November 6, 2005

च्याने अपडेटः दिनभर पैसाको लागि झुलाए

२०६२ कात्तिक २० आइतबार
अपडेटः आज १० बजे एकाउन्टमा जाँदा १ बजे आउन भनियो। १ बजे जाँदा स्पेसटाइम नेटवर्कका टाउके हाकिम माथेमा बूढोले जमिम शाहसँग कुरा गर्दैछु २ बजे आउनु भनी भने। हामी बाहेक स्पेसटाइम नेटवर्कका निकालिएका कर्मचारीहरु पनि थिए त्यहाँ। उनीहरुमध्ये एक जना ११ वर्ष काम गर्दा पनि गोलाप्रथा भनेर निकालियो, तर त्यसमा दुःख लागेको छैन, पैसा चाहिँ हामीले पाउनु पर्ने पाउनु पर्‍यो भनी कराउँदै थिए। झुलाउने पारा हो भन्ने थाहा थियो तर पनि २ बजे गयौं। २ बजे जाँदा त बूढो बेपत्ता भइसकेको रहेछ। नेटवर्कका साथीहरुलाई सोध्दा उनीहरुले कारै रोकेका थिए रे पैसा नदिई जान पाउन्नौ भनेर। पछि बूढोले तिमीहरुकै काममा जान लागेको हो, लिस्ट बोकेको छु, पैसाको जोहो गर्नु परेन भनेर भन्दै थिए रे। अब उनी आउन्नन् भनेर हामी (मणी र मलाई) थाहा थियो। त्यसैले हामी कुर्ने मूडमा थिएनौं बरु भोलि आउने मूडमा थियौं। भोलि बिहान अर्का साथीहरु राधेश्याम र चिरञ्जीवी पनि साथै हुनेछन्। एकछिन त्यहाँ कुरा गरेर बस्यौं। नेटवर्ककाहरु पनि रिसाउँदै थिए, त्यत्रो २० दिन भइसक्दा पनि पैसा दिनुपर्छ भनेर मिलाएर राख्न सक्दैनन्, भिख मागे जत्तिकै गर्ने भयो ….हरुले। उनीहरुका त धेरै बाँकी छैन रहेछ लिन बाँकी १५-२० हजार मात्रै हो रे। एकछिन त्यहाँ कुरा गरेर हामी फेरि माथि एकाउन्टमा कति पैसा बाँकी रहेछ लिन भनेर हेर्न गयौं। बुझ्दा कर-सर काटेर कूल ७६ हजार ६ सय २५ रुपैया लिन बाँकी रहेछ उनीहरुको हिसाबमा। हाजिरीको हिसाब पठाउँदा दशैं तिहारमा गरेको अ‍ोभरटाइमको हिसाब पठाएनछन् सदीपमान सिंह भन्ने एउटा कर्मचारीले। भैगो, यत्ति पैसा उठाउन पाए त्यो दशैं तिहारमा गरेको अ‍ोभरटाइम दान भयो च्यानल नेपाललाई नै। अर्को स्पेसटाइमको २२५०० को त हिसाब नै छैन रहेछ। स्पेसटाइमको त लेखाशाखा पनि छैन अहिले त। त्यो पैसा उठाउन त झन गार्‍हो हुने भइसक्यो। मणीको भने हाजिरै कम पठाएछ, कराउनु पर्छ भन्दै रिसाउँदै अफिसतिर लागेको थियो। म भने घरतर्फ हिँडेँ। हेरौं, अब भोलि के हुन्छ ? भोलि पनि झुलाउने पारा निकाल्यो भने अलि गतिलै पाठ सिकाउनु पर्ला जस्तो छ। (815 pm NST)
मूल ब्लग केही दिनदेखि केही गर्ने मूड चलेको छैन। च्याने (च्यानल नेपाल)को जागीर चयट भएपछि दिन बिताउन गार्‍हो हुँदैछ। साथीले सानै उमेरमा अवकाश पाएर बोर भयो भनेर गरेको जोकको मर्म अहिले बुझिरहेको छु। खाली समय कटाउन मस्तसँग पडकास्टिङको परीक्षण र ब्लग गरियो। अब यो समयलाई जागिर खोज्न र अलि पैसा आउने कामतिर पनि लगाउनु पर्ने भएको छ। १५ दिनपछि हरहिसाब बुझ्न लेखाशाखामा सम्पर्क राख्नु भनेर अवकाश पत्रमा लेखिएको थियो। तर १५ दिनमा ठ्याक्कै तिहार पर्‍यो। तिहारमा दिदीबहिनीलाई दक्षिणा दिन पनि त्यो तलब काम आउन सकेन। तिहारपछिको अफिस खुल्ने दिन आज हामी अवकाशप्राप्तहरु बिहान साढे १० बजे लेखाशाखामा जाँदैछौं। हेरौं के हुन्छ ?

रित्तै फर्किन् शभोना पनि

[भित्र केही नयाँ फोटो अपडेट गरिएका छन्। ]कुरा पुरानै हो। तर पनि तिहारको बेला अरु कुरा सुन्ने र लेख्ने मूड नभएको बेला सुन्दरीको विषय छान्न पुगेँ। मिस नेपालमा मेरो फेभरेट थिइन् उनी। तर किन हो, फस्ट रनर अपमा नै चित्त बुझाउनु पर्‍यो उनलाई। गफै त हो, सुनिएको थियो- मिस अर्थमा उपाधि जिताउनका लागि उनलाई फस्ट रनर अप बनाइएको रे।

केही अगाडि फिलिपिन्समा मिस अर्थ २००५ पनि भयो। त्यहाँ शभोना देखिइन्। तर अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा बिना उपाधि रित्तो हात फर्कने “गौरवपूर्ण उपलब्धि”लाई उनले पनि कायमै राखिन्। फोटोहरुमा भने निकै राम्री देखिइन् शभोना। अब उनको आगामी गन्तव्य के त ? भूपू मिस नेपाल पायल शाक्यले जस्तै र्‍याप गीतको म्युजिक भिडियोको मोडल बन्ने र शाकालाका बूम चाउचाउको शोमा धूम मचाउन जाने ? शभोनाको अरु फोटो हेर्न भित्र आउनुहोला।

शभोना त रित्तै फर्किन् अब मिस नेपाल सुगरिकाले सान्यामा के गर्ने हुन् कुन्नि ? बाँकी (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.