दिल्ली बैठकमा राजाको प्रस्ताव अस्वीकृत
२०६२ मंसिर ३ शुक्रबार
दिल्ली बैठकको कुराले काठमाडौंको राजनीति एकाएक तातेको छ। जनतालाई अन्धकारमा राखेर छिमेकी देश भारतको राजधानीमा नेपालका सबै पार्टीका नेता र विदेशी कूटनीतिक नियोगका पदाधिकारीहरुको समेत संलग्नतामा भइरहेको सर्वपक्षीय वार्तामा राजाका समेत प्रतिनिधि रहेका छन् रे। राजाले प्रभाकर शमशेर राणालाई आफ्नो प्रतिनिधि बनाएर त्यता पठाएको भन्ने सुनिएको छ। अब तपाईँ भन्नुहोला, डिस्को कान्डमा आफ्ना छोरालाई मरणासन्न हुने गरी कुटिएपछि राजा र प्रभाकर शमशेरको सम्बन्ध बिग्रिएको हैन र ? हो पक्कै हो, तर पछिल्ला दिनमा राजा आफै प्रभाकर शमशेरको घरमा गएर सम्बन्ध सुधारिसकेको कुरा पनि हामीले पत्रपत्रिकामा पढेकै हौं।
सुनिएको कुरा चाहिँ के हो भने अमेरिकी राजदूत जेम्स एफ मोरियार्टी जुन विमान चढेर अस्ति दिल्ली जानुभएको थियो, त्यही विमानमा प्रभाकर शमशेर पनि थिए। उनले त्यहाँको “गोलमेच बैठक”मा राजाको सन्देश सुनाएका थिए रे।
राजाको सन्देशमा निम्न कुरा थिए रे-
-विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्ने।
-उक्त प्रतिनिधि सभाले माअोवादीसमेतको सहमति लिएर संविधान संशोधन गर्ने।
-तर, संविधान संशोधन गर्ने बेलामा राजाको अधिकार तलमाथि गर्न पाइँदैन।
भन्नलाई सात दलको आन्दोलन भने पनि आन्दोलनको की फ्याक्टरको रुपमा रहेको नेपाली काँग्रेस र यसका सभापति गिरिजाप्रसाद कोइराला प्रतिनिधि सभा पुनर्स्थापनको पक्षमा लामो समयदेखि हुनुहुन्छ। अहिले आएर संविधान सभाको माग गर्न थालेको भए पनि त्यही अडानमा काँग्रेस कायम हुन्छ भन्नेमा धेरैलाई शंका छ। त्यसैले काँग्रेसका लागि राजाको प्रस्ताव स्वीकारयोग्य जस्तो देखिएको छ। संवैधानिक राजतन्त्रको त काँग्रेस जन्मजात समर्थक नै हो। भलै “घुर्की देखाउन” उसले पछिल्लो महाधिवेशनमा राजतन्त्र निरपेक्ष रहने निर्णय पारित गरेको होस्।
तर राजाको प्रस्तावलाई माअोवादीले भने ठाडै अस्वीकार गरेको बुझिएको छ। माअोवादी प्रतिनिधिहरुले भने प्रतिनिधि सभाको पुनर्स्थापना अहिलेको अवस्थामा सान्दर्भिक नभएको भन्दै संविधानसभाको नै निर्वाचन हुनुपर्ने अडान राखेको रे।
अब यो दिल्ली बैठकले निम्न कुरामा सहमति गर्दैछ रे-
- राजाले सुरुमा राजनीतिक पार्टीका नेताहरुलाई बोलाएर वार्ता गर्ने
- वार्ताबाट दुवै पक्षलाई विश्वस्त गरेर सर्वदलीय सरकारको गठन गर्ने
- यो सरकारले माअोवादीसँग वार्ता गर्ने
- वार्ताले संविधान सभाको निर्वाचन गर्ने
- संविधान सभाबाट नयाँ संविधान बनाउने
- माअोवादीको हतियारको व्यवस्थापन संयुक्त राष्ट्रसंघ मार्फत गर्ने
अब यो रोडम्यापलाई कार्यान्वयन गर्न कूटनीतिक समुदायका तर्फबाट राजालाई दबाब दिइने संभावना छ।
भारतले सुरुमा नेपालमा संयुक्त राष्ट्रसंघको प्रवेश होस् भन्ने कुरा नचाहेको भए पनि अब नेपालको माअोवादी समस्यलाई आफूले मात्रै ह्याण्डेल गर्न सक्ने स्थिति नदेखिए पछि त्यसका लागि राजी भएको बुझिएको छ।
यदि माथि उल्लेख गरिए अनुरुप नै भयो भने अब चाहिँ नेपालमा शान्तिको आशा गर्न सकिन्छ, हैन र ? तर शान्तिको यो लक्ष्य प्राप्तिका लागि अझै पनि निकै बाधा व्यवधान पार गर्नु पर्ने हुन्छ।


if is it all ok hope so nice
Comment by das — November 18, 2005 @ 9:24 pm
Such a fantastiv news, lets hope that this time all the responsible partners will pull together to bring about lasting peace in our homeland that has become despretetly needed wishes of all the nepalese people.
