November 29, 2005

रेडियो सगरमाथा बज्न थाल्यो, बीबीसी फेरि रोक्न आदेश

२०६२ मंसिर १४ मंगलबार
सरकारले रेडियो सगरमाथालाई अर्को आदेश नभएसम्म प्रसारण रोक्का गर्न दिएको आदेश कार्यान्वयन नगर्नू-नगराउनु भनी सर्वोच्चले आज आदेश दिएपछि ४३ घण्टा ४७ मिनेट बन्द भएको एफएम १०२.४ मेगाहर्जमा समाचार प्रसारण भयो। तर फेरि सरकारले अर्को पत्र बीबीसी चाहिँ प्रसारण नगरेस् भनेर थमाएछ। त्यसकारण बीबीसी नेपाली सेवाको रिले भने आज भएन। रेडियो सगरमाथाको वक्तव्य र अघिल्लो दिन अर्थात् सोमबार भएको विरोध प्रदर्शनका फोटोहरु हेर्न भित्र आउनुहोला। बाँकी

सरकारले बलजफ्ती प्रवेश गरी प्रसारण रोकेकोमा सम्मानित सर्वोच्च अदालतको आदेशपछि ४३ घण्टा ४७ मिनेटपछि रेडियो सगरमाथाको रोक्का गरिएको प्रसारण सुचारु भएको छ । आज सर्वोच्च अदालतका न्यायाधीश बद्रीकुमार बस्नेतको एकल इजलासले रेडियो सगरमाथाको प्रसारण सुचारु सञ्चालन गर्न दिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेपछि रेडियो सगरमाथाले अपरान्ह पौने पाँच बजेदेखि आफ्नो नियमित सूचनामूलक बुलेटिन हालचालबाट आफ्नो प्रसारण पुनः सुरु गरेको हो ।

अदालतको आदेशको करीब एकघण्टाभित्रै रेडियो सगरमाथाले आफ्नो प्रसारण सुचारु गरेको छ । आज माननीय न्यायधीश बद्रीकुमार बस्नेतको एकल इजलासले सरकारलाई रेडियो सगरमाथामाथि हस्तक्षेप गरी प्रसारण बन्द गर्नुको कारणबारे छलफल गर्न यही मंसिर २२ गते अदालतमा हाजिर हुन पनि आदेश जारी गरेको छ ।

अन्तरिम आदेश हुनुअघि बहस गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष शम्भु थापा र अधिवक्ता सुभाष नेम्वाङले रेडियो सगरमाथामाथि सरकारले गैरकानूनी ढंगले हस्तक्षेप गरी प्रसारण बन्द गराउने, उपकरण कब्जा गर्ने र कार्यरत पत्रकारहरूलाई बिना पर्ूर्जी थुनामा राख्ने कार्य गरेकाले सो सबै कार्य रोक्न अन्तिरिम आदेश जारी गर्न मागदावी गर्नुभएको थियो । उहाँहरूले रेडियो सगरमाथाको प्रसारण रोकिएकाले अपूरणीय क्षति हुन पुगेको उल्लेख गर्दै जनताले रेडियो सुन्ने अवसरका लागि पनि अन्तरिम आदेश जारी हुनुपर्ने तर्क अघि सार्नुभएको थियो ।

अन्तरिम आदेश जारी भएपछि प्रतिक्रिया दिँदै रेडियो सगरमाथाका तथा नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष लक्ष्मण उप्रेतीले रेडियो सगरमाथाको प्रसारण पुनः सुरु गर्ने अवसर अदालतले दिलाइदिएकोले जनता र समाजको सेवामा रेडियो सगरमाथा फेरि जुट्न पाएकोमा सन्तोष प्रकट गर्नुभएको छ ।

मिति २०६२ मंसिर १२ गते राती ८:५८ मा सूचना तथा सञ्चार मन्त्रालयका कर्मचारी सशस्त्र प्रहरी सहित प्रवेश गरी बीबीसी प्रसारण रिले गर्ने उपकरण कब्जामा लिई लैजाने, बज्दा बज्दैको रेडियो बन्द गराउने जस्ता कार्य गरेको थियो । सरकारको यो हस्तक्षेप विरुद्ध रेडियो सगमराथाको संस्थापक संस्था नेपाल वातावरण पत्रकार समूहका तर्फबाट अध्यक्ष लक्ष्मण उप्रेतीले सर्वोच्च अदालतमा हिजो रिट दायर गर्नुभएको थियो ।

