माअोवादीसित गठबन्धन नगर्न अमेरिकाको चेतावनी
[पश्चिमेली राष्ट्रहरूमा प्रजातन्त्र र कानूनी शासनले जरा गाड्न सयौं वर्ष लागेको छ। हामी चाहिँ १२ वर्षमै निराश भएर गाँजा-व्यापारी र माओवादीहरूलाई फाइदा पुर्याउने कुरा गर्ने? -गणतन्त्रवादी नेपाली नामका एक पाठकको विचारोत्तेजक कमेन्ट भित्र कमेन्ट सेक्सनमा हेर्नुहोला]
२०६२ कात्तिक १८ शुक्रबार
अमेरिकी राजदूतावासले आज एक विज्ञप्ति जारी गर्दै माअोवादीसित गठबन्धन नगर्न प्रमुख राजनीतिक दलहरुलाई चेतावनी दिएको छ। सात दल र माअोवादीबीच वार्ता भइरहेको समाचार प्रकाशमा आउँदा दूतावासको यस्तो चेतावनी आएको हो। दूतावासले नेपाली र अंग्रेजी भाषामा जारी गरेको विज्ञप्ति हेर्नका लागि भित्र आउनुहोला। बाँकी
राजदूतावासद्वारा माओवादी-दल गठबन्धन विरुद्ध सचेत रहन आग्रह
अमेरिकी राजदूतावासले एक वा बढी मुख्य राजनीतिक दल र विद्रोही माओवादी बीच अगाडि बढिरहेको “गठबन्धन” को सम्भावनाबारे हालै नेपालमा प्रकाशित प्रतिवेदनहरुलाई संत्रासपूर्वक लिएको छ।
संयुक्त राज्य अमेरिका यो उल्लेख गर्न चाहन्छ कि दलहरुले विगतमा भनेका थिए
माओवादीले जबसम्म हिंसा दृढतापूर्वक परित्याग गर्दैनन्, उनीहरुको हतियार बिसाउँदैनन् र प्रजातान्त्रिक प्रक्रियाको र्समर्थनमा वचनवद्ध हुदैनन् तबसम्म उनीहरुले माओवादीसंग कुनै औपचारिक सम्बन्ध जोडने छैनन्। गत भाद्रमा तिन महिने युद्धविरामको घोषणा गरे पनि माओवादीले दीर्घकालीन रुपमा हिंसा त्याग्न तयार रहेको संकेत दिने किसिमका कुनै कार्य गरेका छैनन् - अपहरण र रकम असुली जस्ता कार्य कुनै कमी बिना जारी छन्।
संयुक्त राज्य अमेरिका नेपालमा प्रजातन्त्रको पुनस्थापना र माओवादी सत्ता-हरणको रोकावटलाई समर्थन गर्दछ। यी उद्देश्यहरुमा पुग्ने सबैभन्दा राम्रो बाटो नेपालका वैधानिक राजनीतिक शक्तिहरु अर्थात राजा र राजनीतिक दलहरुको एकता मार्फत् हो भन्ने कुरामा अमेरिका विश्वास राख्दछ। नेपाललाई अहिलेको सकंटबाट मुक्त गर्न हामी दुबै शक्तिलाई प्रभावकारी कार्यगत सम्बन्ध पुन-स्थापना गर्न र यस देश र जनताको प्रजातान्त्रिक र शान्तिपूर्ण भविष्यको लागि कार्य गर्न आग्रह गर्दछौं।
हामी आशा गर्छौं कि माओवादी असल-नियतिका साथ सरकारसँग शान्तिवार्तामा आउने छ, हतियार त्याग गर्नेछ र राजनीतिक मूलप्रवाहमा आउने छ। यी कदमहरु नचालुन्जेल माओवादीलाई वैधानिक राजनीतिक दलको रुपमा व्यवहार गर्न सकिदैन।
News Release
American Center, Embassy of the United States
Yak & Yeti Complex (West Wing), Kathmandu. Tel: 444-5577
November 4, 2005
Embassy Warns Against Maoists-Parties “Alliance”
The U.S. Embassy notes with alarm recent reports in Nepal media on the emerging potential for an “alliance” between one or more of the major political parties and the Maoist rebels.
