November 9, 2005

सत्याग्रहले सातो खायो सरकारको

२०६२ कात्तिक २३ बुधबार

बिहान साढे ६ बजेदेखि काठमाडौंको जाडोमा सयौं सत्याग्रहमा सामेल भए। कसैले जोर जबर्जस्ती गरेको थिएन उनीहरुलाई सत्याग्रहमा बस्न। तर यति धेरै सहभागिता थियो कि पक्कै त्यसले सरकारको सातो खाएको हुनुपर्छ। बिहानको साढे ६ बजे सुरु भएको सत्याग्रह साँझ साढे ६ बजे १२ घण्टापछि सम्पन्न भयो।


बिहान सबेरै त्यता जाउँला भन्ने सोचेको थिएँ। तर राति ढिला सुत्ने भएकोले बिहान सबेरै आँखा कहाँ खुल्थ्यो र। त्यसैले खानासाना खाएर त्यतातिर लागेँ। नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिम गेटनिरको सडकमा एउटा ठूलो पण्डाल बनाइएको रहेछ। सबै सत्याग्रहीहरु त्यहीँ बसेका थिए। कोही पत्रिका पढिरहेका थिए त कोही आपसी गफमा मस्त थिए।


सत्याग्रहीहरुलाई बोर हुन नदिन कविता, मुक्तक, गीत निरन्तर सुनाइँदै थियो। त्यसका लागि माइक र स्पिकरको व्यवस्था गरिएको थियो। कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघका सभापति विष्णु निष्ठुरीले गरेका थिए। म त्यहाँ दुई घण्टासम्म बस्दा दाहाल यज्ञनिधिले कविता वाचन गरे, गोविन्द आचार्यले ब्रेललिपिमा कविता वाचन गरे, गाउँ-गाउँबाट उठ, बस्तीबस्तीबाट उठ गीत गाइयो। यी सबलाई मैले अडियो ब्लगमा समेट्नेछु।


मकरतन्त्रको विरुध्द पहिलो पटक सत्याग्रहको आयोजना गरिएकोले होला, सहभागी हुने र ऐक्यवध्दता जनाउनेहरु निकै थिए। ऐक्यवध्दता जनाउनेहरुको सूचीमा नाम लेखाउन लामो लाइन बस्नुपर्थ्यो।


आज निकै टाउको दुखेको महसूस भइरहेकोले ब्लग पनि राम्रोसँग लेख्न सकिनँ। त्यसका लागि क्षमा चाहन्छु। अडियो र भिडियो भोलि गर्ने कोशिश गर्नेछु। तर आजदेखि मेरो इन्टरनेट पनि रातिमात्र चल्ने भएको छ। हेरौं, अब कहिले अपडेट गर्न सक्षम हुनेछु।

3 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/11/09/satyagraha/trackback/

  1. thanks for information umesh jeee. ratri nai bhaya ani information deni prayash garnu hola. satayagara ko bare ma janakari dinu bhgayako ma dhanyabadh.

    Comment by samar — November 10, 2005 @ 3:17 pm

  2. ल है साथीहो अवत साउदीमा पनि धेरै संघ संगठन खुलेछनका रे
    हाम्रो पिर मर्का सुन्छन रे ।।
    केहि गर्न नसके महिनाको एकचोटी लेभी भने साउदी रियाल लिन्छन रे
    अनि वेलावेलामा व्यापारीलाई समाजसेवी भनेर दोसल्ला प्रमाणपत्र र साउदी वाहु भनेर मेडल पनि दिन्छन रे ।।
    तेति मात्र कहाँ हो र -
    कस्लाई दिनु पर्ने थाहा नभएर रोलक्रम पनि मिच्छन रे ।।
    उल्टो सुल्टो जसरी भएपनि दिन चाही दिन्छन रे
    अचम्मको कुरा, समाज सेवकहरु भाषण गर्दा गर्दै रुन्छन रे ।।
    तर पछाडी पैसा तिरेर कार्यक्रम हेर्नेहरु रिसले “आउट” “आउट” भन्दै गाली गर्छन रे
    काम गर्ने कालु माम खाने भालु भन्दै कलाकार चाहीं रुन्छन रे ।।
    अनि, राष्ट्र वचाउन सवै नेपाल फर्क म चाहीं नेतागिरी गर्र्छु भन्छन रे
    ल है साथीहो अव त साउदीमापनि धेरै संघ संगठन खुलेका छन रे ।।

    Comment by saurav — November 10, 2005 @ 7:48 pm

  3. Saurav Je!
    Tapaiko Kura Sabi Sacho Ho! Dosala Aafi kinidayar! Afni Sahalahaa maa! Manch bata Afiee liee Odauchaa. Tyoo pani Choor Neeta lie! Social Worker ray! Hoina! Tyyoo taa Paisaa Kamaauniee! Dauu hooo! Choor HO….
    केहि गर्न नसके महिनाको एकचोटी लेभी भने साउदी रियाल लिन्छन रे
    अनि वेलावेलामा व्यापारीलाई समाजसेवी भनेर दोसल्ला प्रमाणपत्र र साउदी वाहु भनेर मेडल पनि दिन्छन रे ।।
    तेति मात्र कहाँ हो र -
    कस्लाई दिनु पर्ने थाहा नभएर रोलक्रम पनि मिच्छन रे ।।
    उल्टो सुल्टो जसरी भएपनि दिन चाही दिन्छन रे
    अचम्मको कुरा, समाज सेवकहरु भाषण गर्दा गर्दै रुन्छन रे ।।
    तर पछाडी पैसा तिरेर कार्यक्रम हेर्नेहरु रिसले “आउट” “आउट” भन्दै गाली गर्छन रे
    काम गर्ने कालु माम खाने भालु भन्दै कलाकार चाहीं रुन्छन रे ।।
    This is Real Truth!

    Comment by KP — November 12, 2005 @ 9:26 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.