राजाको साइटको बिजोग !
हेर्दै लाजलाग्दा गल्तीहरुको भरमार
२०६२ मंसिर १, बुधबार
राजा सूचना सम्मेलनमा भाग लिन सात समुद्र पारको ट्युनिसिया पुगेका छन्। तर यता आफ्नै देशमा उनको आधिकारिक वेबसाइटको भने बिजोग छ। ट्युनिसियाको सम्मेलनलाई इन्टरनेट सम्मेलन पनि भनिएको छ। शायद त्यताबाट फर्केपछि हेर्दै लाजलाग्दो गल्तीहरुको भरमार भएको आफ्नो साइटको सुधार गर्छन् कि उनले ? बाँकी
स्पेसटाइम पत्रिका निस्केको बेलामा राजाको साइटको बारेमा एउटा लेख लेखेको थिएँ शनिबारको अंकमा। त्यतिबेला भर्खर खुलेको थियो राजदरबारको साइट। त्यो लेखमा नेपालको मात्र हैन, विश्वभरका राष्ट्रप्रमुखहरुको साइटको बारेमा खोजिनीति गरिएको थियो। उ बेला साइट अंग्रेजीमा मात्र थियो। त्यसैले राष्ट्रभाषामा पनि राख्नुपर्यो भनी सुझाव राखेको थिएँ।
अहिले वर्षौंपछि त्यो साइटमा नेपाली भाषा पनि राख्न त राखिएछ तर कति बिजोग छ त्यसको भने नेपाली अलिकति मात्रै जान्नेले पनि हरे शिव ! के गरेको यस्तो ? भन्न बाध्य हुनेछ। मैले सुनेको, राजा इन्टरनेटका निकै सौखिन छन् रे। त्यसो भए आफ्नै साइटमा यतिविघ्न गल्तीलाई उनले किन सुधार्न आदेश नदिएका होलान् ? त्यसो त मलाई यहाँनिर राजा कै व्याकरणको पनि स्मरण गर्न मन लागिरहेको छ। पाटनमा पैदल यात्रापछि मौसूफले “प्रकार” भन्नुपर्ने ठाउँमा “परिकार” उच्चारण गरिबक्सेको थियो……साइटमा राखिएको राजाको बाल्यकालको तस्वीर।
आउनुस्, राजाको साइटका केही गल्तीहरुलाई नियालौं। शाहवंशको संक्षिप्त इतिहास शीर्षकमा यस्तो लेखिएको छ-
अभिलेखको आधारमा भन्न सकिने नेपालको पहिलो प्रामाक काल लिच्विकाल हो । लिच्विकालका अहिलेसम्म फेला पारिएका करीब द्दण्ण् वा अभिलेखहरु बा त्यस बेला नेपालमा राजतन्त्रात्मक शासन प़ति थियो भन्ने कुराको पुस हुन् । गणतन्त्रात्मक शासन पति भएको वैशालीमा शासन गर्ने लिच्विशासकहरुले नेपालमा भित्रिएप राजतन्त्रात्मक पतिको अनुसार गरेका थिए भन्ने कुरा इतिहासबाट बुभिन्छ ।
गन्नुभयो कति गल्ती छन् ? तपाईँले हाइस्कूलमा पढ्नुभएको इतिहासको कुरा बिर्सनुभएको भए कलेजमा पढेको नेपाल परिचय विषयलाई याद गर्नुस् त- यो “लिच्विकाल” भन्ने काल थियो त नेपालमा कहिल्यै ? अहँ पक्कै पनि थिएन। फेरि “पध्दति”लाई “पति” लेखिएछ। कहाँ पध्दति, कहाँ पति…..कुरो मिल्यो त ? त्यस्तो गल्ती यो पेजमा धेरै छन्।
तर रमाइलो भने मलाई यो चाहिँ गल्तीमा लाग्यो-
वि.सं. २०५८ ज्येष्ट १९ गते राति नारायणहिटि राजदरबारमा धटनाको अकल्पनीय धटनामा श्री ५ वीरेन्द्रवीरविक्रम शाहको देहावसान भयो ।
घटना लेख्न खोजेको होला, धटना रे। ढाँटेको कुरा भएर “ध” शब्द चिप्लिएको हो कि क्या हो ?
