प्यारोडीः वरिपरि, जर्नेल कर्णेल
प्यारोडी र तस्वीर सौजन्यः उही कुमार लामा (२३ नोभेम्बर २००५)
संकलनः मालदाइ, स्वरः मालदाइ र माइलीभाउजू, दमाहाः डिस्को विक्रम, झ्याम्टाः बुहारी विक्रम, नरसिङ्गाः पा(बा)स्टर चुलसी गिरी, सनाईः इसारानुसार जंगिने थापा। सधन्यवाद शंभुजित बासकोटा र देविका प्रधान (साथीभाइ जर्नेल कर्नेल सुन माया गार्खाली पल्टनमा)
मालदाइः
वरिपरि, जर्नेल कर्णेल
हे सुन माइली नारायणहिटी दरबारमा
माइलीभाउजूः
दुइ-चार साता घुमाउनु मलाई
हे सुन माया तिमीले अफ्रिकामा
मालदाइः
आच्छा लेकिन अफ्रिकाको हब्सीले समाउला
अनि मलाई छेउमा बसाल्नु
माइलीभाउजूः
आच्छा लेकिन हब्सीदेखि म पनि रमाउँला
अनि उस्लाई छेउमा बसाउँला
मालदाइः
चानचुन उनन्तीस करोड स्वाहाः भए छ
जनताको पैसा हो, हाम्रो के जान्छ?
माइलीभाउजूः
बुढेसकालको मुण्टो तिम्रो कता घुमे छ
आउ न सोझ्याइदिन्छु म बांगो परे छ
मालदाइः
हे आच्छा लेकिन…
मालदाइः
आच्छा लेकिन…
माइलीभाउजूः
नैरोबीको डिस्को-थेकमा मलाई नचाउनु
हब्सीसित तिमले मलाई उतै छोड्दिनु
मालदाइः
बुढेसकालमा तिम्रो कस्तो कुबुद्धि पलायो?
ज्यांगो देखेर हो कि क्या हो तिमी लोभियौ?
माइलीभाउजूः
आच्छा लेकिन…
मालदाइः
आच्छा लेकिन…



If our king had understood the feelings, pain and need of the people he would have never faced this situation and criticism. But he always acted in other ways being too power motivated and autocratic. Gone are the days when the public used to respect the King as the incarnation of the Lord Bishnu. Even the olden Kings acted for the peace and prosperity of its people. Now, because of his ill motivated steps the King is eligible for such protest, opposition and criticism only. Hope his days are counted.
Chandra S. Gurung/Saudi
Comment by chandra s. gurung — November 25, 2005 @ 6:42 pm
very nice
Comment by Chitawan.com — November 25, 2005 @ 7:57 pm
Ha……ha……ha……
Comment by kp — November 25, 2005 @ 8:37 pm
पुन ब्लग सन्चलन गरेकोमा तपाँइलाइ स्वागत छ । कुमार लामा लाइ प्यारोडी गीतको लागी धन्यबाद ।
Comment by चहल सयपत्री — November 25, 2005 @ 9:27 pm
आर.एन.ए.सी. को सिंगै हवाइजहाज, दर्जनौं-दर्जनको शाही बथान जसमा महारानीको कपाल कोरिदिनेहरूदेखि महाराजाका गोडा मिचिदिनेहरूसमेत संलग्न भएको एउटा शाही टोली, हप्तौं-हप्ता तारे होटलहरूमा बस्दै अफ्रिका महादेश घुम्दा जनताले तिरेको करको पैसा कति स्वाहाः भयो होला? कान्तिपुरको एउटा रिपोर्टले २९ करोड रुपैँया लेखेको छ। तर पर्दापछाडि बसेर राज गर्ने सरकारबाट तथ्य कुरा कहिल्यै बाहिर आउने छैन।
अफ्रिकी महादेशका राष्ट्रहरूसँग नेपालको गोरु बेचेको साइनो पनि छैन। त्यसैले यो शाही भ्रमण या त सुःख-सयलका लागि हो, या त गाँजा-साँजा व्यापारी पार्टनरहरूसँगको भेटघाटका लागि हो।
के यसरी जनताले खुन-पसिना काढेर कर तिरेको पैसा ढुट्याउन पाइन्छ?
