December 29, 2005

निरंकुशताविरुध्द “गुगलबमवर्षा” गर्ने कि !

राजाको निरंकुश शासनविरुध्द सडकमा आन्दोलन जारी नै छ, अब हामी साइबर संसारमा पनि आन्दोलन थाल्ने हो कि ?

अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस समर्थक र विरोधीहरुले प्रख्यात सर्च इञ्जिन गुगलको सहायतामा एउटा अनौठो युध्द लडेका थिए, जसलाई गुगलबम्बिङको संज्ञा दिइएको थियो। निरंकुशताका विरुध्द हामी पनि गुगलबम्बिङ गर्ने हैन त ? (more…)

December 28, 2005

सर्वोच्च कब्जा गर्ने अभियानमा दरबार


सर्वोच्च अदालतमा संविधान, कानून र विवेकका अनुयायी होइन, दरबारका भक्तहरुलाई न्यायमूर्ति बनाउने प्रपञ्च चलिरहेको छ । यो खेलमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने न्यायपरिषद् यतिबेला नराम्ररी फँसेको छ । दरबारको इच्छा र निर्देशनलाई र्टार्न नसक्ने तथा शाही सरकारका कानून मन्त्रीको योजनालाई पन्छाउन नसक्ने अध्यक्षका कारण न्यायपरिषदका विवेकशील सदस्य र कर्मचारी बिलखबन्दमा परेका छन्। त्यसैले मंगलबार परिषद्का सचिव काशीराज दाहाल प्रधानन्यायाधीश दिलिपकुमार पौडेलले खोज्दा सम्पर्कमा रहेनन्। (more…)

युध्दविराम भङ्ग हुने बेलामा राजा पूर्वाञ्चल भ्रमणमा जाने

२०६२ पुस १३, बुधबार

राजा, दलहरु र माअ‍ोवादीले शक्ति देखाउने क्रम जारी छ। दलहरुले ठूल्ठूला सभा गरी शक्ति देखाएका थिए भने अब राजाले पनि माअ‍ोवादीको युध्दविराम भङ्ग हुने दिनदेखि नै पूर्वाञ्चलको भ्रमण गरी शक्ति प्रदर्शन गर्ने भएका छन्। (more…)

December 27, 2005

लोकतान्त्रिक आन्दोलनमा विदेशमा रहेका नेपालीको भूमिका

२०६२ पुस १२, मंगलबार
लोकतान्त्रिक आन्दोलनमा विदेशमा रहेका नेपालीहरुको पनि कम ठूलो भूमिका हुँदैन। नेपालमा ३०-४० हजार भेला भएर गर्ने प्रदर्शनले गर्न नसक्ने दबाब विदेशका ३००-४०० जनाको प्रदर्शनले गर्न सक्छ। नेपालका नेताहरुलाई पनि यो कुरा थाहा छ। विदेशका नेपालीहरुलाई पनि यो कुरा थाहा हुनसक्छ। कतिलाई भने आफ्नो शक्ति आफैलाई थाहा नभएको पनि हुनसक्छ। हामी नेपालमा बस्नेहरुले विदेशमा रहेका नेपालीहरुको गतिविधिका बारेमा धेरै कम जानकारी पाइरहेका छौँ। सबैभन्दा बढी प्रचार राष्ट्रसंघीय महासभाका क्रममा न्युयोर्कमा भएको प्रदर्शनको भएको थियो। तर, वासिङटन डीसीमा राजाको कदमको स्वागत गर्दै नेपालीहरुले गरेको प्रदर्शनलाई सगरमाथा टेलिभिजनको सहयोगमा नेपाल टेलिभिजनले ठूलो महत्त्वका साथ प्रसारण गरेको पनि हामीले हेरेका थियौं। यसबाहेक नेपालीहरुले विदेशमा लोकतान्त्रिक आन्दोलनको समर्थनमा गरेका कार्यक्रमहरुको त्यति प्रचार भएको मैले महसूस गरेको छैन। (more…)

December 26, 2005

शहीद मञ्च सडक बन्यो


२०६२ पुस ११ सोमबार
यो फोटो कहाँको हो चिन्नुभयो ? हो, यो खुल्लामञ्च हो जसलाई २०४६ सालको जनआन्दोलनमा शहीद हुनेहरुको स्मृतिमा शहीद मञ्च पनि नामाकरण गरिएको थियो। तर अब यो ऐतिहासिक स्थानको महत्त्वलाई समाप्त पारिएको छ। राजनीतिक वा अन्य ठूला खुला सभा समारोह हुने खुलामञ्च अब सडकमा परिणत भएको छ। (more…)

December 25, 2005

“प्रधानमन्त्रीको लोभ छाड्नुस्, राष्ट्रपतिको लागि तयार रहनुस्”