अनि यो पनि-
दुनिया भनेका राजाका धन हुन्न भन्ने उद्धोषण गर्ने श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहका सुयोग्य सन्तति श्री ५ महाराजाधिराज ज्ञानेन्द्रवीरविक्रम शाहदेवको सुशासनकालमा नेपाल र नेपालीको सर्वतोमुखी कल्याण हुने नै छ ।
दुनिया भनेका राजाका धन हुन्न रे। यसरी अर्थको अनर्थ बनाएर साइटमा राख्ने चाहिँ राजाको विरोधी हो कि के हो ? कारबाही गर्नु परेन भन्या त्यस्तालाई अब ?
नेपालको संविधान चाहिँ अझै नेपालीमा राखिएको रहेनछ। पहिले त यो ठाउँ खाली थियो। अहिले भने अंग्रेजीमा नै भए पनि राखिएछ। अंग्रेजीमा नेपालको परिचय पनि राखिएको छ। यो पेजमा नेपालको परिचयमा सगरमाथाको उचाई ८८७८ मिटर लेखिएको छ।
world’s highest mountains, including Mount Everest (29,128 ft./8,878 metres) which lies on its northern border
त्यसैको मुन्तिर भने (1) Sagarmatha (Mt. Everest) 8848 m,
लेखिएको छ। राजदरबारको आधिकारिक साइट कुनै सिकारु वेब डिजाइनरको पेज जस्तो हुनुहुँदैन। यसमा भएका कुरा आधिकारिक हुनुपर्छ। एउटै पेजमा दुई थरिका उचाइ दिएर गर्न खोजेको के ?


Waauu! Umesh Je!
Really Hasuthyooo! “Justo Chabi Usti Chaayaa”. “h:tf] 5lj p:t} 5fFof” ;/sf/sf] ;fd’ / cf;kf;df ljåfgx? ePsf] eP o:tf] x’g] g} lyPg lt!
Umesh je! Really You are Great!
Comment by Nilan — November 16, 2005 @ 9:51 am
aba Tunisia bata pharkera ayera godlaa ra thaha paaulau timile.:-)
Take care, bro.
Comment by chinta — November 16, 2005 @ 1:39 pm
मरेकै भएपनि दीपेन्द्रलाई राजा घोषणा गरेको होइन र? दीपेन्द्र पहिले नै मारिएको रहेछ भन्ने कुरा त राजाको लाइनमा उनको फोटो नभएबाट नै प्रष्ट भैहाल्छ नि। पाप विस्तारै कराउँछ, तर नारायणहिटीमैं कराउँछ। कि कसो?
Comment by Prakash Adhikari — November 16, 2005 @ 3:23 pm
खोइ त उमेश जी,
मैले त त्यस्तो गल्तीहरू त केहि भेटिन त।
Comment by Mahesh — November 17, 2005 @ 2:27 pm
ba le afai banaunu bhako ho tyo ta… aaba saat samundar paar bata web engineer layaune bhannu bhako chha… herum tyo m*** kasto chha aaba…. nabhaya j***** lai disco ma layera godaula…
Comment by Webdesigner — November 17, 2005 @ 4:28 pm
अरु पनि रैछन् ब्रो,
नारायनहिटी राजदरवार रे। म भएको भए “नारायाणहिटी राजदरबार” भन्ने थिंएँ।
अनि यो, दरबारको बजेट पनि किन राखेको होला? राख्ने भए बीरेन्द्रको पालाको बजेट पनि राखे पो दरबारको बजेट कति बढेछ भनेर हामीलाई पनि थाहा हुन्थ्यो। क्या जोक साइट रैछ बा!
हाम्रो युवराजको शोखमा कविता रचना पनि रैछ त! राजदरबारलाई मान्नै पर्छ। जो पनि कविता लेख्न सक्ने भावुक! अभिरुचि चाहिं वन्यजन्तु र वातावरण रे! नोबेल पुरस्कार पनि हान्न बेर छैन!
अनि उमेशजी, मलाई सधैं खुल्दुली लागेको कुरा एउटा छ। हैन, हाम्रो युवाराज पारस किन सधैं एउटै रङ्को टोपी लाइबक्सन्छ हँ? जुन ठाउँमा भएको फोटो हेरे पनि त्यो खैरो रङ्को टाटे टोपी। हुन त तपाईंलाई सोध्दैमा समाधान हुने खुल्दुली त हैन, तैपनि सोधिहालेको नि, च्याट्ट लाएर!!!
Comment by सुमन — November 28, 2005 @ 11:25 pm