November 25, 2005

च्याने अपडेटः फेरि पनि झुलाए पैसाको लागि

२०६२ मंसिर ५, आइतबार
केही दिनदेखि केही गर्नै मन लागेको छैन र झन्-झन् निराशावादी सोचले मनमा डेरा जमाउँदैछ। यस्तो अवस्थामा दिमागमा केही नभएकोले ब्लग पनि लेख्न विषय पाइरहेको छैन। आज भूतपूर्व अफिस च्यानल नेपालमा आफैले गरेको कामको पैसा लिन गएको थिएँ। यो आफ्नो बाँकी पारिश्रमिक लिने काम पनि अदालतमा तारिख धाउने काम जस्तो भएको छ। अवकाश दिइसकेपछि बाँकी रकम एकमुष्ट दिनुपर्ने हो तर हाम्रो त कतै नभएको चलन ! दुई हप्तामा एक चोटी पैसा दिने रे त्यही पनि ५ हजारमात्र। यो हिसाबले त मेरो बाँकी 66 हजार चानचुन उठाउन त महिनौं लाग्ने भयो….। त्यही ५ हजार भए पनि पाएको भए सभागृहमा भइरहेको पुस्तक प्रदर्शनीबाट केही पुस्तक किनी आनन्दले पढ्ने विचार थियो। तर त्यति पैसा पनि बाँड्दाबाँड्दै सकियो रे…! के भन्ने, के नभन्ने ? रित्तै फर्किनु पर्‍यो। च्यानल नेपालले अवकाश दिएको एक महिना नाघिसकेको छ। यी दिनहरु कसरी बिताएँ भनीसाध्य छैन। निकै गार्‍हो हुँदो रहेछ खाली समय बिताउन। साँझतिर च्याटमा भेटिएका एक साथीलाई मैले आफ्नो बारेमा बताएँ र लौ न यसको बारेमा एउटा डकुमेन्ट्री बनाउ भनेर जिस्किएँ। तर उ त गम्भीर पो भयो। अरु नेपाली पत्रकारहरुको दयनीय स्थितिलाई पनि समेटेर एउटा डकुमेन्ट्री बनाउने इच्छा मेरा ती पत्रकार साथीले देखाए।

त्यसो त अहिले नेपालका पत्रकारहरुलाई डकुमेन्ट्री बनाउने खुब लहड चलेको छ। यस क्रममा राम्रा-राम्रा डकुमेन्ट्रीहरु पनि बनेका छन्। उदाहरणका लागि टीम नेपाल, न्युजरुमबाहिर आदिलाई लिन सकिन्छ। तर आफ्नै पेशाको दयनीयताको विषयलाई लिएर डकुमेन्ट्री बनाउने साहस भने कसैले लिएका छैनन्। सहकर्मी ब्लगर मणी दाहालको शब्दमा “पत्रकारहरु भनेको मुला आफ्नो आङको भैंसी नदेख्ने अरुको आङको जुम्रा देख्नेहरु हुन्”। हो, नेपालमा पत्रकारहरुको संघसंस्था छ। तर उनीहरुलाई राजनीति गर्दैमा फुर्सद छैन। एकाधलाई छाडेर प्रायःसबै मिडियामा पत्रकारहरुको आर्थिक अवस्था दयनीय छ। खोइ त उनीहरुका बारेमा आवाज उठाउन सकेको उनीहरुले ? आफ्नै बारेमा किन केही गर्न सक्दैनन् पत्रकारहरु ? किन उनीहरु संसारका पीडा लेख्छन् तर आफ्नै बारेमा चुँक्क बोल्न सक्दैनन् ? छन् केही पत्रकारहरु जो दूतावासबाट पैसा लिन्छन्, अपराधीबाट पैसा लिन्छन्….। सबै पेशामा खराब तत्त्व हुन्छ नै। तर त्यस्ता पत्रकारहरुले समग्र नेपाली पत्रकारहरुको प्रतिनिधित्व गर्दैन, उनीहरुको आवाज त दबेको छ। आफैमा दबेको छ।

