November 27, 2005

सरकारको तानाशाही चरित्र, रेडियो सगरमाथाको प्रसारण बन्द

Filed under: Breaking News

२०६२ मंसिर १२, आइतबार
अपडेट ३ हिरासतमा रहेका पत्रकारहरुलाई तुरुन्त रिहा गर्नु पर्ने माग राख्दै मंसिरको जाडोमा मध्यरातमा सयभन्दा बढी पत्रकार र मानवअधिकारवादीहरुको समूहले जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गरिरहेका छन्। हिरासतमा रहेका पत्रकारहरुलाई भेट्न दिइएको छैन। त्यहाँ कुनै नेताहरु भने हालसम्म देखिएका छैनन् रे। (1130pm)
अपडेट २ पक्राउमा परेका पाँच जनामध्ये एक जना पत्रकार दुर्गा कार्कीलाई छाडिएको छ। बाँकी तीन पत्रकार दीपकबाबु अर्याल, पुण्य भण्डारी, दीपकराज पाण्डे र एक जना टेक्निसियन राजेन्द्र रिजाल अझै जिल्ला प्रहरी कार्यालय, ललितपुरमा नै हिरासतमा रहेका छन्। (1030pm)
अपडेट १ रेडियो सगरमाथालाई तानाशाही सरकारले बन्द गराएको छ। उक्त रेडियोलाई दिइएका दुई पत्रमा एउटामा आतंककारी र आतंकवादलाई प्रोत्साहन पुग्ने गरी कार्यक्रम प्रसारण गरेकोले अर्को आदेश नहुञ्जेल प्रसारण रोक्का गर्न आदेश दिइएको छ भने अर्कोमा प्रसारण उपकरण अनुसन्धानका लागि लग्ने व्यहोरा उल्लेख छ। (10 pm)
सरकारले फेरि एकपटक आफ्नो तानाशाही चरित्र नाङ्गो रुपमा देखाएको छ। आज रेडियो सगरमाथा १०२.४ एफएममा सुरक्षाकर्मीले कारबाही गरी प्रसारण सामाग्री सबै जफत गरेका छन् र साथमा पाँच जनालाई पनि गिरफ्तार गरिएको छ। रेडियो सगरमाथामा बीबीसी नेपाली सेवा रिले प्रसारण हुने गर्छ। आज नेकपा माअ‍ोवादीका अध्यक्ष प्रचण्डको अन्तर्वार्ता प्रसारण हुनु ठीकअघि रेडियोको प्रसारण रोकेर धुन बज्न थालेको थियो। हाल रेडियो प्रसारण पूर्ण बन्द हुन पुगेको छ। बाँकी केही बेरपछि (930 pm NST)

सात दल र माअ‍ोवादीबीच भएको सहमतिपछि सरकार अझ कठोर बन्ने संकेत देखिएको छ। त्यसो त राजा अझै पनि अफ्रिका भ्रमणबाट फर्किएका छैनन्। (त्यसो त कहाँ छन् भनेर पनि सार्वजनिक भएको छैन) तर सरकारले भने दमनमा नै उत्रिने संकेत देखाइसकेको छ। आज सुरुवात भएको छ प्रेसमाथि आक्रमण गरेर। त्यसो त गाउँगाउँमा लोकजागरण र लोकतन्त्रका पक्षमा भइरहेका सभाहरुमा पनि प्रशासनले रोक लगाउने, बाधा व्यवधान खडा गर्ने काम गरी नै रहेको छ। तर अब त्योभन्दा कठोर कदम चालिन सक्छ। आतंककारीसँग सम्झौता गर्नेलाई आतंककारी कै मतियारसरह व्यवहार गरिने भनी त राजानिकट सच्चितशमशेरले भनेकै हुन् नि।

रेडियो सगरमाथामा गरिएको कारबाही दमन नै हो। किनभने आज त्यहाँ बुझाइएका दुई पत्रमा उल्लेख व्यहोरा अनुसारका काम रेडियो सगरमाथामा भएकै छैनन्। पत्रमा आतंककारी र आतंकवादलाई प्रोत्साहन पुग्ने काम गरेको आरोप लगाइएको छ। तर रेडियो सगरमाथाको प्रसारण म आफैले सुनिरहेको थिएँ। प्रचण्डको अन्तर्वार्ता आउनुअघि नै त्यसमा धुन बज्न थालिसकेको थियो।

