भिडियो ब्लगः लोकतान्त्रिक गजल
मेरो संसार अब मात्र मेरो संसार रहेन। अब यो तपाईँ हामी सबैको साझा संसार भएको छ। यसै क्रममा आज मेरो इमेलमा एउटा लोकतान्त्रिक गजल आइपुगेको छ। पहिलो पटक मलाई पाठकबाट भिडियो ब्लग प्राप्त भएको हो। हेरेँ र सुनेँ, डा. दीपक खड्काले नोभेम्बर ६ तारिखमा न्युयोर्कमा मानवअधिकारकर्मी कृष्ण पहाडीको आतिथ्यमा भएको नागरिक सभामा वाचन गर्नुभएको गजल रहेछ। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्। गजल पढ्न चाहनुहुन्छ र डाउनलोड नगरी सीधै भिडियो हेर्न चाहनुहुन्छ भने भित्र आउनुहोला।
पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट जर्याकजुरुक अब
उठ्यो, उठ्यो, उठ्यो मेरो मुलुक अब
सुक्न, खाँदिन र कुहिन अस्वीकार गर्दै
हरियै साग हुने हक खोज्दैछन् गुन्द्रुक अब
गर्धन झुकेन हाम्रो नझुक्ने कारणले भने
मर्दन भो बुटको लाठीको तुजुक अब
घाउ ईन्कार गर्नेहरुलाई घाउ बकाउन
आउ छर्किदिउँ घाउमा नुनचुक अब
बाटै नभेटेका र बाटो बिराएकाहरु
आउ, आउ, सच्याउ गल्ती-भुलचुक अब
रिसाउ कि खुसाउ, अब सक्तैनौं सहन
बिसाउ, नत्र भने खोस्न आयौं बन्दुक अब
भाग्य आफ्नै, निर्णय आफ्नै, लालमोहर पनि आफ्नै
लेख्तैछौं जनता मालिक भएको तमसुक अब


dipak ji,
pahadi ji ko chakadi garnu bha ko ho?
Comment by kpp — November 15, 2005 @ 7:53 am
Umesh Je!
Gajal Ramro Lagyoo!
Hope to more!
Comment by Nilan — November 15, 2005 @ 9:45 am
Dipakji,
Thanks for your very real and objective “Gazal”. Even staying far away from homeland, your judgement about the scenario of Nepal through your Gazal seems quite accurate.Hope such contribution will appear from you in the days ahead.
Kedar Nath Ghimire
Comment by Kedar Nath Ghimire — November 15, 2005 @ 10:46 am
Hello Umesh jee
Derai ramro 6 gajal ani pragati ko shikhar ma pugdai hunununchha aja ramro prayash gardai janu ganthabbya samma pugna derai samaye lagne chhaina.Ajai ramra ra mithas youkkta samachar haru didai janu hami prawashi harulai …………
la ta bye
Comment by br — November 15, 2005 @ 4:56 pm
KPP wrote:
>dipak ji,
>pahadi ji ko chakadi garnu bha ko ho?