मैले माथि उल्लेख गरेका पत्रकार मित्रलाई मैले लौ न त बनाउँ डकुमेन्ट्री भनेर भनेँ। तर उसले आर्थिक अभावको समस्या देखायो। हुन पनि हो, आफ्नो सामान केही नभएपछि भाडामा लिनै पर्‍यो। अनि आफूले क्यामेरा चलाउन नसक्ने भएपछि क्यामेराम्यान चाहिहाल्यो। लौ न कोही छ यो प्रस्तावित डकुमेन्ट्रीका लागि निर्माता बन्न इच्छुक ? अब खोज्न हिँड्नु पर्छ कि के हो ? कि विज्ञापन नै छापौं कान्तिपुरमा ? पत्रकारलाई पेल्ने नीति भएकोले गोर्खापत्रले नै न डिस्काउन्टमा विज्ञापन छापिदिन्छ कि । नभए सित्तैमा विज्ञापन दिन यही ब्लगको कुनामा विज्ञापन राखौं कि ? कोही निर्माता निस्किए भने एउटा नौलो खालको डकुमेन्ट्री बन्ने थियो। कोही छैनन् भने के छ र, यसरी नै हाँसो ठट्टामा यो कुरा पनि सजिलै उडेर गइहाल्नेछ।

यस्तै कुरा मनमा खेलाएर बसिरहेको थिएँ। टेलिभिजनमा अमिताभ बच्चनको कौन बनेगा करोडपति द्वितीय आइरहेको थियो। हजारको कुराले झुलाइरहेको बेला करोडको कुरा सुन्दै रिसउठ्दो ! लाख रकम जितिसकेका प्रतियोगी गलत उत्तर दिएर तुरुन्त हजारमा झरे। बिचराले मैले पाउनुपर्ने रकमभन्दा पनि कम पुरस्कार सोहोरेर बाटो ततायो। धत्, यस्तो पनि हेर्छन् कोही भन्दै च्यानल चेञ्ज गरेँ। भारतको कोठीमा बेचिएकी चेलीको घिसापिटा कथामा आधारित टेलिफिल्म आइरहेको रहेछ नेपाल टेलिभिजनमा। अनि कम्प्युटरमा नै ध्यान दिन थालेँ। फोन बज्यो। उठाएर हेलो भन्न पाए छैन मारसँग हकार खाएँ। सहकर्मी ब्लगर केपीले गरेको थियो, किन ब्लग गरिनस् भन्दै। आफूलाई यहाँ कत्रो चिन्ता, यसलाई भने ब्लगकै चिन्ता ! तिमीहरु नै गरिराख ब्लग अब, म केही दिन लेख्दिनँ मूड छैन मेरो भनेको त त्यसो भनेर कहाँ हुन्छ…घरमा आएर धर्ना बस्न आउँछु भन्दै हकारे। आफ्नो दुःख सुनाउँदा उनले किन चिन्ता लिन्छस् यार, धेरै पत्रकारहरुको क्यालेण्डरमा ३६५ दिनको एक महिना हुने हो, तिमीमात्रै पीडित हैनौ भने। यही कुरामा भए पनि ब्लग लेख तर लेख्न चाहिँ लेख, उसले भन्यो।

वास्तवमा मैले अहिले यी शब्दहरु कोरेको उनकै जिद्दीका कारण हो र माथि उल्लेख गरेका डकुमेन्ट्री बनाउन इच्छुक साथीको कुराले पनि हो। नभए यो मेरो ब्लगको ब्याट्री साँच्चिनै डाउन भइसकेको छ। यसलाई अब रिचार्ज गर्न जरुरी भइसकेको छ। दलहरु पनि आन्दोलन गर्न छाडेर दिल्ली दौडाहामा लाग्न थाले। आफ्नो बाउको आरएनएसी भएको भए फोकटमा आफू पनि दिल्ली गएर ब्लगका लागि रिपोर्टिङ गर्न हुन्थ्यो…। तर के गर्नु ! आन्दोलनमा गएर ब्लग गर्दा भने साँच्चिकै मजा हुन्छ। तर के गर्नु, दलहरुको दसैंतिहार अझै सिध्दिएको छैन जस्तो छ। कि कार्टुनमा छापिएजस्तो चैतेदसैं पछि आन्दोलन चर्काउने भनेका हुन्। कुनै ठूलै घटना भए पनि हतार हतार ब्लग गर्न मजा हुन्थ्यो। तर यहाँ त त्यो पनि भएको छैन।

केही दिन कतै घुमेर आउँ कि जस्तो लागेको छ। तर मौका पाएको छैन। फेरि बस यात्रा भन्ने बित्तिकै ठाउँठाउँको चेकिङको कुरा सम्झँदा नदुखेको टाउको दुख्छ। ब्लगबाटै साथी बनेका सगुनले डिसेम्बरमा स्याङ्जा घुमाउन लैजान्छु भनेर भनेका छन्। तर डिसेम्बर आउन त अझै बाँकी छ।

