के छ प्रचण्डको अन्तर्वार्तामा ?
बीबीसी नेपालीको वेबसाइट पनि “ब्लक”

नेकपा माअोवादीका अध्यक्ष प्रचण्डको अन्तर्वार्तालाई बीबीसी नेपाली सेवाले आइतबार प्रसारण गरेको थियो। प्रचण्डले रेडियोलाई दिएको यो पहिलो अन्तर्वार्ता हो। यसअघि प्रचण्डको आवाजमा एउटा विज्ञप्ति भने जारी भइसकेको थियो। त्यसलाई मैले बीबीसीमा नै सुनेको हुँ। प्रचण्डको अन्तर्वार्ताका बारेमा काठमाडौंमा खुब चर्चा थियो- आज राति बीबीसीमा आउँछ है भनेर। तर ठीक त्यही समयमा सरकारले बीबीसीको प्रसारण रिले गर्ने रेडियो सगरमाथाको प्रसारणलाई नै रोक्का गर्ने पूर्जी दियो र सामान र पत्रकारहरुलाई उठाएर लग्यो। बीबीसीमा प्रसारण भएको अन्तर्वार्तालाई मैले सुनेर टाइप गरी लिखित रुप दिएको छु। त्यसलाई हेर्न भित्र आउनुहोला। अन्तर्वार्ता सुन्नलाई भने यहाँ जानुस्। अहो, यो टाइप गरी सकेर लिंकका लागि इन्टरनेटमा बीबीसीको साइट हेर्छु त त्यहाँ पनि शाही सरकारको कृपा परिसकेको जस्तो रहेछ। एक्सेस डिनाइड आउँछ बीबीसी नेपालीको पेजमा। अरु ब्लक गरिएका साइटमा पनि यस्तै आउने गर्छन्। विदेशमा भने मजाले खुलिरहेको रहेछ साइट। सरकारले काठमाडौंबाहिरका सात एफएम स्टेसनहरुलाई पनि बीबीसीको त्यो अन्तर्वार्ता प्रसारण गर्नबाट रोकेको थियो रे। अनि बीबीसी विश्व सेवाको अलग्गै १०३ एफएम पनि बन्द गरिएछ।
रविन्द्र मिश्रः दलहरुसँग भएको १२ बूँदे सहमतिमा गणतन्त्र भन्ने शब्दै नहुनुको कारण के हो ?
प्रचण्डः त्यो १२ बूँदे सहमतिको मूल spirit भनेको निरंकुशतन्त्रका विरुध्द संविधान सभा मार्फत् निकास खोज्ने भन्ने हो। र संविधानसभा मार्फत् हामीले अगाडि जाने भनेको गणतन्त्रै हो। त्यसकारण त्यहाँ Democracy शब्द अंग्रेजीमा राखिएको छ निश्चय नै तर त्यो समग्र १२ बूँदेको स्पिरिट भनेको चाहिँ निरंकुशतन्त्रका विरुध्द राजतन्त्रका विरुध्द जनताको फैसलाको अधिकारलाई संस्थागत गर्ने र हाम्रो लोकतान्त्रिक गणतन्त्रको जुन नीति छ, त्यो नीति खुला रुपमा जनताको बीचमा लैजाने भन्ने नै त्यसको मूल स्पिरिट हो।
रविन्द्र मिश्रः त्यो त १२ बूँदे सहमतिमा पनि एक किसिमले स्पष्ट हुन्छ तर मैले जान्न खोजेको कुरा के भनेदेखि हालको लागि समस्याको निकास निस्कन्छ भनेदेखि राजतन्त्रलाई पनि सेरेमोनियल अथवा संवैधानिक रुपमा कुनै रुपमा पनि सहमतिका लागि तपाईँहरु स्वीकार गर्न तयार भएको हो भनेको ?
प्रचण्डः मैले पनि ठीक त्यही कुरा भन्न खोजेको हो। हाम्रो त्यो १२ बूँदेको मूल स्पिरिट भनेको राजतन्त्र स्वीकार्ने दिशातिर होइन, राजतन्त्रका विरुध्द संघर्ष गर्ने उद्देश्यद्वारा त्यो प्रेरित छ।
रविन्द्र मिश्रः मूल स्पिरिट नै त्यो भएको भएदेखिन त्यो कुरा किन प्रष्ट नभा’ त ? सहमति
प्रचण्डः यो सात राजनीतिक दल र हाम्रोबीचमा भएको अण्डरस्टायन्डिङ हो। अब हामी सबैलाई थाहा छ कि सात राजनीतिक दलले अहिलेसम्म गणतन्त्रलाई स्पष्ट रुपमा सबै पार्टीले भनेको स्थिति छैन। तर जुन कुरा हामीले धेरै पहिलेदेखि भन्दै आएका छौं, त्यो दिशातिर चाहिँ त्यो उन्मुख छ।
रविन्द्र मिश्रः अनि तपाईँहरुको अन्तिम लक्ष्य त लोकतान्त्रिक गणतन्त्र भयो। एमालेको अन्तिम लक्ष्य पनि उनीहरुले लोकतान्त्रिक गणतन्त्र भन्या छन्। नेपाली काँग्रेसले निरपेक्ष रहने राजतन्त्रको बारेमा भनेर भनेको छ। भन्दाखेरी यो स्थितिमा अब अहिले दरबारबाट कुनै किसिमको संकेत आएको खण्डमा, मिल्नको लागि, दरबारलाई हानी नपुग्ने गरेर, राजतन्त्रलाई हानी नपुग्ने गरेर मिल्नका लागि सहमतिको कुनै संकेत आएको खण्डमा तपाईँहरु कतिसम्म लचकता देखाउन तयार हुनुहुन्छ ?