KPP ji,
वास्तवमा तपाईको अनुमान सहि छ । चाकडी भने पनि जे भने पनि मैले पहाडीजी, जो मेरो कलेज-सखा समेत हुनुहुन्छ, लाई दुई बुँदे अपिल/स्मरण गराएँ, गजल वाचन गर्नु पूर्व ।
(शब्दान्तर भएका होलान्, किन्तु भाव निम्नानुसार नै थिए)
१. राजनैतिक दलहरु, खास गरेर प्रमुख दलका सर्वोच्च नेतृत्व, मानसिक र भौतिक दुवै रुपमा लोकतन्त्रिक जनआन्दोलनको नेतृत्व गर्न तयार नभईसकेको अवस्थामा, दलहरुले कम्तीमा आन्दोलनको लागि जनस्वीकार्य नेतृत्व अगाडि नल्याए सम्मको लागि जनआन्दोलनको वस्तुत: (de facto) राजनैतिक नेतृत्व नागरिक आन्दोलनले प्रतिनिधित्व गरिरहेको छ ।
[मैले पुरानो हिन्दी चलचित्र “गाईड” को उदाहरणद्वारा कसरी ‘नागरिक समाज’ ले चाहेर वा नचाहेर यसको काँधमा राजनैतिक नेतृत्व परिरहेको स्वीकार (acknowledge) गर्नु पर्ने अवस्था आएको छ भनेर स्मरण गराउने चेष्टा गरें ]
२. नागरिक आन्दोलन (क) राजाको विरुद्ध एक मोर्चामा मात्र नभएर अरु दुई अलोकतान्त्रिक शक्ति/चरित्र समेतको गरि तीन मोर्चामा संघर्षरत रहेको घोषणा हुनुपर्छ । ती थप दुई शक्ति/चरित्र हुन्, (ख) राजनैतिक दलका सर्वोच्च नेतृत्वको अलोकतान्त्रिक र अवान्छनिय ईतिहास र वैचारिक अस्पष्टताको वर्तमान, र (ग) माओवादीको हिंसात्मक विधी र साम्यवादी शिक्षा-दिक्षा ।
[ घोषणाको औपचारिकता मात्र हो यो वास्तवमा । यथार्थमा नागरिक आन्दोलनमा अघोषित रुपमा मा दलहरुको कमजोरी र माओवादीहरुको अतिसंग लड्ने भावना (spiriti) निहित छ ]
यहाँ यो पनि थप्न चाहन्छु, यी पछिल्ला दुई मोर्चामा वास्तवमा प्रगति/सफलता का केहि संकेतहरु आईसकेका छन् । माओवादीहरुको निशस्त्रिकरण र लोकतान्त्रिक गणतन्त्रको मूलधारमा गृहप्रवेश र संसदिय दलहरुको आत्मसमिक्षा एवं वैचारिक, सांगठनिक र मानसिक लोकतान्त्रिकरणको दिशामा केहि वचनबद्धता र केहि शिशुकदम चलेको समेत देख्न सकिन्छ । यो प्रगति नागरिक समाजको लोकतन्त्रप्रतिको दृढ प्रतिवद्धताको फल हो, माओवादी र दलहरुको आत्मपहलकदमीमा भएको होईन ।
यी प्रगतिलाई निरन्तरता र अभिवृद्धि दिन र अब हुने विराट लोकतान्त्रिक परिवर्तन (जुन अवश्यंभावी छ) को उपलब्धिलाई जगेर्ना गर्ने राष्ट्रिय एकता निर्माणको लागि समेत “नागरिक आन्दोलन” ले निर्णायक भूमिका खेल्नेछ ।
“नागरिक आन्दोलन” को सबभन्दा महत्वपूर्ण स्वरुपगत विशेषता के हो भने, दलहरुको जस्तो नेतृत्वको जडता नहुनु । यो आन्दोलनको नेता, कार्यकर्ता, समर्थक, प्रवर्धक वा जेसुकै हुन जोसुकैलाई स्वतन्त्रता र खुला द्वार उपलब्ध छ । यो स्वरुपमा कुनै परिवर्तन हुनु हुँदैन । यो स्वतन्त्र र लोकतान्त्रिक स्वरुप नै यसमाथि जनविश्वास र जनसम्मानको आधार हो र यो नै यसको सम्पूर्ण शक्ति र सम्पत्ति पनि हो ।
नागरिक आन्दोलनमा कुनै विचलन आयो भने नेपालको भविष्य के होला भनेर कल्पना पनि गर्न सकिदैन । त्यसैले यसलाई सम्पूर्ण लोकतन्त्र र स्वतन्त्रता प्रेमीहरुले सम्पूर्ण समर्थन र प्रतिपलको होशियारीद्वारा संरक्षण संवर्धन गरौं ।
दीपक खडका
हाल न्यू जर्सी, सं रा अ
Comment by Deepak Khadka — November 16, 2005 @ 4:06 am
दीपक जी,
तपाईँका कुरा सत्य होलान्। तर खै त नागरिक समाजमा नेतृत्व लिनसक्ने व्यक्ति ? उनीहरु त उही भ्रष्ट नेताहरु कै नेतृत्व चाहिन्छ भन्छन्। त्यसो भए सम्म हामी तपाईँको शब्दमा गुन्द्रुक नै भएर कोचिन बाध्य हुन्नौँ त ?