ब्लगर्स ब्लक-यो नियमित ब्लग गर्नेहरुले भोग्ने एउटा प्रक्रिया हो। जब कुनै कुरामा पनि ब्लग गर्ने विचार दिमागमा आउँदैन। तब त्यस्तो स्थितिलाई ब्लगरहरुले नाम दिएका छन्- ब्लगर्स ब्लक। मलाई पनि त्यस्तै भएको त हैन ? किनभने अघि राति १२ बजेसम्म मलाई कुन कुरामा ब्लग गर्ने भन्ने बारेमा सानो आइडिया पनि दिमागमा आएको थिएन। तर फेरि माथि लेखेका शब्द हेर्दा भने आज चाहिँ बचिस्, भोलिबाट तेरो ब्लगर्स ब्लक सुरु हुन्छ जस्तो लाग्छ। एउटा सर्भे कम्पनीले गरेको सर्वेक्षणअनुसार ६६ प्रतिशत ब्लग कि अस्थायी कि स्थायी रुपमा स्थगित हुन पुग्छन् रे। तर म भने यो ब्लगर्स ब्लकबाट बच्ने कोशिश गर्नेछु। आजको जस्तो गरेको कामको पारिश्रमिक नै नपाउँदा हुने दुःखका दिनहरुलाई छाडेर ब्लग नियमित रुपमा लेख्नसक्छु जस्तो लाग्छ मलाई। विभिन्न कारणले केही दिन ब्लग गर्न नसकिने अवस्था पनि आउन सक्छ। तर त्यसलाई ब्लगर्स ब्लक भन्न मिल्दैन। किनकि त्यो परिस्थितिजन्य कुरा हो। ब्लगर्स ब्लक भनेको त समय र स्थिति हुँदाहुँदै पनि लेख्नको लागि विषय नपाउनु हो। मलाई लाग्छ मलाई विषयको कमी हैन, परिस्थितिले ब्लग गर्नबाट अवरोध पुर्‍याएको हो…..।

अहो, दुई बजिसकेछ रातिको घडीमा। जानुभन्दा अगाडि मैले आज एउटा हिन्दी चलचित्र हेरेँ- क्युँ..कि भन्ने। करिना कपुर र सलमान खानको। सुरुदेखि बीचसम्मका कथा जस्तै भए पनि अन्त्य भने एकपटक सबैलाई सोच्न बाध्य बनाउने रहेछ यो चलचित्रले। तपाईँ पनि यो फिल्म हेर्न चाहनुहुन्छ भने डाउनलोड गर्न सक्नुहुन्छ:-

CD 1

http://files.filefront.com/1djluvinwmv/;4317860;;/fileinfo.html
http://files.filefront.com/2djluvinwmv/;4318121;;/fileinfo.html
http://files.filefront.com/3djluvinwmv/;4318257;;/fileinfo.html

CD 2

http://www.megaupload.com/?d=ZU2KYED3
http://www.megaupload.com/?d=TZYAE1TQ
http://www.megaupload.com/?d=N2RVFMCK
http://www.megaupload.com/?d=R98CR2MV
http://www.megaupload.com/?d=QISBQWEH

