राजा भन्छन्- इमान्दार बन
अझै पनि देशभक्ति कै राग अलाप्दै
२०६२ कात्तिक २३ बुधबार
[अपडेटः संविधान दिवसकै अवसर पारेर आज बिहान साढे ६ बजेदेखि १२ घण्टे सत्याग्रह कार्यक्रम आयोजना हुँदैछ नयाँ बानेश्वरमा। मानवअधिकारवादी संस्था, नागरिक समाज र राजनीतिक दलका नेता र कार्यकर्ता सहभागी हुनेछन् यसमा। हेरौं बिहान सबेरै उठ्न सके म पनि त्यता जाने विचारमा छु]
संविधान कहाँ छ खोज्नु पर्ने अवस्था आएको बेला आज कात्तिक २३ गते संविधान दिवसको उपलक्ष्यमा राजाले दिएको सन्देशमा संविधानको उद्देश्य प्राप्तिमा सबैलाई इमान्दार बन्न प्रेरणा देअोस् भनेर पशुपतिनाथसित कामना गरिएको छ। बहुदललाई राम्रोसँग हाँक्न नसकेकोले आतंकवाद बढेको भन्दै देशभक्ति कै पुरानो राग अलापिएको छ। सन्देशको पूर्ण विवरण पढ्न भित्र आउनुस्।
प्यारा देशवासीहरू,
नेपाली जनतालाई सामाजिक, राजनीतिक एवं आर्थिक न्याय प्राप्त हुन सकोस् भनी नेपाल अधिराज्यको संविधान, २०४७ जारी भएको आज १५ वर्ष पूरा भएको छ । यस सुखद उपलक्ष्यमा हामी समस्त नेपालीहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ ।
संविधानमा उल्लेखित निर्देशक सिद्धान्त तथा नीतिहरूको इमान्दारीपूर्ण कार्यान्वयन तथा जनताप्रति उत्तरदायी शासनशैली विकसित गरेर बहुदलीय प्रजातन्त्रको अभ्यासलाई परिमार्जित गर्ने निष्ठापर्ूण्ा प्रयास नभएकोले जनतामा निराशा बढ्दै प्रजातन्त्रविरुद्ध लक्षित आतङ्कवाद जन्मिएको र फैलिँदै गएको कुरा स्पष्टै छ । शान्ति विना जननिर्वाचित व्यवस्था सक्रिय हुन नसक्ने, देशभक्तिलाई मिलनविन्दु नबनाई शान्ति कायम हुन नसक्ने तथा देश र जनताप्रति उत्तरदायी आचरण विना राष्ट्रिय सम्मान र प्रजातन्त्रको रक्षा हुन नसक्ने पाठ देशले चर्को मूल्य तिरेर अब सिकिसकेको छ । यस परिपे्रक्ष्यमा आठ महिनाभित्रै देशभक्त नेपालीहरूको कटिबद्धताले परिस्थितिलाई अनुकूल बनाउँदै मर्यादित, स्वच्छ र धाँधलीरहित ढङ्गमा चुनाव सम्पन्न गरी र्सार्थक बहुदलीय प्रजातन्त्रको अभ्यास सुरु गर्ने प्रक्रिया प्रारम्भ हुनु सबै प्रजातन्त्रवादीहरूको लागि सन्तोषको कुरा हो । यो प्रक्रियालाई सफल पारेर मात्रै नेपाल अधिराज्यको संविधान, २०४७ प्रतिको निष्ठा प्रमाणित हुनसक्छ ।
आजको यस दिवसले संविधानको उद्देश्य प्राप्तिमा सबैलाई इमान्दार साबित हुन प्रेरणा देओस् - यही हाम्रो कामना छ ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
जयनेपाल !


nice joke…..
Comment by babu — November 9, 2005 @ 12:17 am
Really it is a joke only
Kalu Rai.
Comment by Kalu Rai — November 9, 2005 @ 8:28 am
Jooo Chhoor Uskie Thulooo Soor!
GURU Banna Sagilo Chaa! Cheela Banna Garoo Chaa!
Hajur pani Joke Gari Baxsayaaa!
Comment by Sajan — November 9, 2005 @ 9:20 am