प्रचण्डको अन्तर्वार्ता बीबीसीमा प्रसारण हुँदैछ भनी काठमाडौंमा निकै चर्चा भइसकेको थियो। त्यसैले धेरैले त्यही सुन्न रेडियो सगरमाथा सुनिरहेका थिए। एफएममा बीबीसीको नेपाली सेवा रिले हुन थालेपछि हाम्रो बानी अलि बिग्रिएको छ। हामीलाई सर्टवेभ सुन्न झण्झट लाग्न थालेको छ। मैले पनि आज रेडियो सगरमाथामा सुन्न नपाइएपछि इन्टरनेटबाट प्रचण्डको अन्तर्वार्ता सुनेको थिएँ।

जब रेडियो सगरमाथाले प्रचण्डको अन्तर्वार्ता प्रसारण नै गरेको थिएन भने उसले आतंककारी र आतंकवादलाई कसरी प्रोत्साहन दियो ? फेरि उसलाई दिइएको दुई पत्रमा अर्कोको व्यहोरामा प्रसारण बन्द गर्न आदेश हुँदा पनि प्रसारण भइरहेकोले उपकरण अनुसन्धानका लागि जफत गर्ने भनिएको छ।

एफएममाथि सरकारले निकै पहिलेदेखि आँखा लगाइरहेको भए पनि यसरी प्रसारण नै रोक्का गर्ने गरी कदम चालिएको भने यो पहिलो पटक हो। त्यो पनि त्यस्तो रेडियोलाई, जुन दक्षिण एसिया कै पहिलो सामुदायिक रेडियो हो। जसले एफएम संस्कृति नेपालमा भिजाउन अथक योगदान दियो। जसले स्वतन्त्र रेडियो प्रसारण अधिकारका लागि प्रजातान्त्रिक सरकारसितै पनि संघर्ष गरेको थियो।

याद भएन, केमा पढेको हुँ, तर रेडियो सगरमाथाले पटक पटकको अनुरोधपश्चात् पनि त्यतिबेलाको निर्वाचित सरकारले प्रसारण अनुमति नदिएपछि अवैध रुपमा नै प्रसारण थालेको थियो।

रेडियो सगरमाथामात्र हैन, माअ‍ोवादीका अर्का नेता बाबुराम भट्टराईको अन्तर्वार्ता छाप्यो भनेर नवयुगवाणी साप्ताहिकका सबै पत्रकारलाई पनि प्रहरीले खोजिरहेको रहेछ।

5 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/11/27/fm/trackback/

  1. *********** यस्तो गर्दा पनि गणतन्त्र को नारा लगाउन खुट्टा कमाउने गधा नेताहरुलाइ पहिला फांसि दिनुपर्छ । **********

    Comment by सचेत नागरिक — November 28, 2005 @ 3:31 am

  2. it is only a next step that the Gyne and Tanke have already started.

    Comment by krish — November 28, 2005 @ 8:31 am

  3. hernus,yiniharu aafno had bhanda dherai tala jharisake
    aaba yiniharuko yo radio daman bistarai bistarai patra patrika hudai tapainko blog samma pani aayeepugna sakchha .hos garnu hos .Tara tapain aafno karma bata nachuknus kahile pani

    Comment by Deelip — November 28, 2005 @ 11:56 am

  4. *********** यस्तो गर्दा पनि गणतन्त्र को नारा लगाउन खुट्टा कमाउने गधा नेताहरुलाइ पहिला फांसि दिनुपर्छ । **********

    Comment by Mero Pani Samarthan Cha! — November 28, 2005 @ 4:21 pm

  5. सरकारको यो रवैयाले ‘संकुचित विचारधाराले ग्रस्त मानसिकता’को सार्थक अर्थ बुझ्न टेवा मिल्यो।

    Comment by सिमलिन — November 29, 2005 @ 12:32 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.