पटक-पटक पद मोहमा परी लोकतान्त्रिक आन्दोलनलाई कमजोर पार्दै आएको राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्रीको लोभ त्यागेर राष्ट्रपतिका लागि तयार रहन आठ विद्यार्थी संगठनले आग्रह गरेका छन । प्रतिगमन विरुद्ध सञ्चालित आन्दोलनले राजासँग मिलन बिन्दु बन्द गरेको भन्दै विद्यार्थी नेताहरुले राजतन्त्रको अन्त्यका लागि विद्यार्थीहरु टाउकोमा कफन बाँधेर आन्दोलनमा उत्रिइसकेको बताए । (more…)

December 24, 2005

भिडियो ब्लगः “जमिन्दारी चेतनाको फल हो माघ १९”

नेपालमा भिडियो ब्लगको सुरुवात गर्ने पहिलो ब्लग मेरो संसारले अर्को नेपाली ब्लग ब्लगर नेपालसितको सहकार्यमा लोकतान्त्रिक आन्दोलनमा समाहित सबै पार्टीको प्रतिनिधित्व हुने गरी नेताहरुको विचार तपाईँहरुसमक्ष प्रस्तुत गर्ने लक्ष्य राखेको छ। यस क्रममा सुरुमा प्रजातान्त्रिक काँग्रेसका प्रवक्ता मिनेन्द्र रिजालको अन्तर्वार्ता प्रस्तुत गरेका थियौं। आज नेकपा एमालेका प्रवक्ता प्रदीप नेपाललाई प्रस्तुत गरेका छौं। भिडियो ब्लगको प्रमुख अंश हेर्नका लागि भित्र आउनुहोला। (more…)

December 23, 2005

बाबुरामकी आमा र प्रचण्डका पिता बिरामी

नगर निर्वाचन ध्वस्त पार्न माअ‍ोवादीका शीर्ष नेता प्रचण्ड र बाबुराम भट्टराईले संयुक्त वक्तव्य निकालेकै दिन दुवैका आमाबुबा बिरामी भएर एउटै डाक्टरकहाँ उपचार गराउन गएको संयोग जुरेछ। देश हल्लाउने व्यक्तित्वका परिवार भए पनि उहाँहरुसित उपचार गर्न आर्थिक अभाव भएका कारण डाक्टरहरुले नै व्यवस्था गरिदिनु परेको समाचार छ। (more…)

December 22, 2005

नेपाली लिनक्सः नेपालीनक्स चलाउने हैन त

Screenshot२०६२ पुस ७, बिहीबार
दुई वर्षको मेहनतपछि लिनक्सको नेपाली संस्करण नेपालीनक्स सार्वजनिक त भयो, तर पाइरेटेड “झिल्के” सफ्टवेयर चलाउने बानी भएका हामीजस्ता मध्ये कतिले सोझो पाराको “लुक” देखिने यसको प्रयोग गर्लान् त ? आज आफ्नै कम्प्युटरमा नेपालीनक्स पहिलो पटक चलाएर हेर्दा यसप्रति रहेको उत्सुकता, जिज्ञासा एक घण्टामा नै धेरै हदसम्म हरायो र मेरो प्रारम्भिक निश्कर्ष रह्यो- नेपालीनक्स अहिलेको लागि मेरो लागि हैन। भविष्यमा सुधार भएपछि यसको प्रयोग गर्छु होला, तर अहिलेलाई बिल गेट्सले सरापे पनि पाइरेटेड माइक्रोसफ्ट विण्डोज नै म चलाउनेछु। (more…)

उफ् ! हामी फेरि द्वन्द्वको मारमा फँस्दैछौं

माअ‍ोवादीले सात दिन नेपाल बन्द गर्ने
२०६२ पुस ७, बिहीबार
आज प्रत्येक शान्तिप्रेमी नेपाली निराश होला। किनकि चार महिनाको तुलनात्मक शान्तिपछि अब नेपाल फेरि भयङ्कर द्वन्द्वको मारमा फँस्ने निश्चित छ। माअ‍ोवादीले सुरुमा तीन महिना र पछि एक महिना एकपक्षीय युध्दविराम गर्दा सरकारले कुनै प्रतिक्रिया दिएन। अब यो युध्दविराम सकिन १० दिनमात्रै बाँकी छँदा आज माअ‍ोवादीका तर्फबाट जारी विज्ञप्ति हेर्दा युध्दविराम भङ्ग हुने मात्रै हैन, नराम्रोसित नेपाल हिंसा-प्रतिहिंसाको चक्रमा फँस्ने देखिएको छ। यसका लागि सरकार धेरै हदसम्म दोषी छ। सरकारले शान्तिको प्रयासै गर्न चाहेन। दल-माअ‍ोवादीको ऐतिहासिक १२ बूँदे सम्झौतालाई अस्वीकार गर्‍यो र निर्वाचनको एकोहोरो रट लगाएर बस्यो। माअ‍ोवादीले आज जारी गरेको विज्ञप्तिमा घोषित निर्वाचनलाई असर पार्ने गरेर माघ २३ गतेदेखि २९ गतेसम्म सात दिन नेपाल बन्द गर्ने जस्तो कडा कार्यक्रम दिइएको छ। (more…)