Comment by शुभेच्छुक — November 16, 2005 @ 4:20 am
Dipak ji,
Tapai kina Nepal ma gayera ganatantra ko wokalat garna saknu hunna? America ma basera gossip garna jatti sajilo chha nepal ma gayera tehi bachan garna lai sayed falam ko chiura chapaye jasto hunchha hola. Can you become exemplery by leading the mass in nepal than leading a ’sano tudaki’ life in new york?
Comment by chankhe — November 16, 2005 @ 4:44 am
शुभेच्छुक लेख्नुहुन्छ:
>दीपक जी,
>तपाईँका कुरा सत्य होलान्। तर खै त नागरिक समाजमा नेतृत्व लिनसक्ने व्यक्ति ?
>उनीहरु त उही भ्रष्ट नेताहरु कै नेतृत्व चाहिन्छ भन्छन्। त्यसो भए सम्म हामी
>तपाईँको शब्दमा गुन्द्रुक नै भएर कोचिन बाध्य हुन्नौँ त ?
शुभेच्छुकज्यू,
नागरिक आन्दोलनका केहि संयोजकहरुले राजनैतिक दलहरुलाई आन्दोलनको नेतृत्व गर्न गरेको आव्हानलाई म सकारात्मक अर्थमा बुझ्ने प्रयासमा छु । प्रयास is the key word here.
यो सकारात्मक अर्थ (अनर्थ पनि हुन सक्छ है, सम्भावनाको कुरा हो) के हो भने, दलहरुले आफ्नो सारा कुडाकर्कट यथावत नै राखी (अर्थात त्यसबारे गरिनु पर्ने कुरा आन्दोलन सफलतापूर्वक टुङ्गिए पछि मात्र गरिने गरी ) अहिलेलाई आन्दोलनको नेतृत्व लिनु प-यो भनेको नभई नेतृत्व लिनको लागि योग्य बनिदिनु प-यो भनेर आव्हान गरेको हो ।
यदि त्यसो होईन र दलहरुको वर्तमान कुहिएका फलहरुलाई नै आन्दोलनको सेनापति बनिदिनुप-यो भनेको हो भने यो अत्यन्त गम्भिर त्रुटी हो ।
*** *** ***
जहाँसम्म नागरिक आन्दोलनमा “नेतृत्व लिन सक्ने व्यक्ति” हुनुपर्ने वा भए नभएको प्रश्न छ, मेरो विचार अलिक भिन्न छ, भनौं अलि खुकुलो छ । मेरो विचारमा यो आन्दोलन कुनै एक charismatic व्यक्ति विशेषको अगुवाईमा भन्दा खुकुलो र खुल्ला सामुहिक संयोजकत्व (नेतृत्व भन्ने शब्द समेत प्रयोग गर्न पर्दैन) मै हुनु वान्छनिय छ ।
यसको पक्षमा मेरो बहस यस्तो छ –
जुन आन्दोलनको लक्ष स्पष्ट हुँदैन केवल बार्गेनिङ गर्दै जाने योजना हुन्छ (जस्तो “सात दलको आन्दोलन”) त्यस्तो आन्दोलनमा कुनै एक वा बढी charismatic व्यक्तिहरुको नेतृत्व हुनु वान्छनिय हुन्छ । (सात दलहरुको आन्दोलनको अनेक दूर्भाग्यहरु मध्ये सबभन्दा ठूलो शायद यस्तो सेनापतिको अभाव नै हो )