पाइँदैन, सबैलाई थाहा छ। तर दुःखको कुरा यो कुरा न त नेपालका पत्रपत्रिकाहरूले उठाएका छन्, न त राजनीतिक नेता वा नागरिक समाजका अगुवाहरूले नै। अहिले सबैजना उही सातदल-माओवादीको १२ बुँदे संझौता, जो गणतन्त्रमा जाने कि संवैधानिक राजतन्त्रमा भन्ने सम्मका कुरामा प्रष्ट छैन, को चर्चामा सबै हराइरहेका छन्।
ठाउँमा बसेका नेपाली विद्वतहरूको विवेक यसरी चिप्लिएको देख्दा हामी नेपालीहरुले अझै कति समयसम्म गाँजावालहरूको शासनमा पिल्सिनुपर्ने होला भन्ने पो लागेको छ मलाई त।
तपाईंहरूलाई कस्तो लागेको छ? लेख्नुहोला।
Comment by उही कुमार लामा — November 26, 2005 @ 12:16 am
फेरि ब्लग चलाउनु भएकोमा धन्यवाद । अनि यति राम्रो गितको लागि कुमार लामा लाइ धैरै धैरै धन्यवाद ।
Comment by महेश — November 26, 2005 @ 1:53 am
Thnak you hai thank you
Progress chha…
Comment by Krishna — November 26, 2005 @ 3:48 am
मित्रहरू,
प्यारोडी मन पराइदिनु भएकोमा खुशी लाग्यो।
प्रसंगवश, कान्तिपुर अन्लाइनमा आजै प्रकाशित तलका २ समाचार शिर्षक र छोटा वाक्य हेर्नुहोस्। सातदल र माओवादीले कथित १२ बुँदे संझौता गरेको एक साता बितेको छैन तर दुई तर्फका दुई नेताले दुईतिर फर्किएका कुरा गरिसकेका छन्।
———
Ceremonial monarchy acceptable if King corrects his mistakes: Nepal
By Dinesh Regmi/Kulchandra Neupane
POKHARA, Nov 25 - CPN-UML General Secretary Madhav Kumar Nepal has said that the political parties can accept a ceremonial monarchy if the King immediately withdraws the announcement of municipal polls and corrects the “mistakes” he committed on October 4, 2002 and February 1 this year.
———
We haven’t given up republicanism: Prachanda
KATHMANDU, Nov 25 - Chairman of the Communist Party of Nepal, Pushpa Kamal Dahal alias Prachanda has said that his party has not given up its agenda of republicanism.
———
के तपाईँ अझै पनि यी टपरे नेताहरूले नेपाली जनताको माग लोकतान्त्रि गणतन्त्रको नेतृत्व गर्छन् भन्ने भ्रममा हुनुहुन्छ?
२०५८ जेठ १९ मै नेपाली जनताको मनबाट राजतन्त्र हटिसकेको थियो तर बहुदलवादीहरूले आजसम्म पनि टपरा लिएर भटट विक्रमको वरिपरि घुम्न छाडेका छैनन्। माओवादीहरू वास्तवमै के चाहन्छन् भन्ने अझै प्रष्ट छैन। उनीहरूको क्रियाकलाप हेर्दा कहिले भारतको गन्ध आउँछ त कहिले दरबारको।
नेपाली जनताले इतिहासदेखि वर्तमानसम्ममा नेताहरूबाट पाएको भनेको एउटै कुरा होः– धोका। त्यसैकारण २१औं शताब्दीमा पनि लेख्ने र बोल्ने स्वतन्त्रताका लागि लड्नुपरिरहेको छ। भन्न पनि लाज लाग्दो!
नेपाली जनताले यी टपरावालहरूलाई राम्ररी चिनेका छन्। त्यसैले दलहरूले जति बल गर्दा पनि २/४ हजारको विरोध जुलुस निकालेर चित्त बुझाउनु परेको छ। उनीहरूले विगत १२ वर्षमा गरेका गल्तीहरूको प्रायश्चित गर्दै भोलिको लागि स्पष्ट एजेण्डा लिएर गणतन्त्रको मागलाई एउटै स्वर बनाउने हो भने नेपाली जनता फ्रान्सेली क्रान्तिको इतिहास नेपाली भूमिमा दोहोर्याउन तयार छन् भन्ने मलाई लाग्छ।
तर स्थिति हेर्दा यस्तो लाग्छः- लोकतान्त्रिक गणतन्त्र त्यतिबेला मात्रै प्राप्त हुनेछ जतिबेला भटट विक्रमले यी ढुन्मुने नेताहरूलाई झनै पेल्दै लाने छ र नेताहरू टपरा फालेर जनताको सामु झुक्नैपर्ने स्थिति आउने छ।
Comment by उही कुमार लामा — November 26, 2005 @ 5:21 am
Tauko bango parera Tunisia tira ho ra?
Ramrari hernus ta Ti namaskar garne mantri ra chakari baaj ka ankha kaha chhan. Tinle ta Ranilai po Ankha lagaka chhan hoina ra?
Ramrari hernus ta sathiharu ajhai!!!!!!!!!!!
Karan ke ho ta malai thaha chhaina. Tara kasaile pani Raja tira hereko chhaina. Sabaika ankha Ranitirai chhan.
Ra Anga rachhek morole samet Ranilai nai hereko chha.
