“न्यायालयमा ढल प्रवेश गर्यो”
सञ्चार अध्यादेशका विरोधमा विशाल र्याली र सभा
२०६२ कात्तिक २७, आइतबार

सञ्चारलाई नियन्त्रण गर्न ल्याइएको अध्यादेशको विरोधमा आज राजधानीमा एउटा र्याली सम्पन्न भयो। त्रिपुरेश्वरबाट निस्केको र्याली विभिन्न नारा लगाउँदै थापाथली, बबरमहल हुँदै एक घण्टापछि नयाँ बानेश्वरको लोकतन्त्र चोक पुगेको थियो। रत्नपार्कलाई निषेधित क्षेत्र घोषणा गरेपछि आन्दोलनको प्रमुख केन्द्र बन्न पुगेको नयाँ बानेश्वरलाई आजैदेखि लोकतन्त्र चोक घोषणा गरिएको हो। (more…)

