माघ १९ पछिको सबैभन्दा ठूलो सभा
२०६२ मंसिर १७ शुक्रबार

भीडलाई क्यामेराको एउटा फ्रेमले देखाउन असंभव थियो। त्यसैले झण्डै एकै समयमा खिचिएका पाँच तस्वीरको संयोजनबाट तपाईँलाई भीडको अनुमान गर्न सजिलो बनाउने प्रयास मैले गरेको छु। यसलाई ठूलो आकारमा हेर्न यहाँ क्लिक गर्नुस्।
आज एमालेको शक्ति प्रदर्शन छ भनेर हिजैदेखि जाने तयारी गरेको थिएँ। एमालेको शक्ति प्रदर्शन साँच्चिकै प्रभावशाली थियो। दलका पक्षमा पनि जनता छन् भनेर देखाउन यो कार्यक्रम सफल भएको थियो। काठमाडौंका विभिन्न १८ स्थानबाट निस्केका जुलुस डिल्लीबजारको मूल जुलुसमा मिसिएको थियो। साँच्चिकै मानवसागर थियो त्यो। मैले यति धेरै मान्छे जुलुसमा अहिलेसम्म देखेको थिइनँ। यस्तै हो भने अब नेपाल साँच्चिकै ऐतिहासिक परिवर्तनको संघारमा छ भन्नेमा मलाई त आज विश्वास लाग्यो। (more…)

