“मेरो संसार”ले १ लाखको संख्या कटायो
२०६२ कात्तिक २५, शुक्रबार
चैतको अन्तिम सातातिर आफ्नै गन्थन आफ्नै लागि लेख्न थालेको मेरो संसार ब्लगले सात महिनामा नै एक लाख भिजिटर पाउँछ भनेर मैले त्यतिबेला कल्पना पनि नगरेको कुरा आज सुखद सत्यका रुपमा मेरो सामु आएको छ। प्रतिगमनलाई सघाउने गरी सर्वोच्चको फैसला आएकै दिन जुरेको यो संयोगको प्रतिकात्मक महत्त्वलाई आत्मसात गर्दै म नभएको कुरा लेख्दैन, देखेको कुरा छाड्दैन भन्ने मेरो आफ्नै ब्लगको सिध्दान्तलाई पालन गर्ने प्रतिवध्दता व्यक्त गर्दछु।
केही दिनदेखि म भिजिटर काउन्टरमा दृष्टि लगाइरहेको थिएँ। तर मैले आजै यो संख्या कट्ला भन्ने चाहिँ सोचेको थिइनँ। आज मलाई सम्झना आइरहेको छ ती दिनहरु जब मैले भर्खर ब्लग सुरु गरेको थिएँ। भर्खर सुरु गरेकोले के लेख्ने के नलेख्ने निश्चित थिएन। त्यसैले मेरो ब्लग त्यतिबेला कसैले हेरेको भनेर भन्यो भने लाज पो लाग्थ्यो मलाई। दिनमा १०-१५ जना भिजिटर हुँदा कसले मेरो यो अञ्जान प्रयासलाई नियालेछ भन्ने लाग्थ्यो। मलाई राम्रोसँग याद छ दिनमा ४५ जना भिजिटर हुन थालेपछि म सतर्क भएको थिएँ र जिम्मेवारपूर्वक ब्लग गर्नुपर्छ भन्ने सोचेको थिएँ।
राजनीति त मेरो बिट छँदै थिएन। डेस्कमा धेरै बसेकोले रिपोर्टिङका लागि ननिस्केको पनि वर्षौं भइसकेको थियो। तर ब्लगले मलाई रिपोर्टिङ गर्दाको मजा दिलायो। जागिरे रुपमा नभई आफ्नै सन्तुष्टिका लागि लेख्नु निश्चय पनि आनन्द आउने रहेछ।
सुरुमा ब्लगका लागि रिपोर्टिङमा जाँदा क्यामेरा निकाल्न लाज लाग्थ्यो। दिग्गज फोटोग्राफरहरुको अगाडि मैले कसरी फोटो खिच्न सकुँला जस्तो लाग्थ्यो। तर अहिले बानी भइसकेको छ। मलाई याद छ ब्लगका लागि मैले सबैभन्दा पहिले फोटो खिचेको नागरिक समाजले भोटाहिटीमा गरेको निषेध क्षेत्र तोड्ने कार्यक्रमको थियो।
अहिले ब्लगका पाठकहरु मलाई आफ्नै परिवारका सदस्यहरु जस्ता लाग्छन्। कतिपय पाठकहरुसित मेरो राम्रो परिचय भएको छ। जागिरबाट निकालिँदा होस् वा कुनै दुःख पर्दा, पाठकहरुले मलाई सँधै साथ दिएका छन्। हौसला बढाएका छन्। यहाँसम्म कि नेपालका लागि बिल्कुलै नौलो एउटा ब्लगका लागि पाठकहरुले इन्टरनेटबाट सहयोग जुटाएर क्यामेराका लागि मेमोरी कार्ड र आर्थिक सहयोग जुटाएका छन्। यस्तै हो भने अब नेपालमा पनि व्यावसायिक रुपमा नै ब्लग गर्ने ब्लगरहरुको जन्म हुनेछ। मेरो संसारले जसरी नेपाली भाषामा ब्लग गर्नेहरुका लागि एउटा बाटो देखाएको थियो, त्यसरी नै व्यावसायिक ब्लगरहरुका लागि पनि बाटो खुला गर्नेछ भन्ने मलाई लाग्छ।
यसैबीच नेपाली भाषामा ब्लग गर्नेहरुको संख्या पनि एक दर्जन नाघिसकेको छ। कतिपय ब्लग साइटहरु नियमित रुपमा अपडेट हुने गरेका छैनन्। तर कतिपयले भने ब्लग नियमित गरिरहेका छन्। विदेशबाट ब्लग गर्नेहरुले पनि नियमित रुपमा ब्लग गरेर नेपाली भाषाको ब्लग क्षेत्रलाई फराकिलो पार्न महत्त्वपूर्ण योगदान दिएका छन्।


Hope u keep on climbing the stairs of success!!!