पडकास्टः गिरीको प्रतिक्रियाले उब्जाएका प्रतिक्रिया

२०६२ पुस ६, बुधबार
उपाध्यक्ष तुलसी गिरीको हिजोको प्रतिक्रिया त सुन्नु नै भयो होला। त्यो प्रतिक्रियाको प्रतिक्रिया आज प्रतिबिम्बित भएको छ। तुलसी गिरीलाई एउटा कुरामा भने मान्नै पर्छ। नबोलेसम्म उनी बोल्दैनन्, बोलेपछि देशै हल्लन्छ। उनको प्रतिक्रियालाई लिएर प्रतिक्रिया व्यक्त गर्ने नेताहरुका बारेमा यो पडकास्ट सुन्न यहाँ क्लिक गर्नुस्।

December 21, 2005

काँग्रेस किन हाँडिगाउँको जात्रा देखाउँदैछ ?

२०६२ पुस ६ बुधबार
राजाको निरंकुशताविरुध्द लडिरहेको नेपाली काँग्रेसको आफ्नै संगठनभित्र भने निरंकुशता हावी हुनु लज्जास्पद कुरा हो। यस्ता कुरालाई सुधार गर्नुको साटो झन् चर्काएर काँग्रेसले किन बेमौसमको जात्रा देखाइरहेको हो, बुझ्नै गार्‍हो छ बा। आन्दोलन चर्काउनु पर्नेमा आफैभित्रका विवाद चर्काएर कसलाई फाइदा होला ? सन्दर्भ नेविसंघको नेतृत्वको विवादको हो। पोखरामा महाधिवेशन भाँडिएको कुरा त जगजाहेरै छ। त्यसका दोषीलाई कारबाही गरी छिटो महाधिवेशन गर्नुको साटो आफ्ना आसेपासेलाई राखेर तदर्थ समिति बनाइयो। त्यसको विरोध गर्नेलाई अब कडा कारबाही गर्ने तयारी भइरहेको रहेछ। (more…)

December 20, 2005

दुई तिरको “अतिवाद”

२०६२ पुस ५ मंगलबार

नेपालको राजनीति स्पष्टसित दुई धारमा बाँडिएको छ र आज संयोगवश मैले दुवै धारका अतिवादको प्रतिनिधित्व गर्ने कुरा प्रत्यक्ष अनुभव गरेँ। पहिलो थियो उपाध्यक्ष तुलसी गिरीका यी भनाई। अनि अर्को थियो इन्टरनेटमा भेटिएको यो गीत।

सबैभन्दा पहिले पहिलो धारको प्रतिनिधित्व गर्ने तुलसी गिरीको कुरा गरौं। उनी माअ‍ोवादीलाई दमन नै गरेर सिध्याउनु पर्ने र राजाले अझै कठोर कदम चालेर सक्रिय शासन गर्नुपर्ने विचार राख्छन्। आज सूचना विभागमा आयोजित पत्रकार सम्मलेनमा उनले व्यक्त गरेको विचार राजावादीतर्फको अतिवादी खेमाको प्रतिनिधित्व गर्ने विचार हो। (more…)

December 19, 2005

भिडियो ब्लगः “हामीले माअ‍ोवादीलाई के भन्ने ?”

२०६२ पुस ४, सोमबार
“दलहरु कार्यक्रम लिएर मेचीदेखि महाकालीसम्म घुम्ने, हामीले भने शान्तिपूर्ण सभा पनि गर्न नपाउने, हामीले चाहिँ के गर्ने त ? युध्दविराम मात्रै लम्ब्याइराख्ने ? भनेर माअ‍ोवादीहरुले हामीलाई सोध्छन्। हामीले उनीहरुलाई के जवाफ दिने ? ”
नागरिक समाजले आज आयोजना गरेको उपवासको कार्यक्रममा ऐक्यवध्दता जनाउन माइतिघर मण्डलामा पुगेका एमाले महासचिव माधवकुमार नेपालले नागरिक आन्दोलनका अगुवा डा देवेन्द्रराज पाण्डे लगायतकालाई गरेको प्रश्न हो यो। ऐक्यवध्दताका लागि त्यहाँ पुगेका नेपाल र नागरिक आन्दोलनका पाण्डे, कृष्ण पहाडीहरुबीच त्यहाँको चौरमा अनौपचारिक भलाकुसारी भएको थियो। त्यही अनौपचारिक कुराकानीको अनौपचारिक रुपमा खिचिएको भिडियो ब्लग हेर्नका लागि भित्र आउनुहोला। (more…)

भिडियो ब्लग: सात दलको जनसभा

डिसेम्बर १५ मा नयाँ बानेश्वरमा भएको सात दलको सभाका बाँकी भिडियो ब्लग प्रस्तुत गर्ने क्रममा आज दुई वटा भिडियो ब्लग यहाँ राखेको छु। यसका लागि भित्र आउनुहोला। (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.