प्रचण्डः माने अहिलेसम्मको घटनाक्रमले चाहिँ दरबारबाट त्यस्तो खालको आउने संभावना हामीले देखेका छैनौं।
रविन्द्र मिश्रः तपाईँहरुले अहिलेसम्म नदेख्नुभा होला तर तपाईँहरुको १२ बूँदे सहमतिपछि अब राजा फर्किएपछि कुनै किसिमको संकेत आयो भने तपाईँहरु कतिसम्म लचकता देखाउने भनेको मैले ?
प्रचण्डः माने त्यो संकेतको प्रकृति कस्तो हुन्छ भन्ने कुरा हेरेर मात्रै त्यसबारे भन्न सकिन्छ। तर अहिलेको हाम्रो spirit भनेको अगाडि जाने spirit हो, माने एउटा गणतन्त्रतिर देशलाई लैजाने स्पिरिट नै हो।
रविन्द्र मिश्रः हैन, त्यो लैजाने त एमालेले पनि लैजाने, तपाईँहरुले पनि लैजाने हो तर हालका लागि तपाईँहरुले जस्तो राजासँग सम्झौता गर्नुपर्यो भने तपाईँहरु कुन हदसम्म लचकता अपनाउने ?
प्रचण्डः हामीले अहिलेसम्म राजासँग सम्झौताको संभावना देखेका छैनौं।
रविन्द्र मिश्रः अहिलेसम्म देख्नुभएन तर समस्याको निकासका लागि सम्झौता गर्नुपर्ने बाध्यता भयो भने कुन हदसम्म लचकता अपनाउने ?
प्रचण्डः माने त्यसबारेमा हामीले अहिले सोचेका छैनौं। किनकि त्यस खालको स्थिति आयो भने भन्ने प्रश्न आफैमा एउटा मनोगत प्रश्न मात्रै हुन्छ। मानौं कि भोलि चाहिँ माने एउटा त्यस्तो खालको स्थिति ठोस रुपमा एउटा निश्चित उद्देश्यका साथ देशलाई चाहिने एउटा निकासको उद्देश्यका साथ आयो भने सोच्न सकिने कुरा हुन्छ, तर अहिलेसम्म हामीले त्यस्तो देखेका छैनौं।
रविन्द्र मिश्रः उसो भएदेखि निश्चित खालको उद्देश्यपूर्ति भन्दा जस्तो तपाईँले राज्यलाई पुनर्संरचना गर्ने कुराहरु उठाइरहनुभा छ बारम्बार । त्यस किसिमको पुनर्संरचना चाहिँ अहिले राजसंस्था, संसदीय दलहरु र तपाईँहरु मिलेर सबै मिलेर हुनसक्छ भन्ने देखियो भने चाहिँ अहिलेको लागि, हालका लागि तपाईँहरु सम्झौता गर्न तयार हुनुहुन्छ उसो भए ?
प्रचण्डः माने कुरा त्यसो हैन। किनकि हामीले चाहिँ विगतमा दुई पटक बस्दा र खासगरी पछिल्लो वार्तामा हामीले सीधै चाहिँ माने राजासँग कुरा गरेर देशको चाहिँ समस्याको बारेमा, देशको आर्थिक राजनीतिक सांस्कृतिक स्थिति, यहाँको वर्गीय समस्या, क्षेत्रीय समस्या, लिङ्गीय समस्या, जातीय समस्याको बारेमा चाहिँ एउटा सम्झौतामा नयाँ खडा हुनुपर्छ भन्ने हामीले कोशिश गरेका थियौं तर माने राजा र राजतन्त्रबाट त्यस दिशामा कुनै पनि चासो नभएर अझ उल्टै निरंकुशतन्त्र लाद्ने जुन घटनाक्रम भइराख्या छ त्यसले यो प्रश्न सबैबाट चाहिँ एउटा मनोगत र यान्त्रिक प्रश्नमात्रै हुन्छ जस्तो मलाई लाग्छ।
रविन्द्र मिश्रः अब तपाईँहरुले जस्तो १२ बूँदे सहमतिमा संविधानसभाको लागि चाहिँ एउटा सर्वदलीय अन्तरिम सरकार गठन गर्ने, अब त्यसमा तपाईँहरुको विमति छ संसद पुनर्स्थापना गरेर गर्ने कि सबै राजनीतिक शक्तिहरुको सम्मेलन गरेर गर्ने भन्ने कुरा तपाईँहरुको विमति छ, तर अन्तरिम सरकार बन्ने कुरामा चाहिँ एउटा सहमति छ। त्यो अन्तरिम सरकार बन्दाखेरी त्यो सरकारमा चाहिँ राजाको प्रतिनिधि हुने कि नहुने ?
प्रचण्डः माने हामीले अहिले चाहिँ जो नीति अघि सारेका छौं, वृहत् राजनीतिक राष्ट्रिय सम्मेलनमार्फत् अन्तरिम सरकार बनाउने र त्यो अन्तरिम सरकारले संविधान सभाको निर्वाचन संगठित गर्ने जुन कुरा गरेका छौं, त्यसमा राजाका प्रतिनिधि राख्ने हाम्रो spirit होइन।
रविन्द्र मिश्रः तर राजाको प्रतिनिधि नराख्ने हो भनेदेखि त्यसलाई दरबारले र सेनाले कसरी स्वीकार्ला त ?