Comment by Aavash, Frankfurt/Main — November 11, 2005 @ 10:54 pm
you umeash ji last mani day’s i’m thinking for ask how mani people vesiting this site ,but now you sad i’m happy i wiss best of and keep up by
Comment by das — November 12, 2005 @ 1:24 am
Congratulation!
Comment by Chankhe — November 12, 2005 @ 5:26 am
Congratulation Umesh Je!
मानिसहरु विभिन्न डोरी र सर-सामानहरुको सहायताले उकालो चढ्दै विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्ने गर्दछन् । आशा छ, हजुरको इच्छा र आकांक्षाहरुले पनि त्यसरी नै शिघ्र सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्नुहुनेछ भन्ने विश्वासका साथ शुभ-कामना व्यक्त गर्दछु ।
Comment by Nilan — November 12, 2005 @ 9:47 am
badhai cha umeasji, utrotar pragati ko kamana.
Comment by bhairam — November 12, 2005 @ 11:07 am
एक लाख सँख्या पुगेकोमा बधाइ छ । मलाइ लाग्छ तपाँइले लोकतन्त्र लाइ सहयोग पुग्ने हिसाबले ब्लग गर्नु भएकोले यो सँभब भएको हो । यसलाइ नै निरन्तरता दिनुहोस र फेरिपनि बधाइ छ तपाँइलाइ ।
Comment by महेश आचार्य — November 13, 2005 @ 1:37 am
badhai cha hai!
Comment by observer — November 13, 2005 @ 5:09 am
उमेश जी,
तपार्ंइको ब्लग हर्ेर्नेहरुको संख्याले लाख टेकेको उपलक्ष्यमा उत्तरोतर प्रगतिको कामना सहित श’भकामना । तपार्ंइको सफलताको रहस्य भनेको मौलिकपन हो यसलाई निरन्तरता दिन’होला ।
Comment by mahesh Chhetri — November 13, 2005 @ 11:21 am
उमेशजी बधाई!! तपाईको ब्लगको ट्रफिक अझ बढि होस् भन्ने कामाना छ। सात महिनासम्म प्रति दिन सरदर ५०० भिजिटर हुनु चानचुने कुरा होइन। मलाई बिश्वास छ, तपाईले भने जस्तै शुरुका दिनमा आकलजुकल भिजिट गरिने तपाईको साईटमा पछिल्लो दिनहरूमा ५०० सय भन्दा बढिनै भिजिटरहरू हुदाँ हुन। लेख्दै गर्नुस्।
सिमलिन
Comment by सिमलिन — November 13, 2005 @ 11:53 am
badhai chha mero pani, maro garhai janu bhayeko chha. chadai 2 lakh kateko sunna pau.
Comment by kshitij — November 13, 2005 @ 12:51 pm
Dherai dherai bhadhai ani Utar utar pargati ko kamna tapailai.
yesari nai aauda din haruma tapai bata nispache samachar ko aasa liyeka chau.
Comment by jagat silwal — November 13, 2005 @ 6:29 pm
बधाई छ। अझै लेख्दै गर्नुस।
Comment by पांचु — November 14, 2005 @ 2:00 pm
ए गांठे एक लाख भिजीटर कि एक लाखपटक क्लीक! कुरो गहिरो छ नि हो।
Comment by Ramhari Koirala — November 15, 2005 @ 10:39 pm