Comment by Subodh Sharma — November 26, 2005 @ 5:58 am
Sathi KUMAR LAMA Je ko Yo B4 “के तपाईँ अझै पनि यी टपरे नेताहरूले नेपाली जनताको माग लोकतान्त्रि गणतन्त्रको नेतृत्व गर्छन् भन्ने भ्रममा हुनुहुन्छ?” Lai pani sarahaniya thandachhu. Ya e NETA haru ko bhaarma ta ma pani chhuina.
Comment by Nilan — November 26, 2005 @ 10:20 am
पुन ब्लग चलाएकोमा बधाई । फेरी ताजा समाचारको प्रतिक्षामा छौँ ।
लाली गुराँस
Comment by लाली गुराँस — November 26, 2005 @ 6:45 pm
मेरो संसार पुन शुरू भएकोमा खुसि लाग्यो ㅣ अनि यति राम्रो गितको लागि कुमार लामा लाइ धैरै धैरै धन्यवाद ।
Comment by prakas — November 26, 2005 @ 9:57 pm
umesh dai feri blog suru garnu bhako ma cingratulation
aba feri close na garnu hola hai….
ek dam khushi lagyo feri mero sansar padna pauda…..
Comment by laxman — November 27, 2005 @ 2:51 am
Khushi lagyo MEROSANSAR feri suru bhayeko ma ! ajai ramra ra gyanbardag kura haru lekhdai janu,Kumar lama jee ko pyarodi geet derai ramro lagyo ,aru pani hai …………..
Comment by br — November 27, 2005 @ 10:28 am
haha
umeshji tapainko blog pheri suru bhayeko chha khusi lagyo
subhakamana tapailai
ani mathi tira ta sabaile rani lai nai heri rako chha ni ke ho
rajalai sabaile manna chhodisake
even chakari harule pani ,at least rani ma kehi kura herna layek dekhechhan kyara
and arjun parajuli ko comment sarai ghatlagdo chha
[ब्लग बन्द त भएकै थिएन नि। ब्लगसममा बन्द हुँदा पनि www.merosansar.com.np मार्फत् अर्कै ठाउँमा ब्लग जारी नै थियो नि। हाल भने फेरि अर्को ठाउँमा तयारी गर्दै गरी अस्थायी रुपमा मात्रै ब्लगसममा चलाउने गरी त्यो साइटलाई फेरि यतातिर ल्याएर जोडेको हुँ- मेरो संसार]
Comment by deelip — November 27, 2005 @ 1:09 pm
लौ त त्यसो भए निम्न प्यारोडि पनि हेर्नुस्।
—
आजभोलि हरेक दिन मात्तिन थालेछु
प्यारोडीकारः उही कुमार लामा (२७ नोभेम्बर २००५)
रचनाः माइलीभाउजू, संगीतः डिस्को विक्रम र स्वरः मालदाइ
आजभोलि हरेक दिन मात्तिन थालेछु
प्रधानमन्त्री पनि आफैं, होइबक्सिन थालेछु
आजभोलि हरेक दिन…।
रहरै रहरमा पिएँ, पछि विवश भएर पिएँ
भटटमा पिएँ, रेटेटेमा पिएँ
पिउँदिन, पिउँदिन भन्दै पिएँ
आजभोलि जिन्दगानी बहुलाउन थालेछ
आजभोलि हरेक दिन…।
नारायणहिटीमा बसेर पिएँ, कुनातिर लडेर पिएँ
उठेर पिएँ, बर्बराएर पिएँ
एकान्तमा बांगो मुण्टो लाएर पिएँ
मुण्टो सोझो पारेर पनि पिएँ
आजभोलि हरेक दिन रक्सिन थालेछु
केही नलागे देश छाडिभाग्ने सोचिबक्सिन थालेछु
आजभोलि हरेक दिन…।
Comment by उही कुमार लामा — November 27, 2005 @ 3:45 pm
Umesh Ji,Lok tantrako sthapamko lagi saat rajnitik parti ra maobadhi parti bich bhai raheko rajnitik kasarat haru bartaman awasthama hami sabai lok tantra badhi haruko lagi yo ati chaso ko bisaya ho.Tyesaile tapaile ti parda pachadi ka rajnitik gatibidhiharu pani pathak samachya puryaune kosis garnu hola bhani yo LOKTANTRABADHI anurodh gardhacha.Jai Loktantra…..
Comment by mingso — November 27, 2005 @ 6:23 pm
मेरो संसार पुन शुरू भएकोमा खुसि लाग्यो ㅣ ताजा तथा चोटीला खवर हरु मेरो संसारमा खोजीरहने छु…..सरोज…मेरो परिवेश
Comment by saroj — November 27, 2005 @ 9:38 pm
Great Job
Comment by chij — November 28, 2005 @ 2:30 pm
thank u very much for ur nice contribution.
Comment by narayan — December 2, 2005 @ 3:22 pm
good
Comment by Chitawan.com — December 2, 2005 @ 7:53 pm