The United States notes that the parties in the past have said that they would not enter into any formal relationship with the Maoists, unless and until the Maoists firmly renounce violence, put down their weapons, and commit to supporting the democratic process. Despite declaring a three-month ceasefire in September, the Maoists have done nothing to indicate that they are prepared to abandon violence in the long term, and abductions and extortion continue unabated.
The United States, which supports the restoration of democracy in Nepal and the prevention of a Maoist takeover, believes the best way to reach these goals is through unity of Nepal’s legitimate political forces - the political parties and the monarchy. We urge both to re-establish an effective working relationship to lead Nepal out of its current crisis, and to work toward a democratic and peaceful future for the country and its people.
We hope that the Maoists will enter into peace negotiations with the government in good faith, abandon their weapons, and come into the political mainstream. Until these steps are taken, the Maoists cannot be treated as a legitimate political party.
******
American Center, Kathmandu
Tel: 4445577 Fax: 4435869


nepal ma santi bhayeko dekhna ta USA kahile po chaheko chha ra ….
Comment by babu — November 4, 2005 @ 8:19 pm
why they problem this is our contry
Comment by das — November 4, 2005 @ 8:59 pm
hello umesh ji yo amerika le jaba kehi ramro huna ya naramro
kehi huna khojchha yastai garchha tapaiko bichar ma kasto lagchha ta
Comment by rajendra prasad nyaupane — November 5, 2005 @ 1:11 am
१. अमेरिका हतियार बेच्न चाहन्छ। त्यो माओवादी द्वन्द जारी रहेमा मात्र संभव छ।
२. अमेरिकालाई दशथरि नेताभन्दा एउटा व्यक्तिलाई रिझाएर काम गराउन सजिलो हुन्छ। त्यसैले उसले लोकतान्त्रिक गणतन्त्रको आन्दोलनलाई भन्दा भटट विक्रमलाई सघाउँछ।
३. बिन लादेन जन्माउने त्यही अमेरिका हो। सद्दाम हुसेनलाई सन् १९८८ मा विषाक्त ग्यासयुक्त हतियार दिएर उत्तरी इराकमा कुर्दहरूको आमहत्या गराउने त्यही अमेरिका हो। पछि उसका कुरा खान छाडेपछि लादेन र हुसेनविरूद्ध लडाइँ छेँड्ने पनि त्यही अमेरिका हो। उसको बिचारमा त परवेज मुसरर्फ पनि प्रजातान्त्रिक राष्ट्रपति नै हो। अमेरिकाले तेस्रो विश्वमा प्रजातन्त्र होइन, आफ्नो बर्चस्व स्थापना गराउन चाहन्छ।
४. भटट विक्रम सीआइएको मान्छे हो भनेर आज होइन, भारतीय पूर्व प्र.म. श्रीमती इन्दिरा गान्धीले सन् १९८० को दशकको शुरूमै भनेकी थिइन्। यदि श्रीमती गान्धी गलत थिइन् भने जेठ १९ को कत्लेआम पर्व गराउन भटट विक्रमले हिम्मत गर्ने थिएन।
५. तर अब उर्लने आन्दोलनको ज्वारभाटाले भटट विक्रमलाई अमेरिका त के दैवीशक्तीले पनि बचाउन सक्ने छैन। अब हामीले गाँजा-व्यापारीहरूको दासताबाट मुक्ती पाउनुपर्छ भन्ने नेपालीहरूले सोचिसकेका छन्। तर नेताहरूको टपरे प्रवृत्तिका कारण आन्दोलनले गति समात्न समय लागिरहेको छ। धैर्य गरौं, र आफ्नो तर्फबाट सकेको सहयोग गरौं।
जय गणतन्त्र।
Comment by गणतन्त्रवादी नेपाली — November 5, 2005 @ 3:20 am
I appreicated with Gantantrabadi sathi .That is 100 Percent right but regarding to maoiest we must illiminited to them. first Maobadi then gyne. otherwise problem remain as still,,,,,,
Comment by namaste — November 5, 2005 @ 11:34 am
I totally aggree with the GANATANTRABADI NEPALI but one thing,I donot like the relation of Nepali all party leader with the INDIA.I wounder that is there any relation between NEPALI leader with india?
