भाइटीकाको दिन “नेपाली ताजमहल”
२०६२ कात्तिक १७, बिहीबार

पाल्पाको रानीमहललाई नेपाली ताजमहल भन्ने गरेको सुनेको थिएँ। तर आज रानीपोखरीमा भेटिएका एक जोडी पोखरीको बीचमा रहेको बालगोपाल मन्दिरलाई नै नेपाली ताजमहलको संज्ञा दिँदै थिए। प्रताप मल्लले आफ्नी रानीको लागि मायाले बनाएको भएर यसलाई पनि ताजमहल भने हुन्छ रे, आफ्नी प्रेमिका (शायद) सित उ तर्क गर्दै थियो। भाइटीकाको दिन वर्षको एक पटकमात्र खुल्ने यो मन्दिर सुन्दर त छ नै यही विशेषताका कारण अरुभन्दा फरक पनि छ। आज अपराह्न त्यहाँ पुगेर खिचेका विभिन्न फोटोहरुसहितको फोटो फिचर हेर्ने भए भित्र आउनुस्। भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोला। डाउनलोड गरेर हेर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्। बाँकी (more…)