प्रचण्डः दरबारले र सेनाले स्वीकारोस् भन्ने उद्देश्यमा हामी छैनौं। दरबारले जसरी जनताको लोकतान्त्रिक इच्छा र शान्तिको आकांक्षाका विरुध्द कदम चालिरहेको छ, त्यो स्थितिमा त आन्दोलनको आँधीबेरी सृष्टि गर्नु बाहेक नेपाली जनताको अगाडि अर्को विकल्प छैन भन्ने बुझाइमा हामी छौं।
रविन्द्र मिश्रः हैन, आन्दोलनको आँधीबेरीको कुरा त राजनीतिक दलहरुले सुनामीको कुरा गरे, सुनामी न आयो, न तपाईँहरुले १० वर्ष संघर्ष गर्नुभयो, न एउटा जिल्ला सदरमुकाम नै तपाइँहरुले आफ्नो कब्जामा लिन सक्नुभयो भने पछि त स्थिति त अलिकति त्यो अलि गतिरोध कै अवस्था छ नि भने यहाँ कहीँ न कहीँ सहमति हुनुपर्ने देखिन्छ यदि तपाईँहरु राजनीतिक संकटको निकास चाहनुहुन्छ भनेदेखि अब सबै दलहरुको सबै शक्तिहरुको राजनीतिक सम्मेलन गरेर बनाए पनि जे गरेर बनाए पनि त्यो अन्तरिम सरकारमा चाहिँ राजाको प्रतिनिधि हुन सक्छ कि सक्दैन भनेको ?
प्रचण्डः त्यही त हामी अब आउँछ भन्ने विश्वास चाहिँ छ आन्दोलनको किनकि हामीले गएको नारायणहिटी कुख्यात हत्याकाण्डपछिबाट लगातार हामीले माने संसदीय राजनीतिक दल र हाम्रोबीचमा चाहिँ एउटा समझदारी बन्नुपर्छ एउटा सहमति बन्नुपर्छ मोर्चा बन्नुपर्छ अनि मात्र देशले निकास पाउँछ भनेर हामीले भन्दै आएका हौं। दलहरु र हाम्रो बीचमा चाहिँ एउटा समझदारी बनेको छ। निश्चय नै अब आन्दोलनको आँधीबेरी आउँछ। त्यसैको बलमा अन्तरिम सरकार बनाइनु पर्छ र त्यो अन्तरिम सरकारले संविधान सभाको निर्वाचन आयोजना गर्नुपर्छ भन्ने नै हाम्रो भनाई हो.
रविन्द्र मिश्रः उसो भए अब त्यो अन्तरिम सरकार बन्दाखेरी राष्ट्राध्यक्ष चाहिँ को हुने ?
प्रचण्डः त्यो अन्तरिम सरकार बन्ने बेला, आन्दोलन अगाडि बढेर अन्तरिम सरकार बन्ने बेलासम्म जो विश्वासको वातावरण बन्छ, साथीहरुको बीचमा त्यो विश्वासको वातावरणको जगमा टेकेर नै माने राष्ट्राध्यक्षको प्रश्न अथवा प्रधानमन्त्रीको प्रश्न आदि इत्यादि भन्ने कुरा त्यतिबेलै टुंग्याउन सकिन्छ।
रविन्द्र मिश्रः अनि त्यो हो भनेदेखि त्यत्रो सहमतिको १२ बूँदा निकाल्दाखेरी त्यो कुरा किन प्रष्ट नभा त ?
प्रचण्डः त्यो कुरा चाहिँ मलाई लाग्छ त्यसको चाहिँ अ……मा त्यो कुरा रहेको छ, तर मैले अघि नै भनेँ, ती सात राजनीतिक दलको, जसको संसद् पुनर्स्थापनाको कुरा छ उहाँहरुको, हैन, उहाँहरु अहिले भर्खरै त्यसलाई हटाउने स्थितिमा हुनुहुन्न। अब हामीले चाहिँ भनेका छौ, त्यसमा चाहिँ त्यो कुरा राखेका छौं र हाम्रो के विश्वास छ भने दलहरुसँग हुने अन्तर्क्रिया, छलफलको क्रममा त्यो नारामा पनि हामी एक ठाउँमा आउन सक्छौं भने विश्वास हामीले लिएका छौं।
रविन्द्र मिश्रः यो एकदमै अन्यौलपूर्ण कुराहरु भइराखेको देखिन्छ किनभने यहाँ राजालाई बेस्कन गाली गरेर हिँडेको देखिन्छ दलहरुले पनि र तपाईँहरुले पनि। तर सहमति हुँदाखेरी त्यसमा त्यो गाली पनि देखिँदैन र गणतन्त्रको कुरा पनि देखिँदैन। अन्तर्वार्ता गर्यो भने फेरि तपाईँहरुसँग अन्तर्वार्ता गरे पनि राजनीतिक दलहरुका नेतासँग अन्तर्वार्ता गरे पनि फेरि गणतन्त्रका चर्काचर्का नाराहरु सुनिन्छ। भनेपछि तपाईँहरु रणनैतिक प्रत्याक्रमणमा नभएर अहिले रणनैतिक झुक्याइको चरणमा त हैन तपाईँहरु कतै ?
प्रचण्डः निश्चय नै होइन। किनकि जतिसम्म हामी सहमत हुनसक्ने, न्युनतम विषयमा त्यहाँ राखिएको छ, निश्चित रुपमा त्यहाँ झुक्याउने कुरा, लुकाउने कुरा केही पनि छैन।
रविन्द्र मिश्रः भनेपछि जबसम्म राजतन्त्र समाप्त हुँदैन, तबसम्म तपाईँहरुको संविधान सभाको निर्वाचन पनि हुँदैन उसो भए ?
प्रचण्डः संविधान सभाको निर्वाचन किन हुन सक्दैन ? निश्चित रुपमा हुनसक्छ। जब जनताको आन्दोलन अगाडि बढ्छ, राजनीतिक दलहरुको बीचमा एउटा समझदारी बन्छ, आन्दोलन त्यो समझदारीको बीचबाट अन्तरिम सरकार बनेपछि, संविधान सभातिर जान सकिन्छ र जानुपर्छ भन्ने नै हो।
रविन्द्र मिश्रः त्यही त तपाईँहरुले त्यो अन्तरिम सरकार बनाउँदा खेरी नै अघि तपाईँहरुले भने जस्तै राजतन्त्र त त्यहाँ समाप्त हुनुपर्यो नि त त्यहाँ अब, हैन ?