रेडियो सगरमाथा दुःखको बेला आफूप्रति ऐक्यबद्धता र सहानुभूति प्रकट गर्ने तथा सहयोग गर्ने नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ, राष्ट्रिय मानव अधिकार आयोग, संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्चायोग र अन्य अधिकारकर्मी संस्थाहरू, युनेस्को, विभिन्न महानुभावहरू, सञ्चारमाध्यम, संघ, संस्था र निकायहरू, विभिन्न राजनीतिक दलहरू तथा आम श्रोताहरूप्रति हार्दिक आभार प्रकट गर्दछ ।

कर्तव्य निर्वाह गर्दागर्दै गिरफ्तारीमा परेका रेडियो सगरमाथाका सञ्चारकर्मीहरूको कर्तव्यपरायणताको रेडियो सगरमाथा सराहना गर्दछ । साथै ४३ घण्टा ४७ मिनेट प्रसारण रोक्का हुन गई आफ्ना तमाम श्रोता, विज्ञापनदाता तथा कार्यक्रम उत्पादन र प्रसारणमा सहकार्य गरिरहेका संघ, संस्थामा पर्न गएको असुविधाप्रति रेडियो सगरमाथा हार्दिक दुःख व्यक्त गर्दछ ।

बीबीसी पुनः प्रसारण स्थगित

आज दिउँसो ३:४५ बजे सम्मानित सर्वोच्च अदालतबाट रेडियो सगरमाथाको प्रसारण सुचारु गर्नेबारे अन्तरिम आदेश जारी गरेपश्चात आज साँझ ५:२० बजेको समयमा श्री ५ को सरकार, सूचना तथा सञ्चार मन्त्रालयबाट बीबीसी सेवाको पुनः प्रसारणमा बन्देज लगाइएको व्यहोराको फ्याक्स प्राप्त भएको हुनाले बीबीसी नेपाली सेवाको पुनः प्रसारण आज स्थगित गरिएको छ । साथै यसरी बन्देज लगाउने मन्त्रालयको पत्रको कानूनी पक्षका सम्बन्धमा आवश्यक अध्ययन भइरहेको र त्यस सम्बन्धमा उपर्युक्त उपचारको बाटो अबलम्बन गरिने छ । यसबाहेक आफ्ना सबै नियमित कार्यक्रम जिम्मेवारीपूर्वक र संयमताका साथ पूर्ववत रूपमै प्रसारण गरिने छ । भविष्यमा पनि विगतमा जस्तै सबै वर्ग र क्षेत्रको सहयोग प्राप्त हुने अपेक्षा रेडियो सगरमाथाले राखेको छ ।

घमराज लुइँटेल
नि. स्टेसन म्यानेजर
रेडियो सगरमाथा

(रेडियो सगरमाथाले २०६२ मंसिर १४ गते जारी गरेको प्रेस विज्ञप्ति)

अब रेडियो सगरमाथामा भएको सरकारी हस्तक्षेपको विरोधमा सोमबार भएको विरोध र्‍यालीको फोटो फिचर। हिजो कम्प्युटरले धोका दिएका कारण राख्न नसकेका यी सबै फोटोहरु म आफैले खिचेको हुँ।


रेडियो सगरमाथामा आइतबार राति भएको हस्तक्षेपपछि सुरक्षाकर्मीहरुले छाडेर गएका पत्रहरुको प्रतिलिपि। बबरमहलबाट चार बजे विरोध र्‍याली सुरु भएको थियो।


नेपाल पत्रकार महासंघका सभापति विष्णु निष्ठुरी आइतबार गिरफ्तार गरी सोमबार छाडिएका रेडियो सगरमाथाका पत्रकारहरु (फूलमाला लगाएका) हरु सित कुरा गर्दै। प्रहरीले लग्दा पनि केही (कागज) दिएन, छाड्दा पनि केही दिएनः माथिको आदेश भनेर मात्रै भन्यो- उनीहरु भन्दै थिए। कहाँ माथिदेखि हो, अफ्रिकादेखि नै हो कि भनेर हाँसोठट्टा गर्नेहरु पनि त्यहाँ देखिए।


