भिडियो ब्लगः माधव नेपालको चुनौति
डिसेम्बर २ को कार्यक्रमको यो अर्को भिडियो ब्लग पनि आजै रिलिज गर्दैछु। यसमा नेकपा एमालेका महासचिव माधवकुरमार नेपालको भाषण रहेको छ। यसमा उहाँले “विशाल सुनामी आउनेछ र त्यसले राजतन्त्रलाई सखाप पार्नेछ” भन्नुभएको छ। मैले भर्खरै प्रचण्डसित कुरा गरेको छु, हिम्मत छ भने मलाई गिरफ्तार गर भनी उहाँले चुनौति दिनुभएको छ। नेपालबाहिरका दर्शकहरुका लागि मैले नेपालका घटना देखाउन यो भिडियो ब्लग गरेको हुँ। यसका कारण मलाई कुनै राजनीतिक दलसँग निकट रहेको सोच्नु व्यर्थ हुनेछ। म समग्र लोकतन्त्र र शान्तिको पक्षमा छु। कुनै पार्टी विशेषसँग हैन। दलका नेताहरुले गरेका भ्रष्टाचार र कुशासनका विरुध्द तपाईँलाई जत्तिकै मलाई पनि आक्रोश छ। तर अहिले यो कुरा उठाउने समय हैन। अहिले समावेशी लोकतन्त्र र शान्ति नेपालको मुख्य गन्तव्य बन्नुपरेको छ। बाँकी कुरा तपसिलमा। भिडियो हेर्न भित्र आउनुहोला। गुगलमा हेर्नका लागि यहाँ क्लिक गर्नुहोला। भिडियोको आकार 19 mb र समयावधि झण्डै १६ मिनेट रहेको छ। (more…)
पदको दुरुपयोग गरेको आरोप
