November 13, 2005

राजा र दल मिल्ने कुरा नेपालीले नकारिसकेः पहाडी

राजा र दल मिल्ने भनेको अस्थायी प्रक्रिया मात्र भएको एम्नेष्टी इन्टरनेशनल, अमेरिकाको आयोजनामा लोकतान्त्रिक गणतन्त्रको विश्व जनमत निर्माण गर्ने सिलसिलामा अमेरिका आइपुग्नुभएका मानवअधिकार तथा लोकतान्त्रिक गणतन्त्रवादी नेता कृष्ण पहाडीले एक प्राज्ञिक भेलामा बताउनुभएको छ। नोभेम्बर १० तारिखका दिन बोस्टनस्थित नर्थ इन्टन विश्वविद्यालयको एक सभाकक्षमा सम्पन्न अमेरिकी प्राज्ञिकहरुसँगको छलफलका सन्दर्भमा पहाडीले अगाडि भन्नुभयो, राजा र दल मिल्न गएमा मुलुकमा स्थायी शान्ति नआउने हुँदा राजा र दल मिल्नुपर्छ भन्ने कुरालाई नेपाली जनताले नकारिसकेको यस परिवर्तित सन्दर्भमा असान्दर्भिक कुरा गरेर समस्याको समाधान नहुने कुरामा उहाँले प्रष्ट पार्नुभयो।

लोकतान्त्रिक गणतन्त्र प्राय सबै स्वाभिमान नेपालीको चाहना भएको उल्लेख गर्दै उहाँले आफ्नो युरोप तथा अमेरिकाका भ्रमणका क्रममा सर्वत्र ठूलो सद्‍भाव पाएको धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरी कृष्ण पहाडीले नोभेम्बर ९ तारिखका दिन रोडआइल्याण्डस्थित ब्राउन विश्वविद्यालयमा सम्पन्न अमेरिकी लब्धप्रतिष्ठितहरुको एक अर्को भेलामा राजा र जनताबीचमा प्रत्यक्ष द्वन्द्व शुरु भएको अन्तर्राष्ट्रिय समूहले पनि खुलेर जनतालाई साथ दिनुपर्ने बेला आएको र राजालाई दिइने कुनै पनि प्रकारको समर्थन अन्ततः जनताकै विरुध्द प्रयोग हुने कुरा बताउनुभएको छ ।

सोही अवसरमा उक्त विश्वविद्यालयका लब्ध प्रतिष्ठित प्राज्ञहरुको प्रश्नको जवाफ दिदंै पहाडीले इतिहासबाट पाठ सिक्नुपर्ने र गल्ती दोहोर्‍याउन नहुने अबको आन्दोलनले राजतन्त्रलाई स्वीकार नगर्ने हुँदा खुलेर अन्तर्राष्ट्रिय समुदायले लोकतान्त्रिक पक्षधर नेपाली जनतालाई साथ दिन समेत आग्रह गर्नुभयो ।

अमेरिकाका क्षेत्रीय सम्मेलनहरुमा पहाडी

एम्नेष्टी इन्टरनेशनल अमेरिकाको उत्तर पूर्वी क्षेत्रको तीन दिवसीय क्षेत्रीय सम्मेलन १२ नोभेम्बरदेखि बोस्टन युनिभर्सिटीमा प्रारम्भ भएको छ ।

करिव ६ सय जनाको सहभागिता रहेको सो सम्मेलनमा अमेरिकाको उत्तर पूर्वी राज्यका मानवअधिकारवादीहरुको विशेष सहभागिता रहेको थियो ।

सम्मेलनको पहिलो दिनको मुख्य वक्ताका रुपमा एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्व सभापति कृष्ण पहाडीलाई आमन्त्रण गरिएको थियो । पहाडीले सम्बोधन गर्नुअघि उहाँका बारेमा बनाइएको वृत्तचित्रसमेत प्रस्तुत गर्दै उहाँको विशेष परिचय गराइएको थियो ।