If that is so,I donot support these leader.Even I am confused about the relation of MAoist with india and the relation of other party specially the NEPALI COGRESS AND CPN(UML).
I would like to request My respected GANATANTRATABADI JEE to write a little about the RELATION of All nepali LEADER of CPN (MAOIST) NEPALI CONGRESS and CPN(UML) with India.
If there is no unhealthy association between these leader and india,It is ok.
I also have moral support with GANATANTRABADI but there should be no corruption.
REWATI
Comment by Rewati — November 5, 2005 @ 4:22 pm
I think this is a shot in the arm to the king and hasn’t this been timely.
Must be hurryya time in Narayanhity.
Comment by Mr. A — November 5, 2005 @ 5:22 pm
मित्रहरू,
महेन्द्रले भारतसँग असमान गण्डक संझौता गरे, बी.पी.ले कोशी संझौता गरे, कांग्रेस र एमालेले महाकाली संझौता गरे, भटट विक्रमले कालापानी भारतलाई सुम्पे र माओवादी नेताहरू भारतीय नेता तथा गुप्तचरहरूको संपर्कमा रहेको कुरा गोप्य रहेन। नेपालका कुन चाहिँ नेता वा राजाको भारतसँग स्वस्थ्य संबन्ध रहेको छ?
भारतलाई नेपालको जलस्रोत लिनु छ र नेपालमा आफ्नो बजारको बर्चस्व राख्नु छ। नेपालका नेताहरूलाई सत्तामा पुग्न भारतको आशिर्वाद पर्खिनुपर्छ। नेपालका युवा-युवतीहरू ऐश्वर्या राय र साहरुख खानको जस्तो फेशन गर्नु छ। घर-घरमा हिन्दी गीतकै बर्चस्व छ। एउटा भारतीयलाई काठमाडौंमा भेट्दा नेपालीहरू जानी-नजानी हिन्दीमै बोल्छन्। तरपनि नेपालीहरू आफूलाई भारतविरोधीको रुपमा चिनाउन चाहन्छन्। यो विरोधाभाषमा रुमल्लिनुभन्दा नेपालले भारतसँग कसरी धेरै फाइदा लिने भन्नेतर्फ असल कूटनीति चलाउनु बुद्धिमान हुन्छ। तर त्यसका लागि चलाख नेताको आवश्यकता छ। हामीलाई मुख्य अभाव भएकै यस्तो नेताको हो।
डिस्को विक्रमको बिहे भारतीय मूलकी केटीसँ गराउनु, अशोक सिंघाल र भारतीय जनता पार्टीसँग भटट विक्रमको विशेष संबन्ध रहनु, स्व. राजिव गान्धीको हत्यामा स्व. रानी ऐश्वर्यको हात थियो भनेर बेलाबखत भारतीय छापाहरूमा आउनुले भटट विक्रम र भारतीय केही शक्ति केन्द्रहरूवीचमा के-कस्ता संबन्धहरू थिए, जेठ १९ को कत्लेआम काण्डमा भारतीय शक्ति केन्द्रहरूको हात थियो कि थिएन भनेर अनुमान गर्ने धेरै बाटाहरू निस्कन्छन्।
जे होस्, भारतलाई आफ्नो स्वार्थ पूरा गर्न दशथरिका बहुदलवादीहरूलाई रिझाउनुभन्दा एउटै भटट विक्रमलाई रिझाए सजिलो हुन्छ। त्यसैले भारतले नेपालमा दिगो प्रजातन्त्र र शान्ति चाहन्छ भन्ठान्नु बुद्धिमानी हुने छैन। दक्षिण एशियाको शक्तीशाली मुलुक भारतले चाहेको भए भूटानमा प्रजातन्त्र आउन १ मिनेट पनि लाग्दैन र माल्दिभ्समा पनि असंभव छैन। तर खै त? कुरोको चुरो उही हो, उसलाई एउटै शासकसँग काम पट्याउन सजिलो हुन्छ।
२०४६ सालको परिस्थिति अर्कै थियो। विरेन्द्र र राजिव गान्धीको व्यक्तित्वको टकरावले भारतलाई अर्कै मोडमा उभ्यायो। तर २०६४ सालमा नेपाली जनता स्वयं यस्तो बिन्दूमा पुगेका थिए, भारतले कुनै भूमिका नखेलेको भए पनि नेपालमा प्रजातन्त्र आउने थियो। नेताहरू संझोतापरस्त नभइदिएको भए त झन् त्यतिबेलै गाँजा-व्यापारीहरू कहाँ पुग्थे?