Comments
2005-11-21 @ 3:11:23 am [ Edit - Delete - Unapprove ]
dpk Error! Hyperlink reference not valid.)
hahaha…. nikai majja ayo tapai ko ganthan phadna…. aba film herchhu….
2005-11-21 @ 8:11:11 am [ Edit - Delete - Unapprove ]
Chandra S. Gurung (Error! Hyperlink reference not valid.) (IP: 198.36.32.41 )
Umesh ji,
Tapaei ko ganthan phadera, mero yo kabita ko yaad ayo..
If possible, keep it in ur blog…
With thanks,
Chandra S. Gurung from Saudi
बेरोजगार जीवन
हरेक बिहान
म, बनवासे रामद्मैं
वान्टेड कालमहरुको जंगलमा
अखबारको खापाहरुको
प्रत्येक रुख र झयाङ्गमा
स’नको मृगद्मैं खाली सीटको स”चनालाई
धर्ँर्’इ-धर्’र्ँइती खोतालेर खोज्छ′ र
हरेक खाली सीटको स”चना संगै
मेरो हृदयको डाँडाहरु म्ााथी
असंख्यर् इच्छाहरुद्वारा प्रज्वलित
स’नौलो किरणहरुको साथमा
आशको एउटा नयाँ घाम उदाउँछ
अनि प्रकाशमय बन्छ
आँखा अगाडीको सम्पर्”ण्ा संसार ।
दिनभरि
विचारहरुको विशाल भीडमाँद्म
पर्खाईको लामो लाईनमा उभिन्छ′
र म’ट’को बीचमा
जीवनको तीतो अन’भवहरुले भरिएको
एउटा ‘बायोडाटा’ चेप्छ′ ।
मेरो योग्यताले मलाई
गल्लीमा बच्चाहरुले
क’नै भिखारीलाईद्मैं जिस्काउँछ,
मेरो काखी म’नि
च्यातिएको कमिजको द”लोबाट ज्रि्रो झिक्दै
म आफैलाई गिज्जयाउँछ′
र मेरो फाटेको ज’त्ताले
म संग हिंडनर् इन्कार गर्छ ।
इन्टरभ्य’को लामो लाईनमा
म्ा, आफ्नो भ्ााग्यको छोटो रेखा खोज्छ′
ब्ाा-आमाका ठ″ला-ठ″ला सपना खोज्छ′ र
खोज्छ′ पत्नीको गहिरो माया ।
प्रत्येक अन्तर्वार्ताअघि
म आफैलाई नै हर्ेछ’ ट′ल’ट′ल’
म आफैले आफ्नो अन्तर्वार्ता लिन्छ′
र आफ” सित नै गर्छ′ असंख्य प्रश्नहरु ।
सोच्छ′ कि कस्तो प्रश्नहरुले
मेरो निधार ख’म्चियाउने छन्
2005-11-21 @ 9:11:41 am [ Edit - Delete - Unapprove ]
Suren (Error! Hyperlink reference not valid.)
Tapaiko blog padhda ramailo lagcha, pls keep it up, & wish you to go higher & higher……
2005-11-21 @ 9:11:17 am [ Edit - Delete - Unapprove ]
Nilan (
Umesh Je!
Tapaiko Dhjkha haru Sunda! Afulie pani kati kati namajaa Lagcha. Kasto Yar! Tara Tapaiko Ganthan ra kahani aani bibid ghatana padnaa paudaa! malie pani kati kati Batoma Thase lagna bata Bachana payaalaa justo chaa hi!
Wish! God help you for your New Job and success life.
Bro! Nilan
2005-11-21 @ 9:11:56 am [ Edit - Delete - Unapprove ]
chankhe (Error! Hyperlink reference not valid.)
oomesh ji,
be enterprenuing… if i was in nepal, i would have help you. meanwhile, continue pudkast with interesting daily news about nepal. I have no problem paying a fee of $1 per month. there are many like me…
2005-11-21 @ 10:11:08 am [ Edit - Delete - Unapprove ]
शुभचिन्तक (Error! Hyperlink reference not valid.)
सब दिन एक समान हुदैन । अध्यारो पछि अवश्य ऊज्यालो आऊछ ।
nice job keep it up.
2005-11-21 @ 10:11:02 am [ Edit - Delete - Unapprove ]
chij (http://chij.blogsome.com )
Umesh Ji,
Dherai tension nalinu, jiwan bhaneko nai yestai rahechha. Ekdin kaso hamro favour ma pani vihani kiran naudaula ra, hoina ta?
Chij
2005-11-21 @ 4:11:04 pm [ Edit - Delete - Unapprove ]
Deelip (/ Error! Hyperlink reference not valid.)
dukha lagdo kura ho
tapaile paisa paunu bhayena .
tara tapain santosh garnus ali ali gardai bhaye pani tapain ko paisa bhuktani hudai chha
mero dadi gornverment office ma kam garnu hunthyo .retaird bhako 1 barsa bhayee sakyo 9 -10 palta gorkha dekhi yaha aayee saknu bhayo ajhai paisa paunu bhako chhaina .ke garnu
kura kuounki ko garnu bhayo
malai tyo jasto jhur film kunai lagena .Actually i dont like salman and kareena also
2005-11-22 @ 11:11:53 am [ Edit - Delete - Unapprove ]
kp (http://www.bloggernepal.com.np
La yaar ja bhayapani Monthly 16 doller ta blog bata nai aauna bhayo Ni yaar.Badhai cha. ye sala sahuji haruko gulami garnu bhanda ta blog garnu nai bes yaar. ja hos aba bistari yaslai professional banauna parcha la. Thank’s for blogging.

1 Comment »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/11/25/123/trackback/

  1. I have my sincere respect… i am sure everything will turn out ok… keep up the good work…

    Comment by Mukti Sir — November 25, 2005 @ 5:14 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.