December 4, 2005

युवराजलाई उक्साउने को ?

२०६२ मंसिर १९ आइतबार
शुक्रबार मिनभवन नजिकै आफ्नो गाडीमा भएको ढुंगा प्रहारका विषयमा युवराजबाट सबै सुरक्षा निकायका प्रमुखहरुलाई एकै ठाउँमा राखी स्पष्टिकरण लिइबक्सेको छ। युवराजबाट त्यसरी स्पष्टिकरण लिन उक्साउने काम कसले गरेको थियो त ? यस सम्बन्धमा आज साँझ राजधानीबाट प्रकाशित हुने नेपालभाषाको सन्ध्या टाइम्सले एउटा समाचार प्रकाशित गरेको छ। समाचारको नेपाली अनुवाद पढ्न भित्र आउनुस्।

सन्ध्या टाइम्स लेख्छः

विज्ञ सूत्रहरुले बताए अनुसार शुक्रबार नयाँ बानेश्वरमा भएको काण्डपछि शुक्रबार राति नै देशभक्त संघका अध्यक्ष तथा बक्सिङ खेलाडी प्रकाश गुरुङसहितको एक समूह निर्मल निवासमा गई गुहार माग्न गएका रहेछन्। उनीहरुले नै युवराज पारसलाई उक्साउने काम गरेका थिए। उनीहरुले त्यहाँ निकै दुःखपूर्वक युवराज पारसलाई भनेछन्, ‘सरकार अब त हामीलाई सात दलले मात्र हैन, पुलिसले पनि हेप्ने भइसके। यस्तै भइरह्यो भने हाम्रो मनोबल त खत्तम नै हुने भयो।’

युवराजबाट हुकुम भएछ, ‘किन, कसरी हेपे ?’

गुरुङ मण्डलीले सुनाएछन्, ‘ सरकार, हामी शेराटन होटलबाट बाहिर आइरहेको। त्यही बेला एमालेका मानिसहरुसित हाम्रो हा हू पर्‍यो। हा हू भइरहेको बेलामा नै उपत्यकाका डीआईजी कृष्ण बस्नेत भ्यान लिएर त्यहाँ पुगे। हामीलाई देख्ने बित्तिकै भ्यानबाट तल झरे। तर हाम्रो अगाडि आएर उसले किन हा हू गरेको, गोली हान्दिउँ भनी धम्की दिए। पुलिससमेत उनीहरुपट्टी लागिसकेछन्। ‘

प्रहरीले समेत हामीलाई निकै अत्याचार गरे भनेर युवराजको कान भरेपछि अन्ततः युवराजले ‘त्यसोभए म भोलि बुझ्छु’ भनी हुकुम गरिबक्सेको थियो।

उनीहरुले उक्साएका कारण नै हिजो युवराज अति नै क्रुध्द हुँदै नक्साल प्रहरी प्रधान कार्यालय सवारी भएको थियो। त्यसअघि मौसूफ सैनिक मुख्यालय सवारी होइबक्सेको थियो। बिना स्कर्टिङ आफै गाडी चलाएका युवराजको गाडी सैनिक मुख्यालयको गेटमा ठक्कर लागेर सामान्य क्षतिसमेत भएको थियो।

त्यसपछि मौसूफको सवारी प्रहरी प्रधान कार्यालयमा भएको थियो। त्यहाँ प्रहरी महानिरीक्षक श्यामभक्त थापाका साथ प्रधानसेनापति प्यारजंग थापा पनि थिए। प्रहरी प्रधान कार्यालयमा प्रधान सेनापतिभित्र गएको यही पहिलो अवसर थियो।

त्यहाँ युवराजले सबैलाई घटना कसरी भयो, किन भयो भनी सुरक्षा प्रमुखलाई प्रश्न राखिबक्सेको थियो। प्रमुखहरुले घटनाका बारेमा स्पष्टिकरण दिए। तर मौसूफको चित्त बुझेन। मौसूफबाट हुकुम भयो, मलाई अरु कुरा थाहा छैन, यसबारे छानबिन गर्नुस्, आवश्यक कारबाही गर्नुस्। अ‍ोभर एन्ड आउट।

त्यसपछि नै प्रहरीले छानबिन आयोग गठन गरेको थियो। त्यसको आधारमा अब प्रहरी सेवामा व्यापक परिवर्तन गरिने संभावना भएको बताइएको छ।

10 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/12/04/crown-prince/trackback/

  1. I am from America,I want to say congrulation to the mero sansar team and thanku very much showing us these event by the help of internate. This is least,poor and rude behavior of *********.WE hate him and i am with 7 party team.

