November 16, 2005

भएभरका सबै दिल्लीमा, आखिर के हुँदैछ त्यहाँ ?

२०६२ मंसिर १, बुधबार
२००७ सालको क्रान्तिका निर्णायक क्षणहरु नेपालका सहर र पहाडमा हैन, दिल्लीको टेबलमा लडिएको थियो रे। अब अहिलेको लोकतान्त्रिक आन्दोलनको नियति पनि त्यस्तै हुने लक्षण देखिँदैछ। दिल्लीबाट फर्किएको एक हप्ता पनि नबित्दै नेकपा एमालेका महासचिव माधवकुमार नेपाल आज फेरि दिल्ली पुग्नुभएको छ। उहाँसितै एमालेका अर्का नेता केपी शर्मा अ‍ोली पनि हुनुहुन्छ। काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला त त्यहाँ छँदै थिए, संयुक्त जनमोर्चाका अमिक शेरचन, नेपाल सदभावना पार्टीका महासचिव हृदयेश त्रिपाठी, नेकपा एकता केन्द्रका प्रकाश पनि दिल्लीमा नै हुनुहुन्छ। अनि त्यतिमात्र हो र, अमेरिकी राजदूत जेम्स एफ मोरिआर्टी र भारतीय राजदूत शिवशंकर मुखर्जी पनि कहाँ हुनुहुन्छ त ? दिल्लीमा नै। आखिर दिल्लीमा के हुँदैछ त ? बाँकी

हामी नागरिकको भविष्य निर्धारण गर्ने कुरा हामीलाई थाहा हुनुपर्ने हो कि हैन ? नेताहरु किन चुप छन् ? उनीहरु किन हाम्रो सुसूचित हुने अधिकार खोस्दैछन् ? किन दिल्ली स्वास्थ्य उपचारका लागि गएको मात्र भन्छन् ?

भएभरका सबै दिल्लीमा भएपछि सबैले सहजै अनुमान गर्न सक्ने कुरा हो कि त्यहाँ कुनै ठूलै खिचडी पाक्दैछ। तर त्यो खिचडी त्यस्तो देशको भूमिमा पाक्दैछ, जसले सदा आफूलाई मात्र बढी खिचडीको भाग खोजेको छ, आफ्नै स्वार्थलाई बढी ध्यान दिएको छ। जनता हार्ने वा अन्ततः नेपाल हार्ने दिन नआअ‍ोस्, हामीले नेताहरुलाई भन्ने कुरा त्यही नै हो।

कतै २००७ सालमा वीपी कोइरालाको आत्मकथामा उल्लेख भए जस्तो अचानक “तय हो गया” भनेर नेताहरुले सुन्नु पर्ने त हैन ?

वीपीले लेखेका छन्-

दिल्ली सम्झौताका बारेमा जो भन्दछन्, त्यो सम्झौता यही हो। हामीहरुको मोहन समसेरको ग्रुपसँग कुनै कुरा भएन सम्झौता गर्ने प्रक्रियामा। कुराहरु जवाहरलालजी मार्फत् भए। जवाहरलाल नेहरुले पनि कुनै ठोस कुरा गरेका होइनन्। राजाले त्यसमा कुनै भाग लिएका हैनन। अरुहरुसँग कुरा गरेको भए मलाई थाहा छैन। एउटा काल्पनिक कुरा हो दिल्ली सम्झौता भनेको।

म प्रतीक्षा गरिरहेको छु राउन्ड टेबल कन्फरेन्सको लागि, सबै पक्षहरु सम्मिलित भई वार्ता गर्नका लागि। तर त्यो हुँदैन। छुट्टाछुट्टै हामीहरुसँग कुरा गर्छन् जवाहरलालजी, मिलेर काम गर्नुपर्छ भन्दछन्। त्यही एउटा राग। “उपाय तो आप लोगोंको तय करना है” भन्दछन् उनी। तर राणाहरुसँग हाम्रो कुरै हुँदैन। उनीहरुसँग पनि अलग्ग कुरा गर्दा रहेछन्।

अहिले पनि यस्तै भइरहेको त छैन ?

यो पनि हेर्नुस्

१) ओली र नेपाल फेरि भारतमा (ब्लगर नेपाल)
२) दिल्लीमा दल र माओवादीबीच एघार सहमति(महानगर/कलमवीरहरुका कलम)
3) Top UML leader leaves for New Delhi (Nepalnews)

3 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/11/16/all-are-in-delhi/trackback/

  1. hope well done

    Comment by das — November 16, 2005 @ 9:57 pm

  2. Umesh,

    I appreciate your concern. However, this time it is also a chance for India to show that it is worthy of world power, that it can make peace in its backyard. It is also tired of king and his tantrums at SAARC probably didn’t endeared him to India either.

    Now, say whatever we want to say about 2007 ko Delhi Samjhauta, it actually threw Rana’s away from govt, didn’t it? That too without any major bloodshed. Delhi samjhauta had a lot of mistakes, but it also had a positive point: some lives were saved, Ranas left quite peacefully (well, may be not entirely so).

    Let’s be confident in ourselves. Let’s give our weak/moron leaders one more chance to do right thing. If they ended up establishing peace, what more do we need?

    Comment by chinta — November 17, 2005 @ 1:23 am

  3. yo pakka ho neta haru le chhittai nai desh India lai jimma lauchhan, lendup le Sikkim diye jastai garee.
    Mao badi sanga dherai barta bhayeka chhan , tyo sab aafnai desh ma.. yee bharatmukhee neta haru lai kin ateta janu paryo tyo maobadee haru sanga barta garna.
    Yee neta haru le desh ko sheer nihurai sake bideshi ko agadee.
    Bhalai raja ko tarika pani thik chhaina, but, he at least has patriotism…..

    Comment by Man Bahadur, South Korea — November 17, 2005 @ 5:05 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.