एक भोटको एक डलर रे
विश्व सुन्दरीको मौसम छ अहिले। हाम्री सुगरिका पनि चीनमा छिन् अहिले। यसपटक पनि मिस वर्ल्ड प्रतियोगितामा दर्शकको मताधिकार सुरक्षित छ रे भन्ने सुनेपछि लौ न त नराम्री भए पनि हाम्री सुगरिकालाई भोट दिइहालौं न त भनी भोट हाल्ने साइटमा गएँ। एक जनालाई हैन, दुई जनालाई हाल्नुपर्ने रे। अर्को आफूलाई मन पर्ने जसलाई हाले पनि हुने रे। आफूलाई त थाइल्यान्डकी राम्री लाग्छ, उसैलाई चुनेँ। तर हामी जस्ताले के खाएर भोट दिन पाउनु नि ! एक भोटको एक डलर तिर्नुपर्ने रहेछ गाँठे।
पोहोर भने त्यस्तो थिएन। जसले पनि भोट हाल्न पाउने थियो। मैले पनि पायल शाक्यलाई भोट हालेको थिएँ। तर भोट यत्तिकै जाने नभएर इमेल एड्रेसमा कन्फरमेशन आउने रहेछ। अनि त्यहाँ भरमारका विभिन्न सर्वेका प्रश्नको जवाफ दिनुपर्ने रहेछ। त्यसैले झण्झट लागेर छाडिदिएको थिएँ। यसपालि भने धनीले मात्र भोट दिन पाउने भएछ।
बिचरी सुगरिका, त्यसै पनि नेपालीहरुले नराम्री भन्थे। पैसा तिरेर कसले भोट हाल्छ र अब उसलाई। भारत लगायतका अरु विभिन्न देशमा एसएमएस र फोनबाट पनि भोट हाल्न पाउने भए पनि नेपालमा त्यसको सुविधा छैन।
तपाईँमध्ये कसैलाई एक डलर तिरेर भोट हाल्ने मन भए सुगरिकाको भोटिङ कोड याद गर्नुस् है- MW 112


Yeah I am also thinking of a vote but I dont have dollar that is why i can only forward my good wishes to miss Nepal
Comment by Mahesh — November 16, 2005 @ 10:42 am
khai sabaile hamri mislai man parayanan malai bhane sarai man paryo kura chalaunu parchha kya ho umesh ji tapai nai bhannus ma ke garu
Comment by rajendra prasad nyaupane — November 16, 2005 @ 9:04 pm
k ho soltee dhamadham lekhdai ho ki kya ho? more ma ta kehi pani chaina ni delhi article ko
Comment by ram — November 16, 2005 @ 9:30 pm
afu ta saudi ma chhu saudi reyal hunchha bhane dinchhu .naramri bhaya pani afno bhana ko afnai ho ni haina ra ? my good wishes to miss Nepal
Comment by saurav — November 17, 2005 @ 12:02 am