मन्त्रिमण्डल पुनर्गठन, प्रधानमन्त्री राजा नै
राजाले उही आफ्नो चमत्कारी धारा १२७ को ब्रम्हास्त्रको प्रयोग गर्दै मन्त्रिमण्डल आज रातिको साइटमा पुनर्गठन गरेका छन्। यसपालि चाहिँ राजाले प्रधानमन्त्री पद छाड्लान कि भनेर सबैले गरेको अनुमान पुनः एक पटक फेल खाएको छ। मन्त्रिपरिषद्को अध्यक्षता राजाले नै गरेका छन्। उल्टो रक्षा र सूचना तथा सञ्चार मन्त्रालय पनि राजा आफैले राखेका छन्। अब सरकारका प्रवक्ता पनि राजा नै ! उपाध्यक्षहरुमा तुलसी गिरी र कीर्तिनिधि विष्ट पनि कायमै छन्। केही मन्त्रीलाई हटाइएको छ भने केही नयाँलाई ल्याइएको छ। पुनगर्ठित मन्त्रिमण्डलमा दलीय स्वरुप दिन खोजिएको छ। आन्दोलनरत सात दल त त्यस्तो मन्त्रिपरिषदमा नआउने भए नै, त्यसैले राप्रपा र भर्खर नयाँ पार्टी खोलेका केशरबहादुर विष्ट जस्तालाई मन्त्री बनाइएको छ। ३५ सदस्यीय मन्त्रिपरिषद्मा एक जना मन्त्री बुध्दिराज बज्राचार्य बिना विभागका मन्त्री छन्। (more…)

