केशव स्थापितले पार्टी दर्ता गरे
सूर्य चिह्न हात पार्ने दाउ
२०६२ कात्तिक २३, बुधबार
काठमाडौं महानगरपालिकाका पहिले निर्वाचित अनि पछि मनोनीत मेयर केशव स्थापितले आज मंगलबार आफ्नो प्रजा परिषद् पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन्। थापा सरकारको पालामा मनोनीत मेयर बनेका स्थापितले माअोवादीको धम्कीपछि राजीनामा दिएका थिए। अहिले पनि माअोवादीले निर्वाचनलाई ध्वस्त पार्ने धम्की दिएका छन् रे। उम्मेदवारहरुलाई पनि धम्की दिने होलान् पछि। धम्की आएपछि स्थापितले के गर्ने हुन्, त्यो चाहिँ हामी पछि नै हेरौं। अहिलेलाई केशव स्थापित एमालेको सूर्य चिह्न हात पार्ने दाउमा छन् रे। एमालेले नगरनिर्वाचनमा भाग नलिने भएपछि खाली हुने सूर्य चिह्नमा उनको आँखा परेको हो। ०४६ सालपछि नै उनी सूर्य चिह्नको प्रचारमा लागेका थिए। उता, निर्वाचन आयोगमा दल दर्ता गर्ने म्याद १० दिनमात्र बाँकी रहँदा मंगलबारसम्म जम्मा ११ दलमात्रै दर्ता भएका छन्, त्यसमा पनि सबै नामै नसुनेका दलहरु।


लौ लौ केशब दाई बधाई छ । सुर्य चिन्ह भन्दा तपाईलाई सुहाउने त टनेला हो नि । पाटन नआउने म्यरीज खेल्न ?
बिग्रेको कम्युनिष्ट
Comment by old — November 9, 2005 @ 4:03 am
टिव्डेवालाको साथी केशव स्थापित एक नं को घुस्या हो । अरु त अरु क्रिटिकहरुको गुरु खगेन्द्र संग्रौलालाई समेत झुक्याउन सफल केशव स्थापितसगं संधै होस पुर्याउन पर्छ । भत्काउने काम गर्न सक्ने भए पनि, मान्छे चोरै हो ।
Comment by LA — November 9, 2005 @ 8:30 am
yo nepal ama ko thulo satru ho.. yesta laei khoji khoji marnu parcha.
Kalu Rai
Comment by Kalu Rai — November 9, 2005 @ 9:04 am
Oh Keshav Ji badhai chha la, chunab ta thokni bhaiyo hoina ta? godham godham tara timilai arule po godne ho ki?
www.misson.org pani testai rahechha
Comment by ramesh — November 9, 2005 @ 5:31 pm