जुन आन्दोलनको लक्ष स्पष्ट हुन्छ र दृढता पनि [”नागरिक आन्दोलन” को स्पष्ट लक्ष “लोकतान्त्रिक गणतन्त्र” नै हो यद्यपि यसलाई संक्षिप्तमा वा संकेत भाषा (code word) मा वा कुनै कुनै सैद्धान्तिक (hypothetical) सन्दर्भमा राजाको शुन्याधिकारको अर्थमा “लोकतन्त्र” शब्द प्रयोग गर्ने गरिएको छ ) त्यहि लक्ष र दृढताले अगुवाईको भूमिका पुरा गर्ने भएकोले व्यक्ति विशेषको भूमिका गौण हुन्छ । वास्तवमा व्यावहारिक जीवनमा देखिने व्यक्तिगत कमजोरीले आन्दोलनलाई हानी हुन नदिने प्रत्याभूति पनि हो सामुहिक नेतृत्व/संयोजकत्व ।
त्यसैले “नागरिक आन्दोलन” को वर्तमान सांगठनिक स्वरुपबाट खुशि नै छु म ।
Deepak
Comment by Deepak Khadka — November 16, 2005 @ 7:10 am
Chankhe wrote:
>Tapai kina Nepal ma gayera ganatantra ko wokalat garna
>saknu hunna?
चङ्खेजी,
प्रवासी नेपालीले प्रवासबाट स्वदेशको लोकतन्त्रको आन्दोलनलाई सहयोग पु-याउन सक्तैनन् भन्ने आशय त होईन तपाईको ?
आशा छ, तपाईको आशय यो थिएन ।
Comment by Deepak Khadka — November 16, 2005 @ 7:26 am
धन्यवाद दिन त अवसरै पाएको छैन । ल अब यो मौकाको उपयोग गरिहालुँ ।
सर्वप्रथम उमेशजीलाई धन्यवाद यो video clip लाई ब्लगमा स्थान दिनुभएकोमा । आत्मप्रचारको सुख त भैगो, प्रतिक्रिया को प्रतिक्रिया दिने प्रसंगमा मेरा केहि थप विचारहरु समेत पोख्न पाएँ । औधी खुशि छु ।
त्यस पछि केदारजी, जो सम्भवत: मेरो अर्का विश्वविद्यालय सखा हुनुहुन्छ, लाई प्रिय शब्दहरुको लागि, प्रोत्साहनको लागि ।
दीपक
Comment by Deepak Khadka — November 16, 2005 @ 7:41 am
Good Deepak Je!
Tapaiko Saidantik B4 जुन आन्दोलनको लक्ष स्पष्ट हुँदैन केवल बार्गेनिङ गर्दै जाने योजना हुन्छ (जस्तो “सात दलको आन्दोलन”) त्यस्तो आन्दोलनमा कुनै एक वा बढी charismatic व्यक्तिहरुको नेतृत्व हुनु वान्छनिय हुन्छ । (सात दलहरुको आन्दोलनको अनेक दूर्भाग्यहरु मध्ये सबभन्दा ठूलो शायद यस्तो सेनापतिको अभाव नै हो )
Maa Manchu!
यदि त्यसो होईन र दलहरुको वर्तमान कुहिएका फलहरुलाई नै आन्दोलनको सेनापति बनिदिनुप-यो भनेको हो भने यो अत्यन्त गम्भिर त्रुटी हो ।
This is truth! Yas Baraya Gamvir ruplay Soochnuu parcha! Tara Khoiee! Garlaa Just Chaina!!!
Comment by Nilan — November 16, 2005 @ 10:02 am
Dipak ji,
Hoina byare, tapai lai tettikai jiskai diyeko matra ho! Dukha namannu hola, kuro tetti matra ho.
