November 11, 2005

राजाको सुविधा हेरेर गरिएको आन्दोलन

२०६२ कात्तिक २५, शुक्रबार

अपांगहरुले पनि सरकारलाई साथ दिएनः गैसस आचारसंहितको विरोधमा आयोजित सभामा नेपालको अपांगहरुको प्रतिनिधित्व गर्दै सम्बोधन गरिरहेका एक अपांग।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्को आलोचना भइरहे पनि सरकारले गैर सरकारी संस्थाहरुलाई नियन्त्रण गर्ने उद्देश्यले हिजो आचारसंहिता जारी गरेपछि देशभरका गैरसरकारी संस्थाहरु आजदेखि चरणवध्द आन्दोलनमा उत्रिएका छन्। गैर सरकारी संस्थाहरुले उक्त आचारसंहिताको अवज्ञा गर्ने भएका छन्। आन्दोलनको प्रथम चरणमा आज पाँचै विकास क्षेत्रमा आचारसंहिता जलाइयो। काठमाडौंको बानेश्वरमा पनि एउटा सभापछि आचारसंहिता जलाइएको थियो। त्यसो त अपराह्न ३ बजे माइतिघरको मण्डलाबाट जुलुससहित नयाँ बानेश्वरमा सभा गर्ने कार्यक्रम सुरुमा थियो। तर ठीक त्यति नै बेला राजा सार्कका लागि विमानस्थल सवारी हुने भएकोले कार्यक्रमको स्थान परिवर्तन गरिएछ राजाको सुविधालाई दृष्टिगत गर्दै।

यो कार्यक्रमको भिडियो ब्लग हेर्न यहाँ क्लिक गर्नुहोला। (6.8 mb, wmv format)


आचारसंहिताविरुध्द सडकमा उत्रिएकाहरु।

कार्यक्रमका बारेमा जानकारी पाएपछि ठीक समयमा कार्यक्रम स्थल पुग्दा त्यहाँ केही प्रहरी र छेउमा राजारानीको विदाइ गर्न बसेका स्कूले विद्यार्थीबाहेक कोही देखिँदैन थियो। अनि मलाई यो कार्यक्रमका बारेमा जानकारी दिने साथीलाई मोबाइलमा सम्पर्क गरेँ। उसले बानेश्वरमा भइरहेको छ कार्यक्रम भनेर भन्यो। त्यसपछि त्यहाँबाट हिँड्दै गएँ नयाँ बानेश्वर। हो रहेछ, राजाको सुविधाका लागि कार्यक्रम त्यहाँ सारिएको रहेछ।


सभालाई सम्बोधन गर्दै अधिवक्ता सपना मल्ल।

एउटा सानो सभा भयो। सभाका वक्ताहरुले आचारसंहिताको चर्को विरोध गरे। आन्दोलनमा उत्रनुको विकल्प नरहेको बताए। ८० लाख सदस्यहरु भएको वन उपभोक्ता समितिका अध्यक्षले भने प्रहरीहरुलाई विद्रोहका लागि उक्साउने भाषण गरे।


सभामा सहभागी अर्का अपांग।

सभापछि आचारसंहिता जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गर्न खोज्यो। प्रहरीले रोक्दारोक्दै पनि कागजका केही टुक्रा जलाइए। केही बेर नाराबाजी भयो। अनि यो कार्यक्रम सुरुवात मात्रै हो भन्ने उद्‍घोषका साथ सभा टुंगियो।


सभाको पर्यवेक्षण तथा रिपोर्टिङका लागि आएका विदेशीहरु।


अन्त्यमा एउटा आशा- यो माग यसरी अलपत्र नहोस् भविष्यमा………….

2 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/11/11/ngo-protests-against-code-of-conduct/trackback/

  1. umesh ji dui ota photo kina unavailable bhaya ? mero computer ma ta khuldaina ta ?

    —————————————–
    धन्यवाद, जानकारी दिनुभएकोमा। फोटो अपलोड गर्दा भएको गडबडीले त्यसो भएको रहेछ। अब मिलाइ सकेँ। एकचोटी हेरेर खबर गर्नुस् ल। - मेरो संसार

    Comment by chahal sayapatri — November 12, 2005 @ 4:12 am

  2. अन्त्यमा एउटा आशा- यो माग यसरी अलपत्र नहोस् भविष्यमा………….

    Umesh Jee!
    Yooo Picture! Niki Niki Upukata raa Best Lagyoo! Aashaa chaa! Hamilaya Yasari Uopachariketaa! Ra Dekhawoti matri Naa Garuu! Aandolan lie Safaltaa Dinaa Lagauu!

    Comment by Nilan — November 12, 2005 @ 9:55 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.