November 11, 2005

राजाको सुविधा हेरेर गरिएको आन्दोलन

२०६२ कात्तिक २५, शुक्रबार

अपांगहरुले पनि सरकारलाई साथ दिएनः गैसस आचारसंहितको विरोधमा आयोजित सभामा नेपालको अपांगहरुको प्रतिनिधित्व गर्दै सम्बोधन गरिरहेका एक अपांग।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्को आलोचना भइरहे पनि सरकारले गैर सरकारी संस्थाहरुलाई नियन्त्रण गर्ने उद्देश्यले हिजो आचारसंहिता जारी गरेपछि देशभरका गैरसरकारी संस्थाहरु आजदेखि चरणवध्द आन्दोलनमा उत्रिएका छन्। गैर सरकारी संस्थाहरुले उक्त आचारसंहिताको अवज्ञा गर्ने भएका छन्। आन्दोलनको प्रथम चरणमा आज पाँचै विकास क्षेत्रमा आचारसंहिता जलाइयो। काठमाडौंको बानेश्वरमा पनि एउटा सभापछि आचारसंहिता जलाइएको थियो। त्यसो त अपराह्न ३ बजे माइतिघरको मण्डलाबाट जुलुससहित नयाँ बानेश्वरमा सभा गर्ने कार्यक्रम सुरुमा थियो। तर ठीक त्यति नै बेला राजा सार्कका लागि विमानस्थल सवारी हुने भएकोले कार्यक्रमको स्थान परिवर्तन गरिएछ राजाको सुविधालाई दृष्टिगत गर्दै।

यो कार्यक्रमको भिडियो ब्लग हेर्न यहाँ क्लिक गर्नुहोला। (6.8 mb, wmv format) (more…)

“मेरो संसार”ले १ लाखको संख्या कटायो

२०६२ कात्तिक २५, शुक्रबार
चैतको अन्तिम सातातिर आफ्नै गन्थन आफ्नै लागि लेख्न थालेको मेरो संसार ब्लगले सात महिनामा नै एक लाख भिजिटर पाउँछ भनेर मैले त्यतिबेला कल्पना पनि नगरेको कुरा आज सुखद सत्यका रुपमा मेरो सामु आएको छ। प्रतिगमनलाई सघाउने गरी सर्वोच्चको फैसला आएकै दिन जुरेको यो स‍ंयोगको प्रतिकात्मक महत्त्वलाई आत्मसात गर्दै म नभएको कुरा लेख्दैन, देखेको कुरा छाड्दैन भन्ने मेरो आफ‌्नै ब्लगको सिध्दान्तलाई पालन गर्ने प्रतिवध्दता व्यक्त गर्दछु। (more…)

जनता पराजित, अब आन्दोलन नै एकमात्र विकल्प

बारले बेञ्च बहिस्कार गर्ने
सञ्चार अध्यादेश र कान्तिपुर एफएममा भएको सरकारी कारबाहीका विरुध्द सर्वोच्चमा परेका तीन छुट्टाछुट्टै रिटमा भएको सुनुवाईपछि सर्वोच्चले आज निवेदकहरुले माग गरेबमोजिम अन्तरिम आदेश जारी गर्नुनपर्ने फैसला गरेको छ। यसबाट अब सरकारलाई अध्यादेश कार्यान्वयन गर्न बाटो खुलेको छ। त्यसो त यो नै सर्वोच्चको अन्तिम फैसला हैन। यो मुद्दालाई अग्राधिकार दिई अन्तिम फैसला भएबमोजिम हुने भनिएको छ। तर पनि लोकतन्त्रको पक्षमा रहेका हामी सम्पूर्णलाई भने यो फैसलाले गम्भीर धक्का पुगेको छ। बार अध्यक्ष शम्भु थापाले यसलाई विधिको शासन पराजित भएको रुपमा लिनुभएको छ। (more…)

ब्युटी विद्आउट ब्रेन

२०६२ कात्तिक २५, शुक्रबार
मिस वर्ल्डमा भाग लिने सुन्दरीहरु ब्युटी विद् दि ब्रेन हुन्छन् रे भन्ने सुनिएको हो। तर खै, श्रीलंकाकी यी सुन्दरीलाई हेर्दा भने त्यो भनाई उल्ट्याउनु पर्छ जस्तो लाग्यो। २२ वर्षीया सुन्दरी नदीका समानमाली परेरालाई बुध्द जन्मेको देशका बारेमा थाहा नै छैन रहेछ। मिस वर्ल्डको आधिकारिक वेबसाइटमा राखिएको अन्तर्वार्तामा तपाईँलाई विश्वको कुन ठाउँ घुम्न मन लाग्छ भनेर सोधिएको प्रश्नको जवाफमा उनले “बुध्द जन्मेको देश भएकोले भारत” भनेर भनेका छन्। श्रीलंकामा बौध्द धर्मावलम्बीहरुको ठूलै जमात छ। तर उनीहरुले छिमेकी देश भारतलाई नै बुध्द जन्मेको देश मान्दा रहेछन् कि के हो ? यी सुन्दरीको बुध्दिभ्रष्ट पार्नुमा पक्कै पनि हाम्रा ठूल्दाइ भारतले बेलाबेलामा गर्ने गरेको कुप्रचार अवश्य पनि जिम्मेवार होला। अब यी सुन्दरीलाई बुध्द नेपालमा जन्मेको भनी कसरी बुझाउने त ? शायद् नेपालबाट गएकी नेपाली सुन्दरी सुगरिकाले चीनको सान्यामा उनलाई भेट्दा बुध्द त मेरो देशमा पो जन्मिएकी त भनेर प्रष्ट पार्नेछिन् कि ! अब त्यही आशा गरौं।



Your Ad Here






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.