कसले चलाइरहेको छ प्रशासन ?
प्रजिअलाई आफ्नै कार्यालयले निकालेको सूचनाका बारेमा थाहा रहेनछ
२०६२ मंसिर १५ बुधबार
आज एउटा गजबको समाचार सुन्न पाइयो। अजब नेपालमा गजब समाचार बारम्बार सुन्न पाइन्छ। कुरा के भने एमालेले मंसिर १७ गते शुक्रबार गर्न लागेको जनसभालाई बिथोल्न हिजो सरकारी समाचार समिति राससबाट उसले जुलुस र सभा गर्न लागेका ठाउँहरुमा निषेधित क्षेत्र घोषणा गरेको उल्लेख थियो। जिल्ला प्रशासन कार्यालयका नामबाट जारी उक्त सूचनाका बारेमा प्रमुख जिल्ला अधिकारीलाई नै थाहा रहेनछ। क्या अचम्म बा ! हैन, नेपालमा प्रशासन कसले चलाइरहेछ ? प्रजिअलाई आफ्नै कार्यालयबाट निस्केको सूचनाका बारेमा थाहा नहुने गरी ….! बाँकी
हिजो राति राससबाट यस्तो समाचार सम्प्रेषण गरिएको थियो जसलाई आजका पत्रपत्रिकाले प्रकाशित गरेका थिएः
निषेधित क्षेत्र
काठमाडौँ, १४ मङ्सिर । जिल्ला प्रशासन कार्यालय काठमाडौँले शान्ति व्यवस्था र सुरक्षा कायम राख्ने प्रयोजनका निम्ति यही मङ्सिर १७ गते एक दिनका लागि काठमाडौँ महानगरपालिकाका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँका अनुसार माइतीघर चोकदेखि तीनकुने हुँदै तिलगङ्गा बागमतीपुलसम्मको क्षेत्र तथा पुरानोवानेश्वर चोकदेखि नयाँबानेश्वर चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
निषेधित क्षेत्रमा सभा, जुलुस, धर्ना, घेराउ, अनशनजस्ता कार्य गर्न प्रतिबन्ध लगाइएको छ ।
उक्त कार्यालयले २०६२ कात्तिक १६ गतेदेखि लागु गरेको निषेधित क्षेत्र यथावत् रहेको जनाएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ अनुसार उक्त आदेश जारी गरिएको पनि सो कार्यालयले जनाएको छ । रासस
तर यो सूचनाका बारेमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशील घिमिरेलाई थाहै रहेनछ। आज बिहान एमालेका नेताहरुलाई उनले भनेछन्, खै निषेधाज्ञाको सूचना कसरी निस्क्यो, म आफैलाई थाहा छैन। सन्ध्या टाइम्समा यो समाचार पढेर म छक्क परेँ।
राति कान्तिपुर टेलिभिजनले पनि फुक्दै थियो, हामीसितको कुराकानीमा प्रजिअले काठमाडौं जिल्ला प्रशासन कार्यालयले त्यस्तो सूचना जारी नगरेको बताएका छन्।
आबुइ, त्यसो भए राससले पनि हावा तालको खबर बनाउन थालेको हो त ? मान्छेले ब्लगलाई होच्याएर यस्ता ब्लगले सही सूचना दिँदैनन् भन्थे, राससले त जिल्ला प्रशासन कार्यालयले जारी नै नगरेको सूचना जारी गरेर गजब कै काम गर्यो नि हौ !
खासमा चाहिँ त्यो दिन निषेधाज्ञा जारी गर्ने हैन, त्यो दिन त्यहाँ सभा नगरी गौशाला वा सिफलतिर गर्न जाउ भनी एमालेलाई अनुरोध गर्ने भनी सुरक्षा निकायले कुरा उठाएको रे। त्यसका लागि प्रजिअ घिमिरेलाई नै अर्हाइएको रे। तर घिमिरेले भने आफूलाई उनीहरुको सभा यहाँ गर त्यहाँ गर भन्ने अधिकार छैन भनेर भनेपछि अकस्मात् कसैलाई पत्तै नदिई त्यस्तो सूचना निस्केको रे।
बिचरा सीडीअो घिमिरे सञ्चार मन्त्रालयमा काम गरिरहेका आफूलाई सीडीअो बनाएर फसाउँने काम भयो भन्दै चित्त दुखाउँदै छन् रे।
एमालेले भने सूचना जारी भए पनि कार्यक्रम निर्धारित ठाउँमा निर्धारित समयमा नै हुने भनेको छ। अस्ति टिभीमा हेरेको थिएँ, त्यो कार्यक्रमका लागि पोस्टर टाँस्दै गरेकालाई प्रहरीले दमन गर्दै गरेको। शान्तिपूर्ण कार्यक्रमका लागि पोस्टर टाँस्न समेत नपाइने कस्तो स्वतन्त्रता रहेछ त हामीकहाँ ?
अनि अब मंसिर १७ गते के हुने हो कुन्नि। यो दिन यी कुरा हुनेछन्
- बिहान ११ बजेदेखि डिल्लीबजारबाट एमालेको जुलुस
- राजा फर्कने दिन (राति नौ बजे फर्कने पूर्वनिर्धारित कार्यक्रमलाई परिवर्तन गरेर एमालेको जुलुससँगै जुध्ने गरी ४ बजे फर्कन लागेका)
- माअोवादीद्वारा घोषित युध्दविराम अन्त्य हुने दिन
- अनि शुक्रबार (थाहा छ नि तपाईँलाई नेपालको राजनीतिमा शुक्रबारको महत्त्व, हैन र ? )


raajniti ko katti kura sunnu hau… naam nai “RAAJNITI = RAAJA + NITI)”…. yaso aru science, technology ani development sanga related kura haru pani sunna paaye ramro hunthyo…
Comment by Well Wisher — December 1, 2005 @ 12:57 am
Salokyajee, tyo sano Buddha ko kura ke ho? kehi thaha chha tapei laei?
Comment by mukti — December 1, 2005 @ 7:47 am
I love that comment on “Black Friday”. Great Job!
Comment by xyz — December 1, 2005 @ 8:35 am
राजनीति भनेको राजाको नीति होइन। अंग्रेजीमा पोलिटिक्स भनिन्छ, “द किङ्स पोलिसी” होइन।
पोलिटिक्स शब्द नेपालीमा कसरी राजनीति भनियो मलाई थाहा छैन। तर राज्य चलाउने नीतिलाई राजनीति भनियो होला भनेर अनुमान गर्न सकिन्छ।
दुनियामा राजा र राजनीतिको संबन्ध छुटेको साढे २ शताब्दी भइसक्यो तर नेपालमा युरोपको १८औं शताब्दीमा भएको राजाहरूको बर्बरता कायमै भएकोले कतिपय मानिसहरू अझै राजनीति भनेको राजाको नीति हो भनेर झुक्किन्छन्।
त्यसैले राजालाई अब पूर्णरुपमा लखेट्नु जरुरी छ। र ब्लग वा अन्य समाचार वेब साइटहरूले राजनीतिक विषयलाई अझ जोडदार एठाउनुपर्छ। उमेशजीले जे गर्नुभएको छ, त्यो ठीक छ।
Comment by उही कुमार लामा — December 1, 2005 @ 6:24 pm