Good News
Comment by Roshan — November 18, 2005 @ 9:28 pm
nepal ma santi bhayo ra hami nepali le gau ghar ma bhaya ra tras ma basna napare ta yahi thulo hoinar
Comment by rajendra prasad nyaupane — November 18, 2005 @ 11:08 pm
..Ups…I am not sure yet coz we have been hearing such things for years..although its really a good efforts..I wish you all the best..Pls just care to Nepali people NOT the ruler !!!
Comment by Prams — November 19, 2005 @ 3:54 am
can there be Carter Center in the place of UN? Any possibility……….
so now king is feeling the heat…….. trash that guy if possible.
Comment by pramod — November 19, 2005 @ 4:58 am
Umesh jee, naya update garnuhosh kehi chh bhane, yasto bhai die ta hatyaro pachhi parihalthyo ni. ma saala hatyaro lai chahin side lagaunai parne ho yaspali jasari bhae pani?
Comment by Nepal Ko chhora — November 19, 2005 @ 2:05 pm
The consensus developed at Delhi is quite great and realistic regarding the context of Nepali politics. And this is the demand created by the situation. Lets wish all the best that all the stakeholders could materialize it as soon as possible.
Comment by Gazedi — November 20, 2005 @ 2:06 pm
नमस्कार , चितवन जिल्लामा प्रत्यक्ष वा अप्रत्यक्ष स्थायी वा अस्थायी वसोवास गरिरहुनु भएका आदरणीय दाजुभाइ तथा दिदी वहिनीहरुमा र्सवप्रथम चितवन डटकम यहाहरुलाई हार्दीक स्वागत गर्न चाहान्छ । भनिरहनु पर्दैन चितवन ७६ औ जिल्लाका रुपमा समेत परिचत छ र यहा के प’व{ के पश्चिम सवै स्थानवाट वसाइ सराइ देखि लिएर विविध पेशा व्यवसायमा वस्ने हरुको सख्या उल्लेख्य छ। चितवन प”व{ पश्चिमको संगम स्थलमात्र होइन देशकै मेरुदण्डको आधार हो भन्नेमा हामीलाई गर्व छ । आर्थिक उत्पादनका क्षेत्रमा देखि लिएर राजनैतिक घरातलमा समेत चितवन जिल्लाको वलियो उपस्थिती छ । घान मकै, तोरीको उत्पादन देखि लिएर कुखुरा चल्ला उत्पादनमा समेत पहुच छ चितवन जिल्लाको , त्यति मात्र कहा हो र विश्व सम्पदा सूचीमा सूचिकृत शाही चितवन राष्ट्रिय निकुञ्ज समेत हाम्रै पृठभूमीमा पर्दछ ।
आफु जन्मेको देश र आफुलाई जन्म दिने आमा र्स्वर्ग जत्तिकै प्यारो हुन्छ यो हामीले यहा उल्लेख गरिरहनु पर्दैन । हामी यही चितवनको माटोमा खेल्दै ह’र्किऔं , हामीलाई हाम्रो यो भूमीले आज विश्वको कुना कुनामा नेपाली भएर गर्व गरेर हिड्न सिकाएको छ । हामी त्यही नेपाली हौ अनि त्यही चितवनको वासिन्दा हौ । हामीलाई गौरव जाग्छ कसैले चितवने भन्दा ।
प्राकृतिक मनोरमले भरिपूर्ण नेपाल अधिराज्यको मध्यभागमा अवस्थित चितवन जिल्लासंग सम्वन्धित सम्पूर्ण जानकारीलाई एकथलोमा समेट्ने प्रयास पनि चितवन डट कमले गरिरहेको छ । चितवनका कला, सस्कृति ,सामाजिक, भौगोलिक, राजनैतिक , आर्थिक, शैक्षिक, सूचना तथा सञ्चार सम्वन्धित विविध गतिविधिहरुको एउटा सूचनामूलक दपर्ण्र् चितवन डट कम वन्ने छ भन्ने हाम्रो विश्वास छ । चितवन डट कम देश विदेशका विभिन्न स्थानमा वसोवास गर्नु हुने सम्पूर्ण चितवनवासी दाजुभाइ तथा दिदी वहिनीहरुको सक्रीय सहभागिताको अपेक्षा गर्दछ । त्यसैले तपाईहरुद्धारा समय समयमा गरिने विविध कार्यक्रमका सूचना तथा समाचारहरु , कार्यक्रमका तस्विरहरु हामीलाई पर्ठाई तपाई पनि यसमा सहभागी वन्न सक्नुहुने छ ।
हामी अझै सूचनाहरुको संकलन तथा सम्पादनमा नै व्यस्त छौ । यो , चितवन डट कम निर्माण अभियानमा तपाईको कुनै सल्लाह ,सुझाव तथा कुनै प्रतिकृया छ भने कृपया यहा थिच्नु होला । हामी यहाहरुको प्रतिकृयाहरुलाई उच्च मूल्यांकन र महत्व दिनेछौ । हामीलाई आशा अनि विश्वास छ तपाईहरुको न्यानो माया सदैव प्राप्त हुने नै छ यो हाम्रो चितवन डट कम लाई । धन्यवाद ।
चितवन डट कम
www.chitawan.com
Comment by Chitawan.com — November 21, 2005 @ 12:51 am