ब्यानर प्रदर्शन गरिरहेका पत्रकारहरु। हाल काठमाडौंमा रहनुभएका अमेरिकाबाट प्रकाशित हुने नेपालीपोस्ट डट कमका सम्पादक गिरिश दाइ पनि त्यहाँ देखिनुहुन्छ (..गर लेखिएको ब्यानरको माथितिर, नारायण वाग्लेको सँगै, क्याप लगाएका)। मलाई हो कि हैन, कन्फ्युज भइरहेको भए पनि उहाँले चाहिँ मलाई ठ्याक्कै चिन्नुभयो।


फोटो खिचिरहेको थिएँ, एक जना मान्छे मेरै अगाडिबाट मलाई धकेल्दै डङ्ग्रङ्गै लड्यो। सुरुमा त कार्यक्रम बिथोल्न आएको कोही हो कि जँड्याहा पो हो कि जस्तो लाग्यो। तर हैन रहेछ, छारे रोग लागेर पो हो कि त्यसरी ढलेको ? एकछिन त त्यहाँ हङ्गामा नै मच्चियो। नेफेजका मान्छे हुन् रे भन्ने सुनियो। दाँत किट्न दिनु हुँदैन भनी मुखमा लठ्ठी कोचेर राखियो। डा. मथुराप्रसाद श्रेष्ठ त्यहीँ थिए। प्राथमिक उपचार उनैबाट भयो। प्रहरीको भ्यानलाई अस्पताल लगिदिनुस् न भन्दा मानेन। ट्याक्सी बोलाएका छौं भनियो।


लडेर बेहोस हुने व्यक्ति बीचका हुन्। छातीमा हात राख्ने डा. मथुरा। उनलाई नेफेजकै पजेरोमा हालेर अस्पतालतर्फ लगियो। उनी एकछिन अचेत भए पनि पछि आफै उठेका थिए। यो आकस्मिक घटनाले एक छिनका लागि निर्धारित कार्यक्रम ढिला हुन पुगेको थियो।


अब जुलुस अगाडि बढ्न थाल्यो प्रेस स्वतन्त्रताका पक्षमा नारा लगाउँदै।


जुलुस बबरमहलबाट थापाथलीको मण्डलासम्म मात्रै थियो।


थापाथलीको मण्डलामा पुगेपछि जुलुस सभामा परिणत भयो। सभामा सम्बोधन गर्दै चर्चित मानवअधिकारवादी नेता कृष्ण पहाडीले नजिकै रहेको सर्वोच्चतिर देखाउँदै प्रश्न गर्नुभयो- बिरामी मरिसकेपछि त्यसलाई अ‍ौषधीको के काम ? किन तपाईँहरु बिरामी हुनै नपाउने अवस्था सिर्जना गर्नुहुन्न ? उहाँले आतंककारीलाई सहयोग गरेको भनेर स्वतन्त्र सञ्चारमाध्यममा गरिएको आक्रमणको निन्दा गर्दै अब आतंककारीको पुनः परिभाषा गर्नुपर्ने भन्दै वास्तवमा एफएमको समाचारदेखि डराउने आत‌ंककारी हो भन्नुभयो। आतंककारी रेडियो सगरमाथामा छैन, नारायणहिटी दरबारमा छ अझ चर्को भाषामा पहाडीले भन्नुभयो।

उहाँले २५ मंसिरका दिन मानवअधिकार दिवस नमनाउने घोषणा गर्दै त्यो दिन “ठूलो आतंककारी”का विरुध्द रत्नपार्कमा भेला हुने बताउनुभयो।

पत्रकार महासंघका सभापति विष्णु निष्ठुरीले पनि ल आउ, अझै आक्रमण गर सरकार हामीमाथि, अनि खाडलमा आफै जाकिउ भन्नुभयो। पहाडीको भनाईलाई नै समर्थन गर्दै उहाँले हामीले आज ठूलो पर्खालभित्र घेरिएर जेल भन्ने कि दरबार भन्नेभित्र बस्ने आतंककारी पत्ता लगाएका छौं भन्नुभयो।

Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/11/29/radio-sagarmatha-back-on-air/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.