प्रचण्डः त्यो कुरा चाहिँ त हामीले अहिले जुन १२ बूँदे समझदारी पत्र बाहिर आएको छ, सबभन्दा पहिले त माने राजा र राजावादीहरुको के हो धारणा ? माने देशलाई साँच्चै निकास दिन उनीहरु तयार छन् त ? अथवा उनीहरु कहाँसम्म आउन तयार छन् भन्ने कुरा उताबाट आउनु पर्ने कुरा हो।
रविन्द्र मिश्रः हो, त्यही मैले अघिदेखि जान्न चाहेको त्यही, उनीहरु निकास दिन तयार छन् कुनै किसिमबाट भनेदेखि उनीहरु पनि नरम हुन तयार छन् भनेदेखि तपाईँहरु पनि नरम भएर एउटा सहमतिको बिन्दूमा आउन तयार भएको हो भनेको मैले ?
प्रचण्डः मैले पनि अघि नै त्यही भनेँ, अहिले त्यो चाहिँ मनोगत प्रश्न मात्रै हुन्छ, त्यो आएपछि के गर्ने भन्ने कुरा त्यसपछिको घटनाक्रम त्यसपछिको स्थिति हेरेर मात्रै भन्न सकिन्छ। अहिलेको मुख्य मुद्दा भनेको राजाको निरंकुशतन्त्रका विरुध्द आन्दोलन सृष्टि गर्नु नै हो र अहिले सम्झौता खोज्ने स्थिति हैन।
रविन्द्र मिश्रः हैन, अझै यहाँ प्रष्ट भएन। यहाँ के कुरा प्रष्ट भएन भनेदेखिन् अन्तरिम सरकार बनाउँदा खेरी तपाईँले भने अनुसार राजतन्त्र समाप्त भएपछि मात्रै अनि दलहरु र तपाईँहरु मिलेर एउटा विश्वासिलो व्यक्तिलाई राष्ट्राध्यक्ष बनाएर अन्तरिम सरकार बनाउने कुरा गर्नुभयो। अब यदि त्यो नभइकन संविधान सभाको निर्वाचन नहुने हो भने त तपाईँको संविधान सभाको निर्वाचन हुनलाई त पहिलेबाट राजतन्त्र जानै पर्यो नि हैन तपाईँहरुको भनाईअनुसार ?
प्रचण्डः माने हाम्रो उद्देश्य त त्यही हो। तर देशको अहिलेको परिस्थिति बुझ्दा चाहिँ …….धेरै पहिलेदेखि हामीले भनेको कुरा के हो भने यदि सबै शक्ति स्वच्छ र निष्पक्ष रुपमा संविधान सभाको निर्वाचन गर्न सहमत हुने स्थिति बनियो भने सबै शक्ति संविधानसभामा जान सक्छन् भन्ने पनि हो।
रविन्द्र मिश्रः हो, यही कुरा मैले प्रष्ट रुपमा चाहेको- भन्नाले अहिले राजावादीहरु अथवा राजा पनि संविधान सभाको निर्वाचनका लागि तयार हुने हो भनेदेखिन् तपाईँहरुलाई अन्तरिम सरकार बनाएर संविधानसभाको निर्वाचनमा जान तयार, राजा भएर केही समस्या भएन, हैन त उसोभए ?
प्रचण्डः हैन, त्यो कुरा राजा र राजावादीहरुले क्लियर गर्नुपर्ने कुरा हो।
रविन्द्र मिश्रः हो, उनीहरुले प्रष्ट रुपमा हुन्छ भनेदेखि चाहिँ समस्या भएन त्यहाँसम्मको लागि चाहिँ ?
प्रचण्डः त्यसबारे चाहिँ प्रष्ट भयो भने सोच्न सकिन्छ। सबै राजनीतिक शक्तिहरुको बीचमा चाहिँ सोच्न सकिने कुरा हो।
रविन्द्र मिश्रः धेरै नरम भएको चाहिँ हो नि तपाईँहरु हगि?
प्रचण्डः नरम भएको केलाई भन्ने ? हामी निश्चित रुपमा नेपाल अहिले जुन राजनैतिक संकटमा छ र आम नेपाली जनताले जो लोकतन्त्र चाहिरहेका छन्, शान्ति चाहिरहेका छन्, जनताको त्यो लोकतन्त्र, शान्तिको आकांक्षा र भावनाप्रति हामी लचिलो भएको निश्चय नै हो।
रविन्द्र मिश्रः संविधान सभाको निर्वाचन भएपछि जे परिणाम आउँछ, त्यो परिणाम चाहिँ तपाईँहरुलाई स्वीकार्य हुन्छ त्यसो भए जे परिणाम आए पनि ?
प्रचण्डः अँ , हामीले त्यो कुरा धेरै पहिलेदेखि भनेका छौं र अहिलेको त्यो समझदारीपत्रमा पनि त्यो कुरा स्पष्ट गरिएको छ। स्वच्छ र निष्पक्ष कुनै एउटा संविधान सभाको निर्वाचन हुने स्थितिमा त्यसबाट आउने परिणामलाई स्वीकार्न हामी प्रतिवध्द छौं, हामीले त्यसलाई स्पष्टै गरेका छौं।
रविन्द्र मिश्रः अनि त्यो निर्वाचनले चाहिँ तपाईँलाई नेपालमा राजतन्त्र अझै आवश्यक छ भनेर राजतन्त्र चाहिन्छ भन्यो भने त्यो पनि स्वीकार्य हुन्छ तपाईँहरुलाई ?