    Comment by sunami — December 4, 2005 @ 10:31 pm

  2. dhanyabaad mero sansar team. Pathak haru le chahi kahile kahi halla ke ho ra news ke ho bhanera satark hunu parcha hai. Katai halla ko bhar ma galat kadam chaliyela.

    Comment by observer — December 4, 2005 @ 10:54 pm

  3. hehe bro. Tyo parase lai tetro ijjat garera yubaraj bhanera lekhnu jaruri thiyo ra bhanya umesh bro? kya raddi ho som.

    **********
    Tesko ta ke hune ho, teska santanle bekaarmaa dukha pauni bhaye.

    Comment by bro — December 5, 2005 @ 5:35 am

  4. Aru ta thikai ho yo gai bakshiyo, sawari bhai bakshiyo? for whon this respect is? for Paras? its Ridiculous! just stop respect that person who doesnot respect others feeling i.e. 2.32 crores of nepali’s feeling.

    Comment by thuldai ko fan (Ghumaidinthe paye ta) — December 5, 2005 @ 7:59 am

  5. यो कुरामा कतिको सत्यता छ त्यो चाँही सोचनिय कुरा हो । सन्ध्या टाईम्सको समाचार साभार ‘मेरो सन्सार’ मा यस अघि पनि प्रकाशित नभएका होईनन् , तर ती समाचारको आधिकारीक पुष्टि हुन सकेको थिएन । त्यसैले यो समाचार पनि उही “मसानघाटमा रातभर दरबारका मान्छेले के गरेछन्? ”  भने जस्तै पढ्न लाई रमाईलो तर हो कि होईन लाग्ने खालको छ । जे होस् यस्तो समाचारले मेरो सन्सारलाई interesting बनाउने कुरामा चाँही दुइमत छैन । समाचारको सत्यता बुझ्नका निम्ति पाठकहरु आफै चाँही सजक हुनु पर्छ नत्र उही “ऋत्विक रोशन काण्ड” र “ईराक घटना पछिको कालो दिन” मा जस्तै पछुताउनु नपर्ला भन्न सकिन्न ।

    Comment by Ramesh Man Shrestha — December 5, 2005 @ 1:42 pm

  6. yubraj parasji lai aruko galtima spastikaran chahine afno galtima chai nachahine kin? ke janta manche haina ra ? haina kasto kura nabujheko hola hunta bujher pani nabujhe jasto gareko pani hola .adiyubrajlai spastikaran chahincha bhane hami jantalai pani usko galtiko spastikaran chahin cha haina ta?

    Comment by diya — December 7, 2005 @ 10:55 am

  7. Sale, taile Nepal ko aastha ra biswas ko dharohar Yuvarajdhiraj mathi ko jhuttha samchar lekhne ta ko hos. tero samachar ko pusti hunuparchha. natra khalas marla akal ma sale.

    Comment by Deepk Sharma — December 7, 2005 @ 2:31 pm

  8. In my opinion, it should be the work of Maoist to throw stone in Crown Prince Paras’ Car. Whatever happened that time is totally a shame for all Nepalese people. As Maoist is always on plan to defam monarchy, so it is their conspiracy to throw stone and to make innocent prince angry. We all nepali should understand the reasons behind everything, like this incident.

    Comment by Raj Phuyal — December 8, 2005 @ 7:33 am

  9. हइन युबराजलाई उक्साउने चाहि नेपालि हइन कि कसो कि युबराजले पालेका मध्यकोहि हो र? अति हुन्छ नि कम्से कम आफ्नो इज्जतको त सोच्नु पर्छ नि ।

    Comment by diya — December 8, 2005 @ 11:59 am

  10. We have to give strong emphasis for the restoration of the Democracy and peace,we do not have to compromise with these matter,these are only the solution.
    You are doing great job,I would like to thank you.

    Comment by Tirtha raj Joshi — December 8, 2005 @ 8:15 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.