वारा स्थापित नेपाल संवत् ८८८ वर्षम्म आधिकारिक संवतका रूपमा प्रचलनमा रहेकामा वि.सं.१९६० मा राज्यस्तरबाट नै यसमाथि रोक लगाइएको थियो। नेपालमा वि.सं.२००७ मा प्रजातन्त्रको उदय भएदेखि नै नेपाल संवतलाई पुनस्थापित गराउन विभिन्न प्रयास हुँदै आएको छ। तर पञ्चायत कालमा एक भाषा एक भेषको नीतिका कारण भिन्तुना र्याली निकाल्नेहरुलाई समेत दमन गरिएको थियो। नेपाल संवतलाई नेवार जातिको मात्र संवतका रुपमा मात्र सीमित पार्ने षडयन्त्र पनि त्यसैबेला चर्किएको हो। नेपाल संवत् प्रारम्भ गरेर समाज तथा राष्ट्रलाई युगान्तकारी योगदान दिएकै फलस्वरूप शङ्खधर साख्वाःलाई श्री ५ को सरकारले वि.सं.२०५५ मा राष्ट्रिय विभूति घोषित गरेको थियो ।
नेपाल संवत् ११२६ आज अधिराज्यका विभिन्न स्थानमा विविध कार्यक्रमसहित मनाइँदैछ ।

तिहार बजारमा बिक्रीका लागि राखिएको लक्ष्मीको चित्र अंकित पूजाथाली।

भाइटीकाका लागि चाहिने मसला, मिठाइ सामाग्रीको प्याक।

न्युरोडको एउटा घरमा रंगीचंगी बत्ती सजाउँदै।
विशालबजारका पसलहरुमा भने कसको पसल कति राम्रोसित सजाउने भनी प्रतिस्पर्धा जस्तै थियो। केही झलक हेर्नुस् तलः







सकल नेवा:मि पिन्त न्हू दं ११२६ या भिंतुना।
Comment by पांचु — November 2, 2005 @ 3:35 am
सकल नेवा:मि पिन्त न्हू दं ११२६ या भिंतुना।
Comment by babu — November 2, 2005 @ 3:56 am
सकल नेवा:मि पिन्त न्हू दं ११२६ या भिंतुना।
Happy New Year 1126 to all Nepalese Communities both within Nepal And Abroad…
Comment by bipinu2 — November 2, 2005 @ 4:27 am
सकल नेवा:मि पिन्त न्हू दं ११२६ या भिंतुना।
Comment by dpk — November 2, 2005 @ 9:58 am
whenever i get bored i turn to mero sansar…and i find it really refreshing and relevant. Great job !! For people like us in a different land, it is really great to see Tihaar pics !!
Comment by khem — November 2, 2005 @ 10:34 am
सकल नेवा:मि पिन्त न्हू दं ११२६ या भिंतुना।
Comment by prakas — November 2, 2005 @ 3:37 pm
नेपाल संवत् ११२६ नयाँ वर्षको उपलक्ष्यमा शुभकामना,नेपाल संवत्, सम्पूर्ण नेपालीहरुको इतिहास, सभ्यता र संस्कृतिको जीवन्त धरोहर हो।
Comment by prakas — November 2, 2005 @ 3:51 pm
Happy new year !!!
Comment by Oasis Prajapati — February 5, 2006 @ 2:45 am