प्रचण्डः अँ, नेपाली जनताले त्यो भर्सन दिन्छन् भने हामीलाई त्यो विश्वास चाहिँ छैन, तर यदि स्वच्छ निष्पक्ष निर्वाचन हुने स्थितिमा जनताको भर्सन त्यो आउँछ भने हामी त्यसलाई सम्मान गर्छौं भनेर भनिसकेकै विषय हो यो।
रविन्द्र मिश्रः ल हेर्नुस्, यहाँनिर अलिकति कुरा बाझियो। किनभने राजतन्त्र नफालीकन संविधानसभाको निर्वाचन नहोस् भन्ने तपाईँहरुको आन्तरिक चाहना पनि अब राजतन्त्र फालिसकेपछि जनताले राजतन्त्र चाहिन्छ भन्यो भनेदेखिन् अनि त्यसलाई फेरि प्रतिस्थापन गर्ने ? झिक्ने-फाल्ने, झिक्ने-फाल्ने जस्तो ?
प्रचण्डः त्यस्तो होइन, कुरा त्यस्तो होइन। मुख्य कुरा के हो भने संविधान सभाको निर्वाचनमा सबै राजनीतिक शक्ति सहमत हुने हो भने सबै राजनीतिक शक्तिहरुले आ-आफ्नो वैचारिक आस्था र राजनीतिक सोच अनुसार जनतामा प्रचार गर्ने स्वतन्त्रता त्यहाँ हुन्छ। त्यो प्रचार भइसकेपछि २१ अौं शताब्दीका नेपाली जनता, पटक पटक नेपाली जनताको आकांक्षामाथि कुठाराघात गर्ने राजतन्त्रको पक्षमा जान्छन् भन्ने हामीलाई पटक्कै विश्वास छैन।
रविन्द्र मिश्रः तपाईँले मलाई मनोगत प्रश्न भन्नुहुन्थ्यो, त्यो तपाईँको मनोगत चाहना भयो…..तर भइदियो भने चाहिँ तपाईँहरुले स्वीकार्ने…..
प्रचण्डः सम्मान गर्छौं भन्यौं। जनताको चाहिँ माने verdict लाई जनताको फैसलालाई सम्मान गर्छौं।
रविन्द्र मिश्रः अनि यहाँनिर चाहिँ कुरा किन मिलेन भनेदेखिन् तपाईँ राजतन्त्रको अन्त्य चाहने संविधान सभाको निर्वाचन हुनुभन्दा अगाडि, अनि संविधानसभाले राजा चाहिन्छ भन्यो भने फेरि ल्याएर प्रतिस्थापन गर्ने, कुरा बाझियो नि ।
प्रचण्डः हैन, त्यस्तो त हैन, कुरा तपाईँको कहाँ अलि मिलेन जस्तो लाग्छ मलाई भने नि, माने संविधान सभाको निर्वाचन, संयुक्त राष्ट्रसंघको पर्यवेक्षण भयो भने हामीले त्यो स्थितिलाई स्वीकार्छौं भनेको हो।
रविन्द्र मिश्रः अब एउटा कुरा के भने जस्तो तपाईँहरुले अहिलेको १२ बूँदे सहमति गर्दाखेरी जुन निर्वाचन गर्ने संयुक्त राष्ट्र संघको सुपरिवेक्षणमा अथवा तेस्रो विश्वसनीय पक्षको सुपरिवेक्षणमा भनेर भन्नुभो, त्यसको लागि भारत मान्ला त त्यसमा ?
प्रचण्डः माने हामीले चाहिँ त्यसमा कुनै पनि देशलाई किटेर भनेका छैनौं…………क्रमशः
(झण्डै २० मिनेटको यो अन्तर्वार्ता सुन्दै टाइप गर्दा सार्है गार्हो भयो। राति अबेला पनि भइसक्यो अब सुत्नुपर्छ, बाँकी भोलि राखौंला)
प्रचण्डः माने हामीले चाहिँ त्यसमा कुनै पनि देशलाई किटेर भनेका छैनौं र किटेर भन्न पनि चाहेका छैनौं।
रविन्द्र मिश्रः हैन, जस्तो भारतले भन्दै आएको कुरा के भनेदेखि नेपालीहरुको समस्या नेपालीहरुले सुल्झाउनु पर्छ, बाहिरकोले सहयोगमात्रै गर्न सक्छन् भनेर भनिराख्या छ उनीहरुले र बुझिएको कुरा के छ भनेदेखिन् भारतले संयुक्त राष्ट्रसंघको संलग्नता चाहेको छैन। भनेपछि यदि भारतले नचाहेको भएदेखि त, नचाहे पछि त व्यवहारिक रुपमा त्यसलाई लागू गर्न त गार्हो होला नि त।
प्रचण्डः माने हाम्रो विचारमा के हो भने संयुक्त राष्ट्रसंघलाई नमान्नु पर्ने कारण हामीले देखिराख्या छैनौं। र त्यसमा समस्या हो भने भरपर्दो त्यस्तो अर्को अन्तर्राष्ट्रिय मध्यस्थता पनि बनाउन सकिन्छ भनेरै त्यहाँ दुईटा प्रावधान जो राखिया छ- संयुक्त राष्ट्रसंघ वा भरपर्दो अन्तर्राष्ट्रिय सुपरिवेक्षण- त्यसमा हामी के चाहन्छौं भने भारत, चीन, युरोप, अमेरिका सबैको त्यसमा सहयोग जरुरी छ भन्ने हामी ठान्छौँ।
रविन्द्र मिश्रः यो विषयमा तपाईँहरुको भारतीयहरुसँग कुरा भा छ ?
प्रचण्डः हाम्रो त्यस्तो कुरा भएको छैन।
रविन्द्र मिश्रः अनि त्यसरी सुपरिवेक्षण भएर संविधान सभाको निर्वाचनको परिणाम आएपछि चाहिँ तपाईँहरु हतियार त्याग्न तयार हैन त उसो भए ?