भ्रष्टाचार त दुनियमा कहाँ छैन? पूँजिवादी अमेरिकादेखि अर्ध-समाजवादी स्विडेनमा सम्म छ। तर उता कानूनी राज्य छ, नेपालमा चाहिँ दण्डहिनता छ।
तर हाम्रो सामु विकल्प नै यस्तो छः तीन चोर (गाँजा-व्यापारी, बहुदलवादी र माओवादी) मध्ये एउटा चोरलाई छान्नुपर्ने। अलिक कम चोरलाई नै छान्नुपर्यो, होइन र? १२ वर्षको प्रजातन्त्रमा सयौं भ्रष्टनेताहरूले भन्दा गाँजा-व्यापारी बाउ-छोरा एक्लैले बढ्ता लुटेका छैनन् र? जेठ १९ को रातमा लुटेको पनि जोड्दा त झन् हिसाब कता पुग्छ-पुग्छ?
माओवादीहरूले त झन् पोलपोटको बाटो समात्ने हुन् कि तालिबानको? कसैलाई थाहा छैन।
बहुदलीय व्यवस्थामा भ्रष्टाचारको भण्डाफोर गर्ने छुट जनता र प्रेसलाई हुन्छ तर गाँजा-व्यापारी र माओवादीहरूको अन्धकार शासनमा हुँदैन। जनता र प्रेसले भ्रष्टचारको बिरोध गर्न छुट भएपछि बिस्तारै भ्रष्टाचार कम हुँदै जान्छ र कानूनी शासनले जरा गाड्दै जान्छ। पश्चिमेली राष्ट्रहरूमा प्रजातन्त्र र कानूनी शासनले जरा गाड्न सयौं वर्ष लागेको छ। हामी चाहिँ १२ वर्षमै निराश भएर गाँजा-व्यापारी र माओवादीहरूलाई फाइदा पुर्याउने कुरा गर्ने?
Comment by गणतन्त्रवादी नेपाली — November 5, 2005 @ 6:19 pm
भूलसुधारः “तर २०६४ सालमा नेपाली जनता स्वयं यस्तो बिन्दूमा पुगेका थिए” भन्ने माथिको वाक्यमा “२०४६” भनेर पढ्नुहोला।
Comment by गणतन्त्रवादी नेपाली — November 5, 2005 @ 6:24 pm
गणतन्त्रवादी नेपाली जीलाई धन्यवाद।
नेपालको माअोवादी विद्रोहमा भारतको भूमिकाका बारेमा रविन्द्र मिश्रको यो लेख पनि सान्दर्भिक हुन आउँछ। यो आलेख नेपाल साप्ताहिकमा केही वर्षअघि प्रकाशित भएको हो। यसलाई मैले युनिकोडमा परिणत गर्न भ्याएको छैन। कान्तिपुर फन्टमा छ। यसलाई पढ्न यहाँ क्लिक गर्नुहोस्।
Comment by उमेश — November 5, 2005 @ 8:17 pm