Comment by chankhe — November 16, 2005 @ 1:31 pm
दीपक जी ! तपाइको स्वर भेडाको जस्तो सुनिन्छ । तर लय ताल र स्वार नमिलेपनि तथाकथित यो गजलले चेतनाको स्वर भने बोकेको रहेछ है। अरुपनि लेख्दै गर्नुहोला।
Comment by Ramhari Koirala — November 16, 2005 @ 10:27 pm
गजल साहित्य सम्बन्धी एउटा प्रविधिगत टिप्पणी ।
गजलको एउटा महत्वपूर्ण नियम “बहर” (meter) को परिपालना भएको छैन यो गजलमा । त्यसैले यो अपूर्ण गजल हो ।
त्यस बाहेक, मूलत: यो “प्रचार साहित्य” (propaganda) कोटीको रचना भएको हुँदा स्वभावत: सन्देशले बढी जोड र कलात्मकताले कम जोड वा बेवास्ता पाएको छ ।
गजलको एक विद्यार्थी (एकलव्य कोटीको) भएको नाताले मेरा केहि प्रयासहरु पाठकहरुलाई देखाउने लोभ संवरण गर्न सकिन । केहि links,
http://nepalikavita.com/contents.php?files=archive/2060/magh/magh-26-2060
http://www.nepalikavita.com/contents.php?files=archive/2061/shravan/shravan-28-2061
http://www.sajha.com/sajha/html/userinfo.cfm?username=Nepe
दीपक
Comment by Deepak Khadka — November 17, 2005 @ 1:15 am
Deepakji;
I am quite surprised that people like you never come up in the politics and we expect “Chandre, Surye, Gyane, Prachande” to lead us. You have multi-facet talents and very precise analytical mind on every aspect of life. I attended a couple of human rights lectures by many social pillars such as Pahadi, Kanakji and many more. They all gave me the same answer that “They want to remain as a watchdog to these political entities”. No wonder why we are watching like dogs. Please educate me here - how can we help on a daily basis (not occasional bhasans or lectures only) to practice democracy in life. How people like us need to get involved in the politics and lead the coutry as we want. People want to stay away from politics and from other aspect comeent on them when others make mistakes.
For example, I know it’s a bad example but still, why there are no good politicians in Gyanendra’s regime. I don’t know where he even mentioned…’Good people don’t help me and the people who are - are not good’..or something like that. ‘Change the system by being a part of it - or change staying outside’ is a question - always comes into my mind. How other legitimate activitists answer this question??
Comment by Ananta Risal — March 10, 2006 @ 7:34 am
Hello Dai…. Nepal ab pahileko jasto bni skya hoin t ab Nepal ma saanti ko mito paluwa palai rhe ko cha…ab Nepali saahitya ani kabi haru ka bhawana haru bahir janta ko sumu parstut hunechan…Nepal ma ab sabai bhai ani Des baasi ek family banne bhaye…
Comment by Dharmanand Joshi — July 9, 2006 @ 11:51 pm
दिपक जी|
गाजल गाएर समस्याको समाधान हुने भए म आइनआइ भए पनि हजार गजल गाइदिन्थे । मुखले मात्र होईन काम गरेर देखाउनु पर्यो नि कि कसो ?न्यू जर्सीमा बस्ने अनि खोक्ने |यो अलि सुहाएन |
Comment by navin — July 26, 2006 @ 4:35 am
राम्रो लाग्यो । ज्यादै राम्रो ।
आजलाइ यति भन्न चाहन्छु ।
राजु
Comment by राजु रिमाल — August 24, 2006 @ 3:51 pm
gajol lekhda mathi ko 2 harap ser hunchha ra 3 namilda pani hunchha ,4kaphiyako rupma milnu parchha .natra gajol radik hunchha.
indra jijibisha( malaysiya)
jijibisha_indra@hotmail.com
166893558 phone
Comment by jijibisha — May 23, 2007 @ 9:30 am
hi
happy new year 2065 ko u laxma
plase me kaviti febrota
thank
Comment by bhoj raj — April 18, 2008 @ 5:05 pm