पहाडीले उक्त सम्मेलनलाई सम्बोधन गर्दै नेपालमा लोकतान्त्रिक गणतन्त्रका लागि प्रारम्भ भएको संर्घषमा समग्र युवा पुस्ता होमिएको र जनजीवनको प्रत्येक क्षेत्रले समेत समर्थन गरिसकेको सन्दर्भमा चाडैं नै नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना हुने विश्वास गर्नुभयो ।

यो निर्णायक लडाइँमा स्वतन्त्रताका पूजारीहरु निरन्तर रुपमा अगाडि बढ्ने र जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको बताउँदै उहाँले अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर अनुगमन तथा सहयोग पाउँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
पहाडीको मन्तव्य पछि सहभागीहरुले नेपालको मानवअधिकारका बारेमा विशेष चासो राख्दै विभिन्न प्रश्नहरु राखेका थिए र उहाँले त्यसको जवाफ दिनुभएको थियो ।

पहाडीको मन्तव्य सकिएपछि सहभागीहरुले उठेर लामो समयसम्म ताली बजाएर सम्मान व्यक्त गरेका थिए ।
यसैगरी पहाडीले ११ तारिखका दिन बोस्टन कलेजमा आयोजित अर्को छुट्टै कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
अमेरिका बसाइका क्रममा स्थानीय सञ्चारमाध्यमहरुले समेत पहाडीप्रति विशेष चासो देखाउँदै आएका छन् भने विभिन्न वेबसाइटहरुमा पहाडी सम्मिलित कार्यक्रमका बारेमा विशेष प्रचार गरिएको छ ।

पहाडी शनिबार राति नै एम्नेष्टी अमेरिकाको पश्चिमी क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सान फ्रान्सिस्को पुग्नुभएको छ ।

(माथिका दुई समाचार मेरो संसारमा प्रकाशनका लागि नेपालीपोस्ट प्रतिनिधिबाट प्राप्त भएको हो)

1 Comment »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/11/13/krishna-pahadi-in-boston/trackback/

  1. ;Sg]5 ltdLn] ;kmntf r’Dg====

    —lgng s’df/ y]Rjld -gf}= !@, )%_

    z’e lbgsf] cfudgnfO{ x]/L
    nfhsf] 3′D6f] p3f/]/ lg:s
    eml/ kl5 p8fPsf] 3fdem}
    3g3f]/ 36fnfO{ kmf]/]/ lg:s

    v’zLn] /Dg]5, ;’vLn] gfRg]5g
    lg/+s’zn] lgy’|Ss leh]sf r/fx?
    afbn nfu]sf] sfn/fqL kG5fO{
    rlDsnf] ls/0f af]s]/ lg:s

    gf}nf] ljxfgLn] sfn/fqLnfO{ km]/L
    zflGt / ljsf; lnP/ lg:s
    n+Ë8f]n] kfPsf] alnof] cfF9em}
    c6ntfsf cd[t lkP/ lg:s

    ;Sb}gg ltdLnfO{ kxfbn] 5]Sg
    ;Sb}gg ltd|f k|z+;fx? d]6g
    ;[hgfsf] lbof] x[bodf afln
    b’vLx?sf] ;xf/f eP/ lg:s

    a? ..
    yflklbpFnf sfFw, xftuf]8f 6]sL
    lg/+s’; lj?4 a9g] kfO{nfnfO{
    wlt{sf] nflu l;+lrPsf] kfgLem}
    aufP/ /ut, yflklbpFnf uf]nL

    g/f]s ..
    g/f]s ltd|f cu|ufld kfO{nfx?
    ;d’Gb| r’Dg au]sf] vf]nfem}
    kfpFg]5 Pslbg ;kmntf r’Dg
    sfn/fqLnfO{ lr/]/ pbfosf] ;”o{em}

    Comment by Nilan — November 14, 2005 @ 9:38 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.