राजा नआउँदै राजाको साइटमा सुधार
…तर अझै गल्तीहरुको भरमार कायमै
२०६२ मंसिर २, बिहीबार
हिजो राजाको साइटको बिजोग ! शीर्षकमा लेखिएको ब्लगपछि आज हत्त न पत्त राजाको साइटमा सुधार गरिएछ। जे होस्, मेरो संसारमा प्रकाशित कुरालाई पनि सम्बन्धित निकायले हेरेर त्यस अनुसार कार्य गर्दो रहेछ। यसका लागि धन्यवाद दिनुपर्छ उनीहरुलाई। यसअघि पनि सरकारको साइटमा राजाको बारेमा केही नलेखिएको भन्दै ब्लग गरेपछि तत्काल त्यसमा सुधार गरिएको थियो। त्यतिबेला भने दुई दिन लागेको थियो मेरो संसारको असर पर्न। यसपालि भने आजको भोलि नै सुधार भएछ। सुधार त गरिएछ तर मेरो संसारमा जुन-जुन कुरामा गल्ती देखाइएको हो, त्यहीमा मात्र सुधार गरिएछ। बाँकी कयौँ गल्ती भने अझै पनि जस्ताको तस्तै छ।
शाहवंशको संक्षिप्त इतिहास शीर्षकमा “लिच्विकाल”लाई “लिच्छविकाल”का रुपमा सुधार गरिएछ। अनि “पति”लाई पनि “पध्दति”का रुपमा सुधार गरिएछ। तर मैले साभार गरेको यी लाइन
अभिलेखको आधारमा भन्न सकिने नेपालको पहिलो प्रामाक काल लिच्विकाल हो । लिच्विकालका अहिलेसम्म फेला पारिएका करीब द्दण्ण् वा अभिलेखहरु बा त्यस बेला नेपालमा राजतन्त्रात्मक शासन प़ति थियो भन्ने कुराको पुस हुन् । गणतन्त्रात्मक शासन पति भएको वैशालीमा शासन गर्ने लिच्विशासकहरुले नेपालमा भित्रिएप राजतन्त्रात्मक पतिको अनुसार गरेका थिए भन्ने कुरा इतिहासबाट बुभिन्छ ।
लाई सकेसम्म सुधार गर्ने कोशिश गरे पनि चिप्लिन भने अझै चिप्लिएका छन् उनीहरु। माथिको लाइनलाई यसरी सुधार गरिएको छ-
अभिलेखको आधारमा भन्न सकिने नेपालको पहिलो प्रामाणिक काल लिच्छविकाल हो । लिच्छविकालका अहिलेसम्म फेला पारिएका करीब २०० वटा अभिलेखहरुबाट त्यस बेला नेपालमा राजतन्त्रात्मक शासन पद्धति थियो भन्ने कुराको पूष्टि हुन्छ । गणतन्त्रात्मक शासन पद्धति भएको वैशालीमा शासन गर्ने लिच्छवि शासकहरुले नेपालमा भित्रिए पछि राजतन्त्रात्मक पद्धतिको अनुसरण गरेका थिए भन्ने कुरा इतिहासबाट बुझिन्छ ।
यसमा पनि “पुष्टि” हुनुपर्ने ठाउँमा “पूष्टि” “भित्रिएपछि” हुनु पर्ने ठाउँमा “भित्रिए पछि” गरिएको छ। यो सानो उदाहरण साइटमा सुधार हचुवा तालमा गरिएको भन्ने प्रमाण देखाउन राखिएको हो। यस्ता गल्ती त साइटमा भरमार छन्। हैन, कोही प्रुफ हेर्ने मानिस राख्न बजेटले भ्याउँदैन कि क्या हो ? त्यसो हो भने म मात्र एक रुपैयामा सबै प्रुफ हेरिदिन तयार छु। तर मेरो शर्त- त्यो एक रुपैया भने म नागरिक समाजको आन्दोलनलाई दान दिन्छु…..रे क्या !