प्रचण्डः माने, हामीले के भनेका छौं भने त्यसखालको संविधानसभाको निर्वाचन भएर आउने फैसला अनुसार दुवै सेनाको पुनर्संगठन गरेर नयाँ राष्ट्रिय सेना बनाउन सकिन्छ र समस्याको शान्तिपूर्ण ढंगले समाधान गर्न सकिन्छ भन्ने कुरालाई हामीले स्पष्ट गरेका छौं।
रविन्द्र मिश्रः अब एकछिन यो नेपाली राजनीतिमा भारतीय भूमिकाको अलिकति कुरा गरौं। जस्तो तपाईँहरुले भारतलाई सँधै भन्दै आएको भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद भनेर सँधै गाली गर्दै आउनुभएको तर हालैका घटनाक्रमहरुले चाहिँ भारत कति रुपमा तपाईँहरुको सबैको लागि कति महत्त्वपूर्ण छ नेपालको आन्तरिक राजनीति निर्धारण गर्नमा भनेर देखाएको छ भन्दाखेरी तपाईँहरुलाई धेरैले भारतको गोटी बनेको भनेर भन्छन् नि ?
प्रचण्डः त्यो नितान्त निराधार हो भन्ने हामीलाई लाग्छ। माने नेपालको अहिलेको चाहिँ जो राजनीतिक संकट छ, र नेपालको जुन भूराजनीतिक अवस्था छ, त्यो स्थितिमा हामीलाई भारतको पनि, हामीलाई चीनको पनि र हामीलाई अन्तर्राष्ट्रिय समुदायको पनि सहयोगको खाँचो छ भन्नेमा चाहिँ हामी स्पष्टै छौं।
रविन्द्र मिश्रः त्यस्तो महत्त्वपूर्ण छ भने सँधै गाली किन गर्या त भारतलाई ?
प्रचण्डः माने त्यो त वैचारिक विषयमा त चाहिँ विचारका कुराहरु छन्, त्यो वैचारिक आस्थाको हिसाबले भन्ने कुराहरु त निश्चित रुपमा हुन्छन्।
रविन्द्र मिश्रः जस्तो भारतमा तपाईँहरुले हालै नेपालका नेताहरुलाई भेट्दाखेरी भारतीय अधिकारीहरुको अथवा गुप्तचर सेवाका सदस्यहरुको त्यसमा कुनै सहयोग थियो कि थिएन ?
प्रचण्डः माने हामीले आफ्नो तर्फबाट माने राजनीतिक भेटघाटको क्रम हामीले आफ्नै किसिमबाट गरेका छौं। त्यस्तो कसैको सहयोग अथवा प्रत्यक्ष त्यस्तो कुनै अनुभूति र अनुभव गरेका छैनौं।
रविन्द्र मिश्रः भनेपछि त कस्तो भारतीय गुप्तचर सेवाको अलिकति त्यो त तपाईँको भनाईलाई विश्वास गर्ने हो भने अलिकति असक्षम जस्तो किनकि के देखिन्छ भने सारा त्यत्रो महत्त्वपूर्ण नेपाली नेताहरु दिल्लीमा गएर बस्दाखेरी त्यहाँबाट उहाँहरु तपाईँलाई भेट्न जाँदा उनीहरुलाई पत्तो नै छैन, हगि ?
प्रचण्डः माने त्यो कुरा हामीले भन्नसक्ने कुरा होइन तर एउटा कुरा निश्चित हो भने राजाको माघ १९ को कदमपछि अन्तर्विरोध नयाँ ढंगले चाहिँ विकसित भइराख्या छ। भारतको राजनीतिक पार्टीहरु मध्ये धेरैजसो राजनीतिक पार्टीहरु लोकतन्त्रको पक्षमा आवाज उठाइराखेको स्थिति पनि छ। मलाई लाग्छ सरकार अनभिज्ञ नै थियो भन्ने चाहिँ हामीलाई लाग्दैन तर त्यस्तो संलग्नता वा सहयोग भन्ने चाहिँ हामीले अनुभव गरेका छैनौं।
रविन्द्र मिश्रः युध्दविराम…तपाईँहरुको तीन महिने युध्दविराम अब केही दिनभित्रैमा सकिँदैछ। त्यो युध्दविराम लम्ब्याउने कि नलम्ब्याउने ?
प्रचण्डः अब युध्दविरामको विषयमा कुरा के छ भने हामीले निश्चित रुपमा नेपाली जनताको लोकतन्त्र र शान्तिको आकांक्षालाई सम्मान गर्दै हामीले एकपक्षीय रुपमा तीन महिने युध्दविराम गर्यौं। र यो युध्दविरामको अवधिमा राजा र शाही सेनाबाट हाम्रा निहत्था कार्यकर्ताहरु २०- २५ जना, २५ जनाभन्दा बढीको चाहिँ हत्या यो बीचमा भइसकेको छ। ५० भन्दा बढी चाहिँ बेपत्ता पारिएको छ। अब त्यो स्थितिमा हामीले चाहेर पनि युध्दविराम लम्ब्याउन निकै अप्ठ्यारो छ। तैपनि चाहिँ अब एक हप्ता बाँकी छ हामी विचार गर्दैछौं यसलाई कसरी चाहिँ माने अगाडि बढाउने भन्ने बारेमा।
रविन्द्र मिश्रः जस्तो तपाईँहरुले द-दस वर्ष गाउँ घेरेर बसिसक्नुभयो। अब गाउँ नै घेरेर मात्रै कहिलेसम्म बस्नुहुन्छ तपाईँहरु ?
