एमालेको जनसभाको अन्तिम भिडियो ब्लग
डिसेम्बर २ मा भएको नेकपा एमालेको विरोध प्रदर्शन र जनसभाका क्रममा मैले खिचेका भिडियोहरुको भिडियो ब्लगका क्रममा यो अन्तिम भिडियो ब्लग आज प्रस्तुत गरेको छु। १३ मिनेटभन्दा लामो यो भिडियो ब्लगमा एमाले नेता वामदेव गौतम, झलनाथ खनाल, केपी अोली, नागरिक समाजका डा. मथुराप्रसाद श्रेष्ठको भाषणका अंश र उद्घोषकले कुन-कुन ठाउँमा सुरक्षाकर्मीले एमालेका कार्यकर्तालाई रोके, सिंहदरबारका चारै ढोका बन्द गरेर कर्मचारीहरुलाई कसरी थुनिएको छ भन्ने बारेमा जानकारी दिएको हेर्न पाइन्छ। झलनाथ खनालले एउटा ज्योतिषलाई उद्धृत गर्दै “क” बाट (कूलमण्डन शाह)सुरु भएको राजतन्त्र “ज्ञ” मा पुगेर समाप्त हुने जस्ता कुरा पनि बताएका छन्। भिडियो हेर्न भित्र आउनुहोला। (more…)

