November 8, 2005

सद्दामलाई चिठ्ठी “मेरो देशमा पनि निरंकुश सालिक खस्नेछ”


ए सद्दाम !
त्यहाँ तिम्रो देशमा जस्तै
अचेल मेरो देशमा पनि
एक थुप्रो हिटलरहरु
मानिसको सानो मुटु होइन
विशाल कुरुक्षेत्र जित्न लागि परेका छन् ।
सायद यी युद्वान्धहरुले
आस्थाको विशाल आकाशमा
युद्वको ताज जित्ने योद्वा भन्दा
प्रेमको प्रसाद बाँडने पूजारी
धेरै-धेरै माथि उठेको देखेका छैनन् ।
त्यहाँ तिम्रो देशमा
विश्वासको मस्जिद घाइते भएको जस्तै
अचेल मेरो देशमा पनि
दिन प्रतिदिन
निर्दोष जनतासँगै मानवता चोटग्रस्त छ र
ती बेकसूर मस्जिदहरुभित्र
पवित्र कुरान जले जस्तै
यहाँ संविधान डढ्दै छ ।

अनि तिम्रो जनताको जस्तै आँसु
हाम्रो खोला-नालाहरुमा बग्दैछ र
तेलका अबोध कुवाहरु जस्तै
हाम्रा हिमालहरु जल्दै छन् ।
हो, अचेल मेरो देशमा पनि
हतियारको लहलहाउँदो खेती हुँदैछ र
भोका जनताहरु अन्यौल भविष्यको काँधमा
रक्त पिपासु बन्दूकहरु बोक्दै
अन्धो भगवानको विरुद्घ
रगत पोखिएको सडकहरुमा,
बारुदको गन्धले निस्सासिएका गल्लीहरुमा र
नाराले थर्किएका चोकहरुमा
भोक हड्तालको घोषणा गदै छन् ।

ए सद्दाम !
मैले सुनेको छु कि
तिमी जेल परिसरमा आउने
चराहरुको हूललाई खुबै माया गर्छौ रे !
बल्ल, तिमीले मारेको लाखौं जनताको रगत
तिम्रा दुई आँखाहरुबाट आँसुको थोपा-थोपा झर्दै होला ।
यो पनि सुनेको छु कि
दशकौंसम्म बन्दूक उठाएका तिम्रा हातहरु
अचेल जेलमा कविता कोर्दै छन् रे !
सायद अब तिमीले
बन्दूक होइन कलमको तागत बुझेको जस्तो छ ।
हो, मलाई थाहा छ
एउटा सानो कलमले
एउटा नौलो युगको पाइलाहरुका निम्ति
एउटा बाटो कोर्न सक्छ र
हिटलरहरुको लागि चिहान पनि खन्न सक्छ ।


ए सद्दाम !
मानवता विरुद्वको अपराधमा
तिमीले अल्लाहको डर मानेनौ
तर अहिले दिनमा पाँच पटक प्रार्थना गर्छौ रे !
तिमी इतिहासको कथाहरुमा
प्रमाण हुने छौ कि
सत्ताको ताकतमा अन्धो शासक
एक दिन आफै पनि
टुक्रिएर खस्छ जीवनका पानाहरुमा
किनकि मानिसको एक मुठी सास
अल्लाहको लिला हो ।
अहिले मेरो मन-मस्तिष्कमा
विश्वासको एउटा ठूलो पहाड उभिएको छ कि
मेरो देशमा पनि एक दिन
यी युद्वान्धहरुले तानाशाहीको मुकुट खोलेर
पूजारीको पीताम्बर वस्त्र धारण गरी
आफ्नो विगत प्रति धुरु-धुरु रुने छन् ।
अनि त्यहाँ इराकमा
तिम्रो हठी मूर्ति ढले झैं नै
यहाँ मेरो देशमा पनि
एउटा निरंकुश सालिक खस्ने छ ।

चन्द्रसिं गुरुङ
गोरखा, हाल साउदी अरब

[मैले जीवनमा कहिले पनि कविता लेख्ने प्रयास गरिनँ, न अरुका कविता पढ्न रुचि नै लाग्थ्यो। लोकतान्त्रिक कवितामा मात्र मेरो रुचि अहिले आएर बढेको हो। यो कविता मलाई ईमेलमार्फत् मेरो संसारमा प्रकाशनार्थ प्राप्त भएको हो। केही दिन यत्तिकै रह्यो। अनि आज बल्ल राखेको हुँ]

6 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/11/08/saddam-poem-by-chandra-singh-gurung/trackback/

  1. Umesh Ji,

    I have been hearing some romurs that a New Buddha has emerged in a Jungle in Jungle, I also have a pic of it, could you please shed some light on this story that only if you are aware of this.
    Thank You

    ————————————————-
    साथी सगुनको ब्लगमा यससम्बन्धी केही जानकारी र फोटोहरु छन्। त्यसका लागि यहाँ क्लिक गर्नुहोला।

    Comment by Roshan — November 8, 2005 @ 7:30 pm

  2. कोही मानिस पाँच महिनासम्म पानीसमेत नखाई बस्न सक्छ ? सुन्दा अचम्म लाग्न सक्छ, तर यतिबेला बारा सतनपुरी गाविसका १६ वर्षीय राम लामा विगत पाँच महिनादेखि निराहार बसी तपस्या गरिरहेका छन् ।

