November 15, 2005

भिडियो ब्लगः कोही छ प्रधानमन्त्री बन्ने ?

२०६२ कात्तिक २९ मंगलबार
अर्जुन पराजुलीको नाम यो ब्लगका पाठकहरुका लागि अब नौलो नाम नभइसक्यो। उनका कविता, मात्र कविता हैनन्, त्यसमा शब्दको गोली हुन्छ, जसले निरंकुशतालाई निरन्तर प्रहार गर्छ। वास्तवमा मेरो संसारका अडियो भिडियो सामाग्रीमा सबैभन्दा बढी लोकप्रिय उनकै कविता भएका छन्। कीर्तिपुरको नागरिक सभामा वाचन गरिएको यो कविता हालसम्म सबैभन्दा बढी ५ हजार ७१ पटक सुनिएको छ। उनै अर्जुन पराजुलीले आइतबार नयाँ बानेश्वरको लोकतन्त्र चोकमा वाचन गरेको कविताको भिडियो ब्लग यहाँहरु समक्ष प्रस्तुत गर्दैछु। यसलाई हेर्न यहाँ क्लिक गर्नुस्।
भिडियो हेर्न नसक्नेहरुका लागि दुईवटा कविता भित्र राखेको छु। बाँकी

कोही छ प्रधानमन्त्री बन्ने ?
****************

नेपाल नाउँको एउटा गाउँमा
काठमाडौं नाउँको एउटा ठाउँ छ
जुन ठाउँमा जनताको
एउटा धाराबाट पनि पानीको थोपो चुहिँदैन
जंगबहादुरका १२७ वटै धाराबाट
रगतको भल बग्छ
पानीको साटो पिइदिँदा पनि
सकिँदो रहेनछ रगत
धाराको टुटी त्यसै छाडिदिँदा पनि
सकिँदो रहेनछ रगत
लागेको छ मलाई अब रगतले सिंचिएर
तरकारी खेती गरुँ भन्ने
खेतालो पाए हुन्थ्यो
नयाँ तरिकाले करेसाबारी खन्ने
कोही छ प्रधानमन्त्री बन्ने ?

बोल्नलाई कञ्जुस्याइँ नगरिकन बोलिदिने
लोकतन्त्र मास्न सघाउने वा आफैले मास्न सक्ने
स्वच्छ छवि नाम गरेको स्टिकरमा आफ्नो ज्यान लपक्कै टाँस्न सक्ने
भत्ता बढाउने काम खुरुखुरु पहिल्यै गर्ने
चुनाव अन्त्य कहिल्यै नगर्ने, सुरु अहिले गर्ने
शव वाहनलाई लोकल थर्रा खुवाएर
सडकमा छाडा छाडिदिने र मान्छे टिपेर ले भन्ने
कोही छ प्रधानमन्त्री बन्ने ?

भजन गाइदिने
पर्खाल आरोहण गर्न खोजे भर्‍याङ लाइदिने
जंगदरबारबाट च्योए च्योए भन्दा
सिंहदरबारबाट पूच्छर हल्लाउँदै आइदिने
अर्‍हाएको मान्ने, नाइँ नभन्ने
जति हसुरे पनि खाएँ नभन्ने
कोही छ प्रधानमन्त्री बन्ने ?
*************************
जनताले राज्य चलाउँदा
देशमा झ्यालखाना हुन्छ
डाकाहरुले राज्य चलाउँदा
झ्यालखानामा देश हुन्छ

ए डाकाहरु हो,
मलाई झ्यालखानामा लगिदेउ
किनभने मलाई मेरो देश भेट्न मन छ

3 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/11/15/video-blog-arjun-parajuli/trackback/

  1. haina haina,,,,,,,, daka vanda ta chor lai nai Prime-minister baunu parcha hai….

    Comment by chor — November 15, 2005 @ 4:17 am

  2. khatara.com chha ho kabita ta…
    arjun parajuli ko creation pani jange tarbar bhanda dharilo chha.chattai katne khalko, bhalai yasle naramro lai katne gareko chha.

    Comment by Man Bahadur, South Korea — November 15, 2005 @ 4:21 am

  3. i like arjun parajuli’s poem very much and ure website too. please go forward i’m ready to help u.

    Comment by rabiraj baral — March 12, 2006 @ 11:24 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.