सत्याग्रहः भिडियो र अडियो ब्लग
२०६२ कात्तिक २४, बिहीबार
त्यसो त हिजै यो ब्लग गर्नु पर्ने हो तर हिजो स्वास्थ्य ठीक नभएकोले र हिजैदेखि मेरो इन्टरनेट रातिमात्र चल्न थाल्ने भएकोले आज गरेको हुँ। हिजो भएको सत्याग्रहको भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्। भिडियो ब्लगमा केही कविताहरु तपाईँ देख्न र सुन्न सक्नुहुन्छ।
पाँचवटा सिरी त्यसमाथि तुलसी गिरी
सत्याग्रहका बारेमा गरिएको अडियो ब्लग। यसमा दाहाल यज्ञनिधिको खाँडो जगाउने शैलीको पाँचवटा सिरी त्यसमाथि तुलसी गिरी कविता रमाइलो छ। त्यसैगरी नेत्रहीन गोविन्दप्रसाद आचार्यको कविता पनि तपाईँ सुन्न सक्नुहुन्छ। अडियो ब्लगलाई डाउनलोड नगरी सीधै सुन्न यहाँ क्लिक गर्नुस्। डाउनलोड गर्न यहाँ क्लिक गरेर सेभ टार्गेट एज गर्नुस्।