    गत जेठ ३ गते स्थानीय जंगलको पीपलको बोटमुनि गौतम बुद्धको आसनमा बसेर ध्यान गरिरहेका लामाले आफ्नो नाम नमोबुद्ध ज्ञानी राखेका छन् । निराहार बसी मौन ध्यान गरिरहेका उनले नागको पूजा गरिदिन र आफ्नो गाउँमा मारकाट नगरिदिन आग्रह गर्दै रातीमा जंगलमा नआइदिन स्थानीयवासी समक्ष आग्रह गरेका थिए । उनी त्यसबाहेक बोलेको कसैले पनि सुनेका छैनन् भने दिनभरी सामान्य हल्लने पनि गर्दैनन् ।

    अहिले पीपलका जराहरु उनको शरिरवरपर देखिन थालेका छन् । बुद्धत्व प्राप्तिका लागि लामा तपस्या गर्न बसेको जंगलवरिपरि स्थानीयबासीले संरक्षण गर्न र दर्शनार्थ आउनेका लागि सुविधा पुर्‍याउन समिति गठन गरेका छन् । अहिले उनको दर्शन गर्न मान्छेको घुइँचो लाग्न थालेको छ। - खोजतलासबाट

    Comment by Ramhari Gautam — November 8, 2005 @ 9:38 pm

  3. विगत पाँच महिनादेखि बाराको रतनपुरी गाविस- ५ का रामबहादुर लामा, १६, एकचित्त भई बुद्धको आसनमा तपस्या गर्दै आइरहेका छन् । उनी ध्यानमग्न भई नीराहार तपस्यामा बसेको खबर फैलिएपछि हेर्न आउनेको घुइँचो लाग्न थालेको छ ।

    बाल्यकालदेखि नै हत्याहिंसाको विरोधी रहेका लामा बुद्धत्व प्राप्त गर्न बेलाबेलामा भारतको देहरादुन, गया तथा नेपालको लुम्बिनीसमेत जाने गरेको उनका दाजु गङ्गाबहादुर बम्जनले बताए । २०४६ सालको चैत्र-पूणिर्माका दिन जन्मेका लामाको न्वारानको नाम रामबहादुर लामा भए पनि पछि गुरुले उनको नाम पाल्तेन दोर्जे लामा राखेका थिए । ओडारजस्तो आकारको पीपलको रूखमा तपस्यामा बसेका लामाको दर्शन गर्न आउनेहरूको भीड लाग्न थालेपछि दर्शनार्थीहरूको सुविधाका लागि स्थानीय बासिन्दा वेदबहादुर लामाको अध्यक्ष्ातामा १८ सदस्यीय तपोवन संरक्षण समिति गठन गरिएको छ । दर्शनार्थीहरूसँग शुल्क नलिइए पनि चढाइएको भेटी रकमलाई तपोवनको संरक्षणमा खर्च गरिएको अध्यक्ष लामा बताउँछन् ।

    अहिले त्यहाँ बारालगायत छिमेकी रौतहट, पर्सा, मकवानपुर, चितवन, सर्लाही जिल्लाबाट दर्शनार्थीहरूको घुइँचो लाग्न थालेकाले सो स्थानमा पार्किङ् र खानेपानीको समस्या परेको समितिका अध्यक्ष लामा बताउँछन् । पूर्व-पश्चिम महेन्द्र राजमार्गको निजगढदेखि दुई किलोमिटर पश्चिम तामागढी गेटबाट आठ किलोमिटर उत्तर चारकोसे झाडीको बीचमा सो तपोवन स्थल रहेको छ ।

    गत जेठ ९ गते बुद्धजयन्तीका दिन तपस्वीले सबैलाई आशीर्वाद दिएको र भदौ ३ गते उनको कपडा फेरिदिएको समितिका सदस्य भीमबहादुर थिङले बताए । दर्शन गर्न आउने श्रद्धालुहरूले उनलाई साक्षात् बुद्ध मानी रुपियाँ चढाउने गरेका छन् । उनको ध्यान भङ्ग हुन्छ भनी हल्ला गर्न र अबिरले पूजा गर्न निषेध गरी काँडेतारले घेरेर सुरक्षित बनाइएको तपस्यास्थलमा पत्रकारबाहेक कसैलाई जान दिइएको छैन । -नेपालबाट

    Comment by Ramhari Gautam — November 8, 2005 @ 9:39 pm

  4. Herdai Jau aha Kaha Samma Satye and Sakti painchha Ani matra Poja garna pare garinchha Ani matra nabau Gyany budda bhanra maninchha Kasota Sathi bhai did bahini ho mero kura Thik chha chhaina……….Leave me comment Tooooooo

    Comment by Rahar Rai — November 9, 2005 @ 5:21 am

  5. Thank You!
    I think this is the first poem in your blog. It is good to read such poems at this moment, when the country is is dilema.Hope to see more nice poems in future.
    Mahesh

    Comment by Mahesh Thapa — November 9, 2005 @ 7:51 am

  6. UMESH JI, DHANYABAAD. KABITA RAMRO CHA. RA UR BLOG IS GOOD TO BRING DIFFERENT THINGS FOR US FROM NEWS TO POEMS. KEEP IT UP!
    LOT OF LOVE, KALU RAI.

    Comment by Kalu Rai — November 9, 2005 @ 8:53 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.