प्रचण्डः भर्खरै हाम्रो केन्द्रीय समितिको बैठक भयो। अब हामीले मूल्याङ्कन गरेर नयाँ चाहिँ एउटा रणनीतितिर, नयाँ चाहिँ एउटा माने चाहिँ विचार हामीले निश्चित गरेका छौं। माने गाउँमा चाहिँ हामी १० वर्षदेखि ग्रामीण क्षेत्रमा जो वर्ग शक्ति सन्तुलन हुन्थ्यो, त्यो बदलिएको छ, त्यहाँको जो सामन्ती संरचना थियो, त्यो भत्किएको छ र नयाँ संरचना बनाउने कोशिश हामीले गरिराखेका छौं। र, देशलाई फेरि त्यो राजनीतिक निकासको आवश्यकता छ, त्यसलाई विचार गरेर केन्द्रीय समितिको हाम्रो भर्खरै भएको बैठकले चाहिँ गाउँमात्रै होइन, अब सहरतिर पनि र रणनैतिक स्थानहरुतिर पनि हामीले आफ्नो पहल बढाउनु पर्छ भन्नेतिर हामी सोचिराख्या छौं।
रविन्द्र मिश्रः के गर्नुहुन्छ त्यसका लागि ?
प्रचण्डः माने अब अहिले जुन चाहिँ यो समझदारी बनेको छ, यो पनि एउटा हाम्रो माने केन्द्रीय समितिको बैठकमा जो नयाँ नीति नयाँ निर्णयहरु हामीले गर्यौँ, त्यसैको स्पिरिटमा यो अगाडि बढेको छ।
रविन्द्र मिश्रःभन्नाले के अब अरु आक्रमणहरु हुन्छ ?
प्रचण्डः माने आक्रमणको कुरा भन्दा पनि राजनीतिक चाहिँ एउटा परिचालन जुन हो, त्यो राजनीतिक परिचालनलाई चाहिँ नयाँ उचाइतिर उठाउने चाहिँ हाम्रो मुख्य उद्देश्य भएको छ अहिले।
रविन्द्र मिश्रः तपाईँहरुले यो १० वर्षको युध्द गर्दाखेरी जति मान्छेहरु मारिए, त्यसमा तपाईँहरुले राज्यपक्षलाई पनि दोष दिनुहुन्छ र तपाईँलाई पनि दोष दिन्छन्, तपाईँ आफूलाई यो माअोवादी आन्दोलनको नेताको हिसाबले कति पापी वा कति धर्मात्मा सम्झनुहुन्छ यो सम्पूर्ण अवधिभरको गतिविधिलाई हेर्दा ?
प्रचण्डः हेर्नुस्, रविन्द्र जी, यो एउटा ठूलो विद्रोह हो नेपालको इतिहासमा २३७ वर्षदेखि जो सामन्ती संरचना चल्दै आएको छ, त्यसकाविरुध्द गरिएको यो ठूलो विद्रोह हो। …to be contined


प्रचण्डको अन्तरवार्ता नेपालमा रोकिएको कुरा थाहा पाएर त्यसलाई रेकर्डिङ् गरेर एमपीथ्री फाइल बनाएर नेपालमा बसेका साथीहरूलाई इमेलबाट बाँड्नुपर्ला भनेर पनि मैले सोचेँ। तर बीबीसीको कपीराइट सूचना हेर्दा खतरा मोल्न मन लागेन। म नेपालमा भएको भए कुरो अर्कै हुन्थ्यो।
अब बीबीसी वेबसाइट नेपालबाट खोल्ने उपाय भनेको प्रोक्सी प्रयोग गरेर हो। तलका साइटहरू वेबमा आधारित सीजीआई प्रोक्सी हुन्। ती साइटहरूमा गएर http://www.bbc.co.uk/nepali टाइप गरी खोल्ने प्रयास गर्नुहोस्। मेरो विचारमा खुल्छ।
http://www.proxyweb.net/
http://webwarper.net
https://www.megaproxy.com/freesurf/
http://www.snoopblocker.com/
http://www.pureprivacy.com/
http://www.usbm.de/cgi-bin/userbeam.pl
http://www.myshield.com/
http://www.proxymouse.com/
हुटिट्याउँ विक्रम आफ्नो टाउकोरुपी सत्य वा समाचारलाई छोप्दा आफ्ना सारा कर्तुत छोपिने भ्रममा पर्छ।
[यसरी खुला रुपमा प्रोक्सी साइटको एड्रेस बाँड्दा यी साइटहरुलाई पनि ब्लक गरिने संभावना छ। स्मरण रहोस्, माघ १९ पछि धेरै प्रोक्सी साइटहरु पनि ब्लक गरिएका छन्। त्यसैले यो सूची राखौं कि नराखौं भन्ने दोधारमा थिएँ। तल अर्का एक साथी सगुनले दिनुभएको प्रोक्सी साइट चाहिँ मेरो फेभरेट भएकोले त्यसलाई ब्लक गर्ने संभावना भएकोले मैले सेन्सर गरिदिएको छु है- मेरो संसार]
Comment by उही कुमार लामा — November 28, 2005 @ 3:31 am
Thank you for providing the written verson promptly.
Comment by bharat — November 28, 2005 @ 7:45 am
Good and praise worthy job. site block gare pani herna milchaa. go to www.****com ani tyanha bbc ko web address halyae pachi herna milchaa.
Comment by sagun chalise — November 28, 2005 @ 7:57 am
अन्तरवार्ता सुन्दा खुसि नै हुनुपर्ने वा दुखि हुनुपर्ने कुरा छैन । माऔवादि पनि दरवार वा अन्य बाट सन्चालित हो कि ? प्रष्ट छैन । तर कसैले पनि जनता लाइ झुक्याउनु हुंदैन यसो गरेमा उनिहरु आफैं नासिन्छन् ।
Comment by लोकतन्त्र — November 28, 2005 @ 9:04 am
I still remember the day when he threw the Deuba led government promising restoration of Democracy very soon, ppls’ right for freedom of speech, expression and much more. But now all seem just sweet coated capsules. His new steps are making clear that what you want. .. in Nepal.
I just hope are ppl are well aware of your steps and have the sense to differentiate the right from wrong…
Thanks, Chandra from saudi
Comment by chandra — November 28, 2005 @ 9:59 am
Tyo interview sune pachi ani nepal ma bbc ko website ani radio sagarmatha banda bhako sune pachi chai… shri paach maahaaraj.. saachai nai… dodhar ma pare jasto lago… aba.. khai raja bhanna napaine bho.. yaha nepal ma yaasto cha.. uu chai africa ma hamro tax udayera basera ke garya ho…. je hos.. dherai din chaina.. chitai aayera… ceremonial monarchy ko lagi raja le call gare ramro natra… … ke ta… mero nepal ko president hune chance ali kati bhaye pani badhne bho…
pashupatinath le hami sabai ko kalyan garun….
….jai nepal!
Comment by Mukti Sir — November 28, 2005 @ 12:07 pm
Thanks yaar, BBC block bhaya pani Interview herna paiyo
Comment by Aad — November 28, 2005 @ 2:54 pm
हो, प्रोक्सीहरू खुल्लारुपमा बाँड्दा सो प्रोक्सी साइटलाई नै रोकिदेलान् कि भन्ने मैले पनि सोचेको थिएँ।
त्यसैले प्रोक्सी संबन्धी राम्रो ज्ञान भएका नेपालमा रहेका साथीहरूले प्रोक्सी साइटहरू र प्रयोग गर्ने तरिका आपसमा इमेलद्वारा बाँडे राम्रो हुनेथियो। नेपालबाट कुन प्रोक्सी रोकिएको छ भन्ने पनि थाहा हुन्छ। र आफूले नितान्त विश्वास गरेका साथीहरूमा यस्ता मेलहरू सीमित गर्नु राम्रो हुन्छ।
यसरी प्रोक्सी बाँड्दा भरसक दुबैतर्फले @wlink.com.np, @mos.com.np, @ntc.net.np जस्ता स्थानीय आइएसपीले दिने इमेल प्रयो नगर्नु राम्रो हुन्छ। के थाहा तपाईँका इमेलहरू इण्टरसेप्ट गरिएका छन् कि! याहू, हटमेल जस्ता विदेशमा होष्ट गरिएका वेबमा आधारित मेलहरूलाई नेपालले इण्टरसेप्ट गर्न सक्ला भन्ने मलाई लाग्दैन।
सद्दामको पालामा कतिपय इराकीहरूले एओएल सर्भरमा डायल गरेर भए पनि इण्टरनेटमा पस्थे रे भन्ने सुनेको थिएँ। उपायहरू धेरै छन्। हुटिट्याउँले बालुवामा टाउको लुकाउँदैमा ऊ सुरक्षित हुँदैन आखिर बाजले छोपिहाल्छ।
समाचार लुकाएर तानाशाही बचाउने जस्तो हुटिट्याउँ विक्रमको छोटो बुद्धि देखेर उसको बुद्धिलाई हार्दिक समवेदना प्रकट गर्न मन लाग्यो।
Comment by उही कुमार लामा — November 28, 2005 @ 5:41 pm
IF you guys wanna listen the interview. click the link below
http://gbnc.org/sajha/html/openThread.cfm?forum=2&ThreadID=25531
Comment by pashupati — November 29, 2005 @ 12:11 am
hiana umesh ji….
can’t you write some blogs on nepali film industry ? i have not seen any websites on nepali film industry. do you know any ? or they don’t exist ?
how is Rajesh hamal doing ? where is deepak khadka ? is karishma manadhar still in nepal or she returned back to USA ? do write some man.. It will be fun to read those.
just a thought !thanks…
Comment by dpk — November 29, 2005 @ 9:26 am
रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ। अर्थात् अरूलाई के धन्दा, घरजुवाइँलाई खानको धन्दा। कहिले हो कुन्नि उमेशजीले नै एकपटक “ड्याम केयर डेमोक्रेसी पुस्ता” भनेर लेख्नुभए जस्तो लागेको थियो।
नागरिक हक र प्रेस स्वतन्त्रता माथि भएको मध्ययुगिन आक्रमण जस्तो गम्भीर विषयमा छलफल भइरहेको खण्ड (thread) मा राजेश हमाल र करिश्माको समाचारको खोजी
यसका लागि कामना जस्ता थुप्रै पत्रिकाहरू इण्टरनेटमा छन्। त्यतै खोज्दा हुन्न र dpkजी?
[dpk g, tapain www.filmnepal.com ma pani jana saknu hunchha: Mero Sansar]
Comment by गणतन्त्रवादी नेपाली — November 29, 2005 @ 9:18 pm
उमेश जी तपाँईको ब्लगमा कमेन्ट नगरेको धेरै भयो। तर यो ब्लगमा चै मेरो के सुझाव छ भने प्लिज कुमार लामा जी ले गरेको कमेन्ट बाट सवै प्रोक्सीको लिस्ट हटाइदिनु होला। मकरेहरूको के भरोसा ति वेब बेस्ड प्रोक्सी लाई नै ब्लक गरेभने हाम्रो बिजोक हुन्छ।
Comment by प्रसन्न — November 30, 2005 @ 9:47 am
दिपक जी
तपाँइलाई फिल्मको वारेमा हेर्नु चाहनुहुन्छ भने http://dharanonline.50webs.com/news/bijayapur/4.html#नायिकाहरूको%20चर्तिकला
यो साइटमा हेर्नु
यसले खुलेन भने
http://dharanonline.50webs.com/news/bijayapur
यो साइटमा गएर खेलकुद मनोरञ्जन मा click गर्नु।
Comment by प्रसन्न — November 30, 2005 @ 4:40 pm