यतिको व्यङ्ग्य ठोकिसकेपछि भने अब गोरखापत्र सरी गोर्खापत्र कै प्रुफरिडर राखेर भए पनि साइटमा सुधार गर्लान् कि। नेपाली जनता आफना २१ अौं शताब्दीका राजाको साइटमा कुनै पनि गल्ती होस् भन्ने चाहन्नौं।
अझ केही रमाइला गल्तीहरु हेरौं न है-
वि.सं. २०५८ ज्येष्ट १९ गते राति नारायणहिटि राजदरबारमा धटनाको अकल्पनीय धटनामा श्री ५ वीरेन्द्रवीरविक्रम शाहको देहावसान भयो ।
यो धटनालाई घटना त बनाइएछ तर त्यसैको मुन्तिर यस्तो लेखिएको छ-
५५ वर्षको मौसूफको देहान्तपछि छोरा श्री छ युवराजाधिराज दीपेन्द्रवीरविक्रम शाह नेपाल अधिराज्यको श्री ५ महाराजाधिराज घोषित होइबक्सियो ।
हन, यो “हत्यारा” युवराजलाई किन एउटो सिरी बढाएर चाहिने जो श्री छ बनाइएको हो क्यारे, मुइले त बुझ्नै सकिनँ गाँठे !
दुनियाँ भनेका राजाका धन हुन्न लाई सुधार गरिएर हुन् बनाइएछ र सगरमाथाको उचाइ पनि मिलाइएछ। तर गल्ती अझै धेरै छन् है, सबै मैले नै बताइ दिने भए उहाँहरुको चाहिँ के काम भो र ! कसो ?


ooooooo nice
Comment by das — November 17, 2005 @ 9:44 pm
raja ko site jasto hos, chaahe toilet jastai kina nahos, timilai ke matlab, umesh?
Oonlaai duniyale ke bhanlaan bhanne laaj hune bhaye ke yetro bijog gardai hidthe? Timilai kina sakhulle bhayera hidnu pareko?:-) mantri banne bichar ta chhaina? new ministry kholera, Website ministry kholera, timilai website minister banaidina ber chhaina.
Comment by chinta — November 17, 2005 @ 11:53 pm
Ooomes ji,
Chyame le ta tapai ko jagir chat garyo garyo, bichara tyo raja ko webpage maker ko jagir timi kina khana khojchhau?
Comment by chankhe — November 18, 2005 @ 3:16 am
जागिर खुस्के पछि खुबसंग राजदरवारको चाकडि गर्नमा लागेको छ टिका लगाऊने बिचार छ कि के हो
Comment by शुभचिन्तक — November 18, 2005 @ 10:53 am
Umesh ji,
Going through your blog and your write ups, I just can say one thing- you are too brilliant, inttelligent and skilled guy.
Please keep up your work as on, and sharp your skills more and more. Use your talent for the ppl, for the society and for the country.
With regards,chandra from saudi.
Comment by Chandra S. Gurung — November 18, 2005 @ 12:35 pm
Umesh Je!
You are the great and you are the eye of bland. Hope! You will use more talent for society and people. GOd Blace you!
Comment by Nilan — November 19, 2005 @ 9:30 am
very nice ! Rajako barema lekhne Aat garekoma. keep it on.
Comment by Lure Bhatta — November 21, 2005 @ 8:29 pm
राजाको साइटको गल्तिका धेरै कुरा थाहा भयो तर राजाको साइटको नाम पनि दिएत आफैले हेर्न पनि पाइन्थ्यो होला कि कसो हो र?कि मैले गल्ति भनेर???????????
————————————
[एक दिनअगाडि गरेको ब्लगको फलोअप भएको भएर मैले यसमा राजाको साइटको लिंक जोड्न भुलेछु। तर यो ब्लगमा भने राजाको साइटको लिंक जोडिएको छ। भन्नु त पर्दैन होला, ब्लगमा बोल्ड गरिएको अक्षरमा क्लिक गर्यो भने लिंक खुल्छन् - मेरो संसार]
Comment by diya — November 27, 2005 @ 12:41 pm
cool! keep it up man …
Comment by Rajkumar — August 10, 2006 @ 3:21 am