भएभरका सबै दिल्लीमा, आखिर के हुँदैछ त्यहाँ ?
२०६२ मंसिर १, बुधबार
२००७ सालको क्रान्तिका निर्णायक क्षणहरु नेपालका सहर र पहाडमा हैन, दिल्लीको टेबलमा लडिएको थियो रे। अब अहिलेको लोकतान्त्रिक आन्दोलनको नियति पनि त्यस्तै हुने लक्षण देखिँदैछ। दिल्लीबाट फर्किएको एक हप्ता पनि नबित्दै नेकपा एमालेका महासचिव माधवकुमार नेपाल आज फेरि दिल्ली पुग्नुभएको छ। उहाँसितै एमालेका अर्का नेता केपी शर्मा अोली पनि हुनुहुन्छ। काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला त त्यहाँ छँदै थिए, संयुक्त जनमोर्चाका अमिक शेरचन, नेपाल सदभावना पार्टीका महासचिव हृदयेश त्रिपाठी, नेकपा एकता केन्द्रका प्रकाश पनि दिल्लीमा नै हुनुहुन्छ। अनि त्यतिमात्र हो र, अमेरिकी राजदूत जेम्स एफ मोरिआर्टी र भारतीय राजदूत शिवशंकर मुखर्जी पनि कहाँ हुनुहुन्छ त ? दिल्लीमा नै। आखिर दिल्लीमा के हुँदैछ त ? बाँकी (more…)
विश्व सुन्दरीको मौसम छ अहिले। हाम्री सुगरिका पनि चीनमा छिन् अहिले। यसपटक पनि मिस वर्ल्ड प्रतियोगितामा दर्शकको मताधिकार सुरक्षित छ रे भन्ने सुनेपछि लौ न त नराम्री भए पनि हाम्री सुगरिकालाई भोट